जनताको सुखदुःखमा हामी जनतासँगै छौँ

सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षाले निकै क्षति पुर्‍यायो । काटेर खेतमा राखेको र काट्न तयार भएको धानबालीमा क्षति पुर्‍यायो । बेमौसमी वर्षतका कारण किसानहरूलाई परेको समस्यामा जनप्रतिनिधिहरूले के कसरी सहयोग गर्ने योजना बनाएका छन् भन्ने विषयमा इन्सेक अनलाइनका लागि कैलाली जिल्ला प्रतिनिधि मैनामोति चौधरीले तयार पार्नु भएको जनमतः

Pradip kuman Chaudhari, Janaki Chairmanप्रदिप चौधरी, अध्यक्ष, जानकी गाउँपालिका

बेमौसमी वर्षाका कारण आएको बाढीले जानकी गाउँपालिकाको वडा नं. ९, ३ र ६ अति प्रभावित वडाहरूका १ सय १६ घरपरिवार विस्थापित भएकाले नजिकैको विद्यालयमा राखेर तत्कालका लागि वडा कार्यालयको समन्वयमा मेस सञ्चालन गरी खाना खुवाउने काम भइरहेको छ । विस्थापित परिवारलाई जानकी गाउँपालिका र रेडक्रसको सहयोगमा कम्बल, त्रिपाल तथा स्वास्थ्य सामग्री वितरण भइरहेको छ । तुरुन्त कार्यपालिकाको बैठक बसी विस्थापित परिवारको सङ्ख्या अनुसार एक महिनाका लागि खाद्य सामग्री उपलब्ध गराउने र विस्थापितहरू घर फर्किएपछि भौतिक संरचनाको क्षतिको विवरण सङ्कलन गरी सोही अनुसार घर निर्माणको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेर योजना अनुसार धानबालीको विवरण सङ्कलन गरी सर्वदलीय बैठकबाट पास गराई प्रदेश सरकारसँग सहयोगको लागि समन्वय गर्ने योजना रहेको छ ।

लाजुराम चौधरी,अध्यक्ष, कैलारी गाउँपालिका Lajuram chaudhari, Kailari Chairman

कात्तिक ३ गते गाउँपालिकाको सर्वदलीय, सर्वपक्षीय बैठक बसी विकासको बजेट कटौती गरी भोकमारीको समस्या आउन नदिन ३ करोड रुपियाँको खाद्य बैङ्क स्थापना गर्ने, धानबालीको क्षति अनुसार प्रदेश सरकारसँग समन्वय गरी क्षतिपुर्ति उपलब्ध गराउने, गाउँपालिकामा रहेको सबैभन्दा बढी बाढी प्रभावित वडालाई सङ्कटग्रस्त घोषणा गर्ने र किसानलाई हिउँदे खेतीको लागि गाउँपालिकाबाट अनुदानमा बिउविजन (गहुँ, तोरी, मसुरो, आलु) आदि तथा मलखाद उपलब्ध गराउने निर्णय गरी योजना बनाएर काम अगाडि बढाइएको छ ।

तपेन्द्र रावल, प्रमुख, टिकापुर नगरपालिका

Tapendra Rawal-Tipapur mayorटिकापुर नगरपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठकबाट नगरपालिकामा सहयोग गर्ने सबै सङ्घसंस्थाहरूसँग समन्वय गरी एकद्वार प्रणाली अनुसार बेमौसमी वर्षातका कारण किसानलाई पर्न गएको नोक्सानीको तथ्याङ्कको आधारमा राहत उपलब्ध गराउन, टिकापुर नगरपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी किसानलाई हिउँदे बालीको लागि मलखाद तथा बिउबिजन अनुदानमा उपलब्ध गराउन र किसानहरूको भौतिक संरचनाको क्षति अनुसार घर निर्माण गर्न रकम उपलब्ध गराउने निर्णय गरिएको छ । साथै, नगरपालिकाको बैठकबाट अनुमोदन गरी राहत वितरण प्रकृया अगाडि बढाइएको छ ।

नेपालु चौधरी, सदस्य, सुदूरपश्चिम प्रदेश सभा तथा अध्यक्ष, विधायन सभा समिति

२०७८ असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको वर्षका कारण सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बाढी पहिरोले धेरै धनजनको क्षति भएका कारण सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाकाNepalu chaudhari,PPM लागि प्रदेश सरकारले २५/२५ लाखका दरले विपद व्यवस्थापनका लागि राहत कोष स्थापना गरेको छ । विपद प्रभावित क्षेत्रको अनुगमन गरी क्षतिको विवरण प्रतिवेदन र स्थानीय तहको तथ्याङ्क अनुसार प्रदेश सरकारलाई बुझाएर तत्काल राहतको व्यवस्थापन तथा किसानको समस्या सम्बोधनका निम्ति पहल गर्ने योजना बनाएका छौँ ।

नारदमुनि राना, सदस्य, प्रतिनिधि सभा

२०७८ असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको वर्षातका कारण कैलाली जिल्लालगायत सुदूर पश्चिमका नौ ओटै जिल्लामा बाढीपहिरो तथा प्राकृतिक विपदले ठुलो धनजनको क्षति भएको Naradmuni Rana,CPMअवस्थामा प्रदेश र सङ्घीय सरकारले मानवीय क्षति भएकाहरूलाई अविलम्ब राहत उपलब्ध गराइनु पर्छ । भौतिक क्षति भएकाहरूको घर अविलम्ब निर्माण गरी विस्थापित परिवारलाई पुनर्स्थापित गर्नुका साथै पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गरी उचित राहतको व्यवस्था गर्नु पर्ने र किसानहरूको समस्यालाई सम्बोधन गर्न तथा खेतमा कुहिएको धानलाई सरकारले तोकेको समर्थन मुल्यमा खरिद गरी हिउँदे बाली (गहुँ, मसुरो, आलु तोरी) लगायतको बिउ अनुदानमा उपलब्ध गराइनु पर्दछ । यसका लागि मेरो व्यक्तिगत पहलकदमी अवश्य पनि रहने नै छ ।

सुर्यबहादुर थापा, सभापति, जिल्ला समन्वय समिति

जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्लास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर जिल्लामा भएको क्षतिको विवरण सबै स्थानीयबाट आइनसकेका कारण तथ्याङ्क सङ्कलन गर्ने क्रम Surya Thapa,Coordinator,LLGजारी रहेकाले पुर्ण रुपमा क्षतिको विवरण आइसकेपछि सोही अनुसार पीडित किसानलाई राहत उपलब्ध गराउनका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने र आगामी दिनमा विपदलाई न्यूनीकरण गर्नका निम्ति विपद व्यवस्थापनलाई मुख्य मुद्दा बनाएर पूर्व तयारी योजना निर्माण गरी गतिविधि अगाडि बढाउने योजना रहेको छ ।

शेरबहादुर चौधरी, प्रमुख, भजनी नगरपालिका

Sher Bahadur Chaudhari,Bhajani mayorबेमौसमी वर्षातका कारण भजनी नगरपालिकामा रहेका सबै वडाका नागरिकहरूको धानबाली तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा रेडक्रससँगको सहयोगमा तत्काल उद्धार गरी नजिकैको विद्यालतमा राखेर राहत, त्रिपाल उपलब्ध गराएका छौँ । नगरकार्यपालिकाको बैठक बसेर घर भत्केकाहरूको क्षतिको (पुर्ण र आंशिक) विवरण अनुसार घर निर्माण खर्च र धानबालीको क्षति अनुसार किसानहरूलाई राहत प्याकेजका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने, हिउँदे बालीका लागि मलखाद र बिउबिजन सहुलियतमा उपलब्ध गराउने निर्णय गरेका छौँ ।