विश्लेषण - Latest Update : November 23, 2021
बितेका तीन महिना (अप्रिल-जुन) मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आएनन् ।सरकारले लागू गरेको विशेष सुरक्षा योजनाका बारेमा केन्द्रीयस्तरमा कुरा हुने गरे पनि स्थानीयस्तरमात्यसको प्रभावकारिताका अनुभूत हुन सकेत । स्थानीय प्रशासनले आर्थिक श्रोतको अभावका कारणयोजनाको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताए भने सरकारले यसका लागि आवश्यक रकमजोहो गरिएको जानकारी गराइरह्यो ।
साना हतियारको बढ्दो प्रचलनले मधेशमा मात्र होइन पहाड र काठमाडौं उपत्यकासमेत अशान्त भयो ।तराईमा सशस्त्र समूहका गतिविधि, मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा राजनीतिक दल र तिनकाभातृ सङ्गठनका कार्यकर्ताबीच भएका हिंसात्मक झडप पनि मानवअधिकार ध्वंस हुने कारणमध्ये रह्यो ।यस विश्लेषणमा विगत तीन महिनाको मानवअधिकार अवस्थाका बारेमा विभिन्न कोणबाट विश्लेषण गर्नेप्रयास गरिएको छ ।
नागरिक तथा राजनीतिक अधिकार
बितेका तीन महिनामा देशका विभिन्न भागमा गरी ४१ जना मारिए जसमध्ये पाँच जना सुरक्षाकर्मीबाटमारिएका थिए । तीमध्ये केहीको सुरक्षाकर्मीले गैरन्यायिक तवरले हत्या गरेको पीडित पक्षले दावी पनि गरे। जनकपुर नपा-६ का २० वर्षीय अवधेशकुमार मण्डललाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्तिसमूह)को कार्यकर्ता रहेको आरोपमा जनकपुर नपा-१० स्थित एक होटलमा आफ्ना साथीहरूसँग चिया खानबसिरहेका बेला भ्यानमा आएका प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको मृतकका आफन्तलेबताए । मण्डलसँगै रहेका अन्य तीनजनालाई प्रहरीले गिरफ्तार गर्यो । गस्तीमा गएको प्रहरीलाई लक्षितगरी सशस्त्र समूहले फायरिङ गरेपछि जवाफी फायरमा मोर्चाका कमाण्डरको मृत्यु भएको प्रहरीले जनायो ।तर उक्त घटनामा कुनै प्रहरी घाइते वा सामान्य चोटपटक लागेको जानकारीमा आएन । यो घटनाको यथार्थअझै खुलिसकेको छैन ।
अर्को एक घटनामा सर्लाही जिल्ला चन्द्रनगर गाविस-६ का ४५ वर्षीय इन्द्रकुमार श्रेष्ठलाई ०६७ असार २ गतेसाँझ सदरमुकाम मलङ्गवाबाट घरतर्फजाँदै गर्दा भेल्ही गाविस नजिकै पुलमा संयुक्त जनतान्त्रिक तराईमुक्ति मोर्चाका कार्यकर्ताले गोली हानी हत्या गरे । पीडित बबरगञ्ज गाविसका सचिव थिए ।
बितेका तीन महिनामा भएका ४१ हत्याका घटनामध्ये २२ घटनाको जिम्मेवारी लिने कुनै समूह वा व्यक्तिफेला परेनन् । व्यक्तिगत रिसइवी, राजनीतिक प्रतिशोध, बदलाको भावना, फिरौती असुल्ने बढ्दो प्रवृत्ति,अनि अपराध गरे पनि पाइने उन्मुक्ति आदि कारणले व्यक्ति हत्याका घटनामा बृद्धि भएका छन् ।
गोदावरी गाविस-९ स्थायी घर भई ललितपुर उमनपा-९ भोलढोका डेरा गरी बस्ने वर्ष ४६ का सानुसुनारसमेत तीन जनालाई ०६७ जेठ ९ गते महानगरीय प्रहरी बिट कलङ्की खसीबजारबाट दिउँसो ११ बजेगिरफ्तार गरी महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको र सोही कार्यालयको हिरासतमा रहेकोअवस्थामा सोही दिन राति करिब १० बजे सुनार एक्कासि बेहोस भई उपचारार्थ वीर अस्पताल लगिएकोमाउपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको थियो । उनको प्रहरी हिरासतमा दिइएको यातनाका कारणमृत्यु भएको मानवअधिकार आयोगको र प्रहरीकै पनि प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, यी तीन महिनामा अपहरणका ४५ ओटा घटनाहरू इन्सेकमा अभिलिखित भए । एकीकृतमाओवादी र उसको भातृ सङ्गठन वाईसीएल अपहरणका गतिविधिमा अगाडि देखिए । अपहरणकाआधिजति घटनामा उनीहरूको संलग्नता रहेको पाइयो ।
धादिङ जिल्ला झार्लाङ गाविस-३ निवासी ३० वर्षीय सुरेन्द्र तामाङलाई एमाओवादीको आन्दोलनमा घुसपैठगरेको आरोपमा ०६७ वैशाख २४ गते वाईसीएल कार्यकर्ताले काठमाडौंको गोँगबुबाट अपहरण गरे ।अपहरणलगत्तै माओवादी क्याम्पमा राखिएका तामाङलाई नुवाकोट र धादिङको सीमानामा पुर्याइएको हल्लाचलाइए पनि उनको अवस्था हालसम्म अज्ञात छ ।
मधेशमा हुने कतिपय अपहरणका घटना फिरौतीमा टुङ्गिन्छन् । अपहरित कति रकम फिरौती तिरेरअपहरण मुक्त भए भन्ने कुरा कहिल्यै बाहिर आउँदैन । अपहरणकारीको डर र धम्कीका कारण पीडित केहीबोल्न चाहँदनैन् ।
आर्थिक तथा साँस्कृतिक अधिकार
देशमा व्याप्त गरीबीका कारण मानिसहरू उचित शिक्षा, स्वास्थ्य, अनि खाना नपाएर मानिसको जीवनकष्टमय बनेको छ ।
खण्डेश्वरी गाविस-३ थुम्तीका २५ वर्षीय सुमनसिंह ठेकरेको खाना खान नपाएर ०६६ चैत २९ गते राति मृत्युभयो । छ जनाको परिवार सुमनमा आश्रति रहेकोमा उनको मृत्युपछि परिवारको बिचल्ली भएको छ ।सुमनको घरमा ७५ वर्षीय बाबु विरा ठेकरे, ६५ वर्षीय आमा ममता ठेकरे, श्रीमती, भाई र ५ वर्षीया एकछोरी छन् । सुमनकी पत्नी सुत्केरी अवस्थामा छिन् । दुई महिनादेखि गाँउलेसँग खाद्यान्न मागेर जीवननिर्वाह गरिरहेका सुमनको परिवार तीन दिनदेखि भोकै रहेको खण्डेश्वरीका स्थानीय शिक्षक लक्ष्मणसिँहबोहराले बताए । छ सदस्यीय ठेकरे परिवारसंग पुख्र्यौली तीन रोपनी पाखो जमिन मात्र रहेको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रको जाजरकोट र सूदुरपश्चिमाञ्चल क्षेत्रको डडेल्धुरा जिल्लामा झाडापखालाका कारण१० जना भन्दा बढीले ज्यान गुमाए । ती क्षेत्रमा गत वर्षझाडापखाला महामारीका रूपमा फैलिँदा ४सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं प्रभावित भएका थिए । गत वर्षझाडापखालाको प्रभावदेखिएका गाविसहरूमै पुनः प्रकोप फैलिनु र केही हप्तामा सयौंका सङ्ख्यामा जनता प्रभावित हुनुलेसम्बन्धित सरकारी निकायहरूको नागरिकको स्वास्थ्यप्रति यथोचित क्रियाशीलता देखिएन । ती क्षेत्रमा गतवर्ष झैँ यस वर्षपनि दरबन्दी अनुरूप स्वास्थ्यकर्मीको नियुक्त नहुनु यसको प्रमाण हो ।
सामान्यतया दूषित पानीले हुने झाडापखालाबाट ज्यानको क्षति हुन नदिन स्वास्थ्य, सरसफाइसम्बन्धीचेतना, गुणस्तरीय खाद्यपदार्थको आपूर्तिका लागि तदारूकता अपनाउनु र प्रकोपग्रस्त क्षेत्रमा यथोचितस्वास्थ्यकर्मी परिचालन गर्नु आवश्यक छ ।
बढिरहेको महिला हिंसा
संसदले घरेलु हिंसा कसुर र सजाए ऐन विरुद्धको ऐन २०६४ पारित गरेको छ । यो ऐन लागू भएपछिसमाजमा लुकेर रहेका घरेलु हिंसाका घटनाहरू सतहमा आउने, पीडितलाई न्याय र आरोपीलाई कारबाहीकोप्रक्रिया थालनी हुने धेरैले अपेक्षा गरेका थिए । सरकारले सन् २०१० लाई घरेलु हिंसा विरुद्धको वर्षकोरूपमा घोषणा गर्यो साथै यसका लागि आवश्यक कार्ययोजना समेत जारी गर्यो । प्रधानमन्त्री कार्यालयमारहने गरी घरेलु हिंसाविरुद्ध उजुरी दर्ता गर्न सकिने २४ घण्टे हटलाइनको शुरुवात गरिएको थियो तर यसकोप्रभावकारिताका बारेमा पटक पटक प्रश्न बाहिर आए ।
घरेलु हिंसाका घटनालाई श्रीमान मतीको झगडा परालको आगो भनेर टाल्ने प्रयास समाजमा विद्यमान छ ।भनेजति दाइजो नल्याएको, छोरा नपाएको, खानलाउन मागेको आदि आरोपमा महिलामाथि घरेलु हिंसाकाघटनाहरू हुने गरेका छन् । इन्सकेले विगत तीन महिनाको अवधिमा ३० भन्दा बढी गम्भीर प्रकृतिकामहिला हिंसाका घटना रेकर्ड गर्यो ।
सुर्खेत जिल्ला वीरेन्द्रनगर- ५ का १९ वर्षीय गोविन्द थापाले २० वर्षीया पत्नी तेजकुमारी थापालाई ०६७ जेठ१७ गते कुटपिट गरी घर निकाला गरे । मदिरा सेवन गरी पतिले लात्तीमुक्काले कुटपिट गरी घरबाटनिकाला गरेको पीडितले बताइन् ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे गाविस-४ धार्पाखानीकी ३० वर्षीया कमला लामालाई ०६७ असार ११ गतेबिहान प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत रहेका आफ्नै पति रोहित लामाले बिदामा घर आएको बेलाघरको काम राम्रो नगरेको आरोपमा कुटपिट गरी घर निकाला गरे ।
दाइजोको निहुमा पति र सासु ससुराको कुटपिटबाट ०६७ जेठ १९ गते राति सर्लाहीको बसन्तपुर गाविस-४की १८ वर्षीया मन्जुला देवी साहको मृत्यु भयो । घटना विवरणअनुसार अपरान्ह मन्जुलाका परिवारकासदस्यले दाइजो नल्याएको भन्दै कुटपिट गरेका थिए । गम्भीर घाइते मन्जुलालाई साँझ उपचारार्थपरिवारका सदस्यले नै भारततर्फलगेका थिए । उपचारकै क्रममा मन्जुलाको मृत्यु भएको भन्दै परिवारलेभारतमै दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।
मन्जुलाका माइतीपक्षले छोरीको हत्या भएको भन्दै जेठ २० बिहान ४ बजे खबर गरेपछि ससुरा राजबंशीसाहलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लालबाबु साहले जानकारी दिए । मृतकका पति र सासू फरार छन्।
सप्तरी जिल्ला राजविराज नपा-१० निवासी २२ वर्षीय बुधनीदेवी रामलाई घरायसी विवादमा पतिमहिनारायण रामले धारिलो घरेलु हतियार प्रहार गरी घाइते बनाए । उनको टाउको गम्भीर चोट लागेकोथियो । उनको सगरमाथा अञ्चल अस्पतालमा उपचार भयो । पतिलाई कुनै कारवाही भएन ।
बर्दिया जिल्ला गुलरिया नपा-७ मतङ्गाकी २७ वर्षीया अनीता पासीलाई दाइजो नल्याएको आरोपमा ३०वर्षीय पति पवन पासीले ०६७ वैशाख २ गते कुटपिट गरी घाइते बनाए । कुटपिटका कारण उनको हात,खुट्टा सुन्निएका थिए । आर्थिक अभावका कारण उनले उपचार गराउन सकिनन् । दाइजो नल्याएकोआरोपमा पतिले प्रायजसो कुटपिट गर्ने गरेको पीडितले बताइन् ।
विराटनगर उमनपा-१९ की २२ वर्षीया सुत्केरी मञ्जु साह पति रामचन्द्र साहको कुटपिटका कारण न्यायकोखोजीमा अधिकारवादी संस्थाका कार्यालय पुगिन् । विराटनगरस्थित महिला पुनःस्थापना केन्द्रको सुरक्षितआवास गृहमा पुगेकी साह पतिबाट दैनिकजसो चर्को यातना पाएपछि उनी स्थानीय प्रहरी कार्यालय पुगेकीथिइन् । सो समयमा प्रहरीले मिलापत्र गरेर पठाए पनि उनलाई पतिले यातना दिन नछाडेपछि उनीन्यायको खोजीमा ओरेकको शरणमा पुगेकी हुन् । उनी तीन महिलाकी सुत्केरी थिइन् ।
रौतहट जिल्ला डुमरिया गाविस-५ बलुवा टोल निवासी नेभी ठाकुर हजामले पत्नी राजकुमारीलाई छोरी मात्रैजन्माएको भन्दै ०६६ चैत २० गते घर निकाला गरिदिएका छन् । उनलाई विगत पाँच वर्षदेखिश्रीमानसहित परिवारका अन्य सदस्यले मानसिक तथा शारीरिक यातना दिदै आएका थिए । बारा जिल्लापिप्रा बसतपुर गाविस-५ की ती महिलाको ०५४ सालमा ८ वर्षे कलिलो उमेरमा डुमरियाका ठाकुरसँग मागीविवाह भएको थियो । उनका अंजी ठाकुर र राजनन्दनी ठाकुर गरी दुई छोरी रहेका छन् ।
रौतहट जिल्ला लौकाहा गाविस-२ की २५ वर्षीया सुकान्तीदेवी यादवलाई वैशाख २३ गते राति उनकै पतिरामविनय राय यादव, ससुरा रामकेवल राय यादव, सासू श्रीपतीदेवी यादव समेतले दाइजो नल्याएको भनीघाँटी थिची डोरीले वाँधेर हत्या गरे ।
सामान्य विवादमा रूपन्देही जिल्ला बुटवल नपा-१२ कालिकानगरकी २३ वर्षीया कमला परियारलाई उनकैपतिले हत्या प्रयास गरे । कालिकानगरमा डेरा गरी बस्ने कमलालाई उनका पति टिकाराम बुढाथोकीले ०६७वैशाख १४ गते कोठामै जलाएर हत्या प्रयास गरेका थिए ।
वैशाख १४ गते राति सामान्य निहुँमा झगडा बढेपछि रिक्सा चलाएर फर्किएका बुढाथोकीले पत्नी विकलाईमट्टितेल छर्केर जलाएका थिए । पत्नीको हारगुहार गरेपछि छिमेकीले सुनेर उद्धार गरेर अस्पताल पुर्याएकाथिए ।
बलात्कारका घटना र फरार आरोपितहरू
इन्सेकमा विगत तीन महिनामा ३५ वटा बलात्कारका घटना अभिलेखित भए । शारीरिक रूपमा असक्त,मानसिक सन्तुलन ठिक नभएका, ६० वर्षीय वृद्धा, तीन वर्षउमेरका बालिकासमेत बलात्कृत भएका छन् ।मधेशमा हुने धेरै जसो बलात्काका घटनामा पीडक पत्ता लाग्दैनन् । यदि पत्ता लागिहालेमा पनि गाउँघरमैविवाद मिलाउने चलन रहेको छ । कतिपय घटनामा बुबा, ससूरा, छिमेकी अनि पाहुना लाग्न गएकाव्यक्तिहरू यस्ता कुकृत्यमा संलग्न रहेको पाइएको छ । अरोपीहरू ८० वर्षउमेर सम्मका छन् । बलात्कारकाघटनामा एक जनादेखि सातजनासम्म संलग्न रहेको पाइयो ।
हरिहरपुर गाविस-३ श्रीचौरका ७० वर्षीय खड्कबहादुर तारमी मगरले आफनै २० वर्षीया बुहारीलाईजबरजस्ती करणी गरे । घरमा कोही नभएको मौका छोपी तारमीले ०६६ चैत २८ र ०६७ जेठ १४ गतेबुहारीलाई जबरजस्ती करणी गरेका थिए ।
सप्तरी जिल्ला खोक्सर गाविस-५ की २६ वर्षीया एक एकल महिलाले आफूलाई स्थानीय युवाले बलात्कारगरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । सोही ठाउँ बस्ने २४ वर्षीय रमानन्द साहले जेठ २०गते दिउँसो आफूलाई बलात्कार गरेको ०६७ जेठ २२ गते ती महिलाले जनाइन् । पीडक फरार रहेको रउसको खोजी भइरहेको प्रहरीले जनायो ।
कञ्चनपुर जिल्ला, भिमदत्त नपा-९ बह्रमदेव की १६ वर्षीया एक राउटे बालिकाको ०६६ वैशाख २४ गते रातिअज्ञात समूहले बलात्कार गर्यो । मुखमा पट्टी बाँधेर आएका हतियारधारी तीन जनाको अज्ञात समूहलेपरिवारका सबै सदस्यहरूलाइ कुटपिट गरी बालिकाको सामूहिक बलात्कार गरेको थियो । जिल्ला प्रहरीकार्यालयले अपराधीहरूको खोजी भइरहेको जनाएको छ ।
कथित बोक्सीको आरोप र दुर्व्यवहार
बितेका तीन महिनामा कथित बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार गरिएका ३० भन्दा बढी घटनाइन्सेकमा रेकर्ड भए । त्यसमध्ये मकवानपुरमा एकजना महिलाको बोक्सीका आरोपमा हत्या भयो । प्राप्तविवरणहरूलाई अध्यययन गर्दा अधिकाङ्श विधवा महिलामाथि बोक्सीको आरोप लगाइएको पाइयो ।कहिलेकाहीँ घटनामा राजनीतिक रिसइवी साँध्न यस्ता आरोप लगाएको देखियो । सबैभन्दा महत्वपूर्ण कुराके भने समाजमा बोक्सीका आरोप लगाइएका महिला कि दलित समुदायका छन् कि गरीब परिवारका ।धनी, आर्थिकरूपले सम्पन्न महिलालाई कहिल्यै पनि बोक्सीको आरोप लगाइएको घटना सार्वजनिक भएकाछैनन् ।
पर्वत जिल्लाको ठानामौला गाविस-४ की ६८ वर्षीया एक वृद्धा महिला बोक्सीको आरोपमा निर्घात कुटिएकीछिन् । ठानामौला गाविस-४ की ती महिलालाई सोही ठाउँ बस्ने बिष्णुप्रसाद सुबेदी र उनका छोराहरूले ०६६चैत २१ गते कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी उनको फलेबास खानीगाउँस्थित हेल्पिङ्गहृयाण्ड्स सामुदायिक क्लिनिकमा उपचार गरिएको छ ।
पीडितका छोराका अनुसार विष्णु सुबेदी र उनका दुई छोरा प्रकाश तथा विकास मिलेर ढोकाको आग्लो,लात्ती तथा मुड्कीले कुटपिट गरेका थिए । कुटपिटबाट उक्त महिलाको छाती र पिठ्युँमा गम्भीर चोटलागेको थियो ।
पर्साको पचरुखी गाविस-३ जिगना टोलका गाउँलेहरूले बोक्सीको आरोपमा ०६७ जेठ ८ गते एक दलितमहिलालाई दुर्व्यवहार गरेका छन् । स्थानीय एक बालिकालाई बोक्सीको तन्त्रमन्त्र गरी मारेको आरोपलगाउदै गाँउलेहरूको एक समूहले स्थानीय बाबुलाल चमारकी पत्नी राजकली देवीलाई बिहानदेखिनियन्त्रणमा लिएर साढे ११ बजे छाडेको पुर्व गाविस अध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए । गाउँलेहरूलेराजकली देवीलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरेका थिए । गाउँकै केही व्यक्तिहरूले राजकली देवीका सामुगए राति मृत्यु भएकी बालिकाको शव राखेर जिउँदो पार् भन्दै दबाब दिएका थिए ।
जोगिदह गाविस-८ मैनाहाकी ३५ वर्षीया लरुवती चौधरीलाई बोक्सीको आरोप लगाउदै गाँउलेहरूले ०६७ जेठ१३ गते दिउसो १२ बजे कुटपिट गरे ।
बोक्सी आरोपमा रूपन्देहीको मधवलियाकी ३१ वर्षीया सविना खत्रीलाई उनकै परिवारले कुटपिट र दुर्व्यवहारगरेका छन् । मधवलिया गाविस- ४ मधवलियाकी खत्रीलाई उनकी सासु इन्द्रकुमारी, नन्द अमाजुहरू लीला,शिला र रमा तथा देवर चित्रबहादुरले बोक्सी लगाएर ससुरालाई मारेको भन्दै ०६७ असार ६ गते कुटपिट रदुर्व्यवहार गरेका हुन् । कुटपिटको पीडा सहन नसकी बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएपछिघटना सार्वजनिक भएको हो । पीडित खत्रीलाई परिवारकै सदस्यहरूले लाठी, ईटा र लात्तीले कुटेको उनकीछोरी मनीषाले बताइन् । उनको १४ वर्षअघि मधवलियाका पुरन खत्रीसँग विवाह भएको थियो । त्यसकोकेही महिनापछि ससुराको मृत्यु भएपछि बुहारीले बोक्सी लगाई भन्दै परिवारका अन्य सदस्यले दिनहुँगाली, दुर्व्यवहार र कुटपिट गर्दै आएका थिए ।
मकवानपुर जिल्ला डाडाखर्क गाविस-७ सानो डाँडाखर्ककी ३५ वर्षीया आशामाया स्याङतानलाई ०६७ जेठ ३कथित वोक्सी भएको आरोप छिमेकीले कुटेर हत्या गरे । पत्नीलाई कुटाइबाट जोगाउन खोज्दा पति प्रेमस्याङतान घाइते भएका छन् । उनलाई उपचारका निम्ति पालुङ ल्याईएको छ । छिमेकीको बालबालिका रकाजी विकको पत्नीलाई आशामायाले भेदेर बिरामी बनाएको भन्दै काजी विक, उनका छोरासहित १२ जनालेजेठ ३ गतेको बिहान ४ बजे कुटपिट गरेर उनको हत्या गरेको स्थानीय स्वास्थ्य चौकीका अहेव भोलाचौलागाईले बताए । स्थानीयवासी रमेल लामाका अनुसार 'काजी विकसहित व्यक्तिहरू घरमा गएर उनलाईबाहिर निकालेर चिरपटले हिर्काउँदा लामाको मृत्यु भयो' ।
राजनीति र शोषणको मारमा बालबालिका
बालबालिकाप्रतिको राज्य र राजनीतिक दलको संवेदनहीनता पनि कायमै रहेको छ । एकीकृत नेकपाकोभातृसंगठन अखिल क्रान्तिकारीले ०६७ वैशाख १२ गते (अप्रिल २५) देखि एक हप्ताभन्दा बढी समयसम्मदेशभरका निजी विद्यालय बन्द गराउँदा हजारौं विद्यार्थी प्रभावित भए ।
झापा जिल्ला गौरीगन्ज गा.वि.स.वडा नं. ८ घर भई प्रहरी निरीक्षक चेत बहादुर पाठकको घरमा बालमजदुरको रुपमा राखिएका वर्ष १३ का घनश्याम महतोलाई चेतबहादुर पाठकका श्रीमती शुसिला पाठक तथाउनका छोरी, छोरा तथा सालोसमेत भई ०६७ जेठ १९ गते चरम यातना दिए । महतोलाईमानवअधिकारकर्मीको सहयोगमा उद्धार गरियो भने शुशिला पाठकलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।
माओवादी कार्यकर्ता तारोमा
माओवादी शान्ति प्रक्रियामा आएपछि उसका कार्यकर्तालाई लक्षित गरी हत्याका घटनाहरू भएका छन् ।विशेषत मधेशका जिल्लामा यस्ता खालका घटनाहरूको बाहुल्यता देखिन्छ । बितेका तीन महिनामामाओवादीका चारजना कार्यकर्ता मारिए । तीमध्ये दुईजना रूपन्देही जिल्लाका थिए । यसैगरी, बर्दिया रकपिलवस्तुमा एक एक जना माओवादी कार्यकर्ता मारिए ।
रूपन्देही जिल्लामा एकीकृत नेकपा माओवादीका अवध मधेश राज्य समिति सदस्य सपाटु यादवको हत्याभयो । ०६७ जेठ १७ गते साँझ विष्णुपुरा गाविस-१ ठकुरापुरमा अज्ञात समुहले ३५ वर्षीय यादवलाई गोलीहानी हत्या गरेको थियो । स्थानीय नवदुर्गा सामुदायिक वन र सोही ठाउँको नवदुर्गा प्रस्तावित माविकाव्यवस्थापन समिति अध्यक्ष समेत रहेका यादव रुद्रपुर गाविसको हरैयाबाट बेलुका मोटर साइकलमा घरतिरजाँदै गर्दा अज्ञात समूहले दुई राउण्ड गोली हानेको थियो । तराई जनतान्त्रिक मुक्ति मोर्चाका जिल्लाकमाण्डर बताउने भवानी सिंहले सञ्चारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मा लिएको बताएका छन् ।
मूलतः माओवादी कार्यकर्ताको हत्या मधेशका सशस्त्र समूहका नामबाट हुने गरेका छन् । गिरफ्तार गरिएकाकतिपय आरोपीले विगतमा माओवादीले गरेको क्रियाकलापको बदला लिन घटना गराएको बताएका छन् ।
जातीय छुवाछूतका घटनामा कमी आएनन्
विगतदेखि नै समाजमा जारे गाडेर बसेको जरो गाडेर बसेको जातीय विभेदका घटनाहरूमा कमी आएकाछैनन् । खानेपानी छोएको, अन्तरजातीय विवाह गरेको आदि आरोपमा कथित तल्लो जातका मानिसहरूमाथि दुर्व्यवहार हुने गरेको छ ।
अन्तरजातीय विवाह गरेको आरोपमा सिजुवा गाविस-५ की अस्मिता ढकाल र इटहरा गाविस-१ का अर्जुनसिवा नेपालीलाई ०६६ चैत २२ गते प्रहरीले गिरफ्तार गर्यो । उनीहरू राजीखुसी अन्तरजातीय विवाह गरेरपथरी गाविस गएका थिए । सोही क्रममा युवतीका बाबु शंकर ढकालको उजुरीमा पथरी प्रहरी चौकीकाइन्चार्ज असई तिलक श्रेष्ठको नेतृत्वमा पीडितहरूलाई गिरफ्तार गरिएको हो ।
धादिङ जिल्ला ज्यामरुङ गाविस-७ स्थित दलित बस्ती कुमाई टोलकी १७ वर्षीया सीता बसेल ०६६ चैत ३०गते पानी लिन धारामा जानेबित्तिकै स्थानीय कथित ठालूहरूले 'तँ दलितले नाँघेको र छोएको पानी हामीखान्छौं भन्ने सोचेकी छेस् -' भन्दै दुर्व्यवहार गरे ।
कथित तल्लो जातिको युवतीसँग विवाह गरेको आरोपमा नवदम्पती घरबाट निकालिएका छन् ।मकवानपुरको सुदुरपुर्वमा पर्ने मन्थली गाविस-७ का २० वर्षीय रामचन्द्र खतिवडा र सानुमाया विककोनवदम्पत्तीलाई खतिवडाका अभिभावकले घरबाट निकालेका हुन् । प्रेम विवाह गरेका खतिवडा र विकलाईखतिवडाका अभिभावकहरूले घरमा छिर्न नदिएपछि बुटवलस्थित आफन्तका बस्दै आएका थिए । खतिवडार विक छिमेकी हुन् ।
च्यास्मीटार गाविस-७ का २६ वर्षीय हिरालाल राईलाई दलित युवतीसँग विवाह गरेको आरोपमा ०६७ वैशाख१४ गते च्यास्मीटार गाविसका स्थानीयवासीले सामाजिक बहिष्कार गर्ने धम्की दिएका छन् ।
जिल्लामा जातीय विभेदको दुरीलाई अन्त्य गर्न भन्दै नेपाल सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाईसम्मान गरेको महिना नबित्दै ०६७ असार १ गते पाल्पा जिल्ला, मुझङ्ग गाविस-८ का नारायणबहादुररानाले अन्तरजातीय विवाह गरेकै कारण उनको लाश उठाउन छोरालाई बन्देज लगाइएको छ ।नारायणबहादुर २ वर्षदेखि बिरामी परेका थिए । बिरामी भएका बाबुलाई छोरा डिलबहादुरले ०६७ जेठ ३१गते उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगेर ल्याउँदै गर्दा ०६७ असार १ गते घरनजिकै मुझुङ्गगाविसको बाटुलेपोखरामा मृत्यु भएको थियो ।
छोरा डिलबहादुरका अनुसार उनकी आमा नारायणकी जेठी पत्नीले दोस्रो विवाह गरेपछि २० वर्षपहिले आफ्नाबाबुले स्थानीय एक दलित महिलासँग विवाह गरेको आरोपमा बाबुलाई समाजबाट बहिष्कार गरिएको थियो। अन्तरजातीय विवाह भएकै कारण १५ वर्षदेखि नारायणबहादुर राना छोराको घरनजिकै सानो झुपडी बनाईबस्दै आएका थिए ।
छाडिएका विस्फोटक पदार्थ र दुर्घटना
२०६३ मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौताले सिद्धान्ततः हिसात्मक द्वन्द्वको अन्त्य भएकोघोषणा गर्यो । हतियार र लडाकूको अनुगमन तथा व्यवस्थापन सम्बन्धी सम्झौताले अन्जानमा हुनेविस्फोटनका समस्यालाई न्यूनीकरण गर्दै युद्धको अवशेषको भयलाई निर्मूल पार्ने सहमती पनि जनायो ।तर कार्यान्वयन भने फितलो नै रह्यो । परिणामत अञ्जानमा हुने विस्फोटनका घटनाको मारमा बाँच्नविवश हुनु नेपालीको आजको तितो वास्तविकता बन्न पुगेको छ ।
जुम्ला जिल्ला हाकु गाविस-१ गोतामवाडाकी ४५ वर्षीया रामलक्ष्मी गौतम (जैसी) चैत २४ गते घरछेउभेटिएको बम विस्फोट हुँदा घाइते भइन् । विस्फोटनबाट उनको दाहिने हातको कुइनादेखि तलको भागगुम्यो भने मुख, आँखा, खुट्टा, पेट र छातिमा चोट लागेको थियो । आफ्नै घरका ढुङ्गा डोकामा हालीफाल्ने क्रममा भेटिएको बम हातले समाती फाल्दा विस्फोट भएको थियो । सो घटनामा सोही घरका ३९वर्षीय मुनीप्रसाद गौतम पनि घाइते भए । बम विस्फोटबाट मुनीको कानको श्रवण शक्ति गुमेको छ ।
बाँके कचनापुर गाविस-७ टिकापुरका ६६ वर्षीय बीरमान खत्री ०६६ चैत्र २५ गते आफ्नै घरको भकारीमाफेला परेको बम विस्फोट हुँदा घाइते भए । विस्फोटनबाट पीडितको बायाँ हातको बुढी औँला र साहिँलीऔँला गुमेको, हातको पञ्जा छियाछिया भएको र दायाँ खुट्टाको घुँडामुनि सामान्य चोट थियो ।
राजनीतिक दलका कार्यकर्ताबीच तनाव
राजनीतिक दलका कार्यकर्ताका बीचमा हुने झडपका घटनाका कारण स्थानीयस्तरमा अशान्ति कायम हुनेगरेको छ । इन्सेकलाई प्राप्त तथ्याङ्कका आधारमा भन्ने हो भने माओवादी कार्यकर्ता र अन्य राजनीतिकदलका कार्यकर्ताबीच सबैभन्दा बढी झडप सुर्खेत जिल्लामा भएको देखियो । विगतमा यो श्रृङ्खलालाईरामेछाप जिल्लाले उछिनेको थियो । यसैगरी हुम्ला जिल्लामा पटकपटक राजनीतिक दलहरू अब यस्तोगल्ती नदोहोर्याउने प्रण गर्छन् अनि केही समयपछि भिडन्तमा उत्रन्छन् । बाँके जिल्लामा भएको एकझडपमा नेपाली काँग्रेसका कार्यर्काको कुटपिटबाट एक जना एमाले कार्यकर्ताको मृत्यु भयो ।
नेविसङ्घका कार्यकर्ताहरूले ०६६ चैत ३० गते घण्टाघरस्थित त्रिचन्द्र कलेजमा अनेरास्ववियू कार्यकर्तामाथिखुकुरी प्रहार गर्दा काभ्रे जिल्ला मङ्गलटार गाविस-५ घर भई काठमाडौ जिल्ला कपन गाविस-१ मा बस्नेअनेरास्ववियु त्रिचन्द्र कलेज कमिटिका अध्यक्ष तथा अनेरास्ववियूका अञ्चल कमिटि सचिव २५ वर्षीयसमिक बडालसहित चार जना घाइते भए ।
रसुवाको धैबुङ्ग गाविस-३ धारापानीका देवबहादुर तामाङ र बाबुराम तामाङलाई सोहि गाविस-२ बेतिनिनिवासी युथफोर्स कार्यकर्तालाई एकीकृत माओवादी कार्यकर्ताहरूले ०६६ चैत २९ गते कुटपिट गरी घाइते पारे।
कालिकास्थानबजारबाट धारापानीतर्फजानलागेका उनीहरूमाथि धैबुङ्ग गाविस-३ ढकालडाँडाँमा एमाओवादीकार्यकर्ताहरूले कुटपिट गरेका थिए । कुटपिटबाट देवबहादुर तामाङको दुवै खुट्टा र दाँया हात भाँचिएकोथियो ।
काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट घाइते बाँके जिल्लाको बेतहनी गाविस-३ निवासी ४५ वर्षीय एमालेकार्यकर्ता गुलाम हुसेन नाउको उपचारको क्रममा मृत्यु भयो । भेरी अञ्चल अस्पताल नेपालगञ्जमाप्राथमिक उपचार गरी थप उपचारका लागि भारतको लखनउ लगिएका गुलामको ०६७ वैशाख १ गते बिहानलखनउमा मृत्यु भएको हो । बेतहनी र होलिया गाविस जोड्ने सडक निर्माणका लागि उपभोक्ता समितिगठनका विषयमा ०६६ चैत २८ गते भएको विवादलाई लिएर ०६६ चैत ३० गते राति ९.३० बजे गुलामलाईकाङ्ग्रेसका कार्यकर्ताले उनकै घरमा गई कुटपिट गरेका थिए । पिटाइबाट गुलामको टाउकामा चोट लागेकोथियो ।
दशरथपुरस्थित माओवादी सेनाको छैठौँ डिभिजनका लडाकूहरूले दशरथपुर गाविस-३ वेवरेका २२ वर्षीयश्याम थापालाई ०६७ जेठ २६ गते विहान निर्घात कुटपिट गरेका छन् । स्थानीय वाईसीएल कार्यकर्ताकर्णबहादुर बुढा मृत अवस्थामा फेला परेपछि सो हत्यामा संलग्न भएको आरोपमा वाईसीएल कार्यकर्तागोविन्द बस्नेतको नेतृत्वमा आएका माओवादी लडाकूहरूले थापालाई घरबाटै अपहरण गरी कुटपिट गरेकाहुन् ।
हिंसात्मक गतिविधिमा तराईका सशस्त्र समूह
बाँके जिल्ला, बेतहनी गाविस-६ रामनगर निवासी ३५ वर्षीय सीताराम गोडियालाई ०६७ वैशाख १३ गतेतराई जनतान्त्रिक पार्टी मधेशका कार्यकर्ताले गोली हानी हत्या गरेका छन् । नेपालगञ्जबाट घर फर्कदैगरेका गोडियालाई सो पार्टीका कार्यकर्ताले बनकट्टी गाविस-१ गन्धली गाउँनजिक बाटोबाट राति १०.०० बजेअपहरण गरी करिब १ सय मिटर पर आँपको रुखनजिक पुर्याई गोली हानी हत्या गरेको मृतकका बुवापरघट गोडियाले बताए ।
गोडियाको टाउकोपछाडि एक गोली लागेको छ । माछा बेचेर जीविकोपार्जन गर्ने निम्न वर्गका गोडियानेपालगञ्जमा माछा बेचेर साइकलमा एक्लै घर फर्कदै थिए । मृतक गोडियाको कपडा भित्र तराईजनतान्त्रिक पार्टी मधेश बाँके बर्दिया विशेष इन्जार्च लेखिएको लेटरप्याड समेत भेटिएको प्रहरीले जनाएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर शशिराम अधिकारीका अनुसार इन्जार्चको नाम नभएको सोपत्रमा पार्टीलाई सहयोग नगर्ने जाली फटाहालाई यस्तै कारबाही हुन्छ भनि लेखिएको छ । मृतक गोडियाकोभेरी अञ्चल अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरियो ।
मानवअधिकारका दृष्टिले बितेका तीन महिना सन्तोषजनक रहेनन् । हत्या, अपहरण जबर्जस्ती चन्दा असुलीका घटनाहरू सार्वजनिक भए । राजनीतिक दलका भातृ सङ्गठनका गतिविधि पनि हिंसात्मक खालका देखिए । इन्सेक अनलाइनमा तीन महिनामा प्राप्त भएका सूचनाका आधारमा यो विश्लेषण तयार पारिएको छ ।
पूरा पढ्नुहोसमानवअधिकारका सवालमा सरकार अझै उदासिन
जुलाई (असार १७ गते देखि साउन १६ गते) महिनामा पनि मानवअधिकार उल्लंघनाका घटनामा अपेक्षाकृतकमी आउन सकेन । सरकारको मानवअधिकार रक्षा र शान्ति सुरक्षाको लागि पटकपटकको प्रतिवद्धताकोबावजुत नागरिकहरूले त्यसको महसुस गर्न सकेका छैनन् । विगतका महिनाहरूमा झैं यो महिनामा हत्या,अपहरण, कुटपिट, बलात्कार, धम्की, जबरजस्ती चन्दा असुलीका घटनाहरू निरन्तर भएका छन् । पार्टीकाभातृ संगठनहरूबीच झडपका घटनाहरू लगायत भूमिगत समुहरूको गतिविधि पनि रोकिएको छैन ।भूमिगत समुहहरूकै शैलीमा राजनीतिक पार्टीका भातृ संगठनहरू पनि व्यक्तिहत्या र अपहरणमा संलग्न हुनुअझै बढी दुःखको कुरा हो ।
जुलाइ महिनामा हत्या भएकाहरूको विवरण
जिल्ला | राज्य | अज्ञात | गाउँलेहरू | जम्मा |
ताप्लेजुङ | १ | १ | ||
सप्तरी | १ | १ | ||
सिराहा | २ | १ | ३ | |
धनुषा | १ | १ | ||
र्सलाही | २ | २ | ||
रौतहट | १ | १ | ||
भक्तपुर | ३ | ३ | ||
कपिलवस्तु | १ | १ | ||
दाङ | १ | १ | ||
बाँके | १ | १ | ||
मुगु | १ | १ | ||
जम्मा | ४ | ९ | ३ | १६ |
पछिल्लो समयमा एकीकृत माओवादीबाट छुट्टिएको माओवादी मातृका समुहले अपराधिक गतिबिधि तथाजबरजस्ती चन्दा असुलीलाई त्रीव पारेको छ । यसैगरी यो महिनामा केही नयाँ भूमिगत समुह देखा परेकाछन् । कानुनी शासनको प्रत्याभुति गर्न दोषीलाई कारबाही गर्ने सवालमा राज्य सधैझैं उदासिन नै छ ।राज्य, भूमिगत समुहहरू तथा गाउँलेहरूका कारण यो महिनामा १६ जनाले ज्यान गुमाउनु पर्यो । कहिंराज्यद्वारा त कहिं राज्य जिम्मेवार नहुँदा अकालमा मर्नेहरूको संख्यामा अघिल्लो महिनाको तुलनामा वृद्धिआएको हो । अपराधीलाई उचित कानुनी कारबाही गर्न राज्य चुकेका कारण अपराधका घटनाहरूमागाउँलेहरूसमेत संलग्न हुने क्रम क्रमशः बढेको देखिन्छ । व्यक्तिहत्या र अपहरणको जुलाई महिनाकोतथ्याङ्क हेर्दा पूर्वाञ्चल विकास क्षेत्र सबैभन्दा बढी संवेदनशील देखिन्छ । पाँच विकास क्षेत्रमध्येपूर्वाञ्चलमा मात्र पाँच जनाको हत्या भएको छ । यसैगरी व्यक्ति अपहरणको स्थिति पनि यस्तै नै छ ।घटनाहरूको अवस्था हेर्दा पूर्वाञ्चल विकास क्षेत्रमा मात्रै छ जनाको अपहरण भएको अवस्था छ । योमहिनामा सुदूर पश्चिमाञ्चलमा व्यक्ति हत्या र अपहरणका घटना भएनन् । बाँकी तीन क्षेत्रमध्येमध्यमाञ्चल, मध्य पश्चिमाञ्चल र पश्चिमाञ्चलको अवस्था अझै पनि संवेदनशील नै छ ।
यो महिनामा राज्यद्वारा चारजना व्यक्तिहरूको हत्या भयो । अज्ञात समुहद्वारा नौ जना र गाउँलेहरूद्वारा तीनजना व्यक्तिहरूको हत्या भयो । यसैगरी यो महिनामा ११ जना व्यक्तिहरू अपहरणमा परे । यसमध्येएमाओवादीद्वारा दुई जना, वाईसीएलद्वारा एक जना, जनतान्त्रिक तराई मुक्ति मोर्चा -रणवीर समुह) द्वारा एकजना, तराई जनतान्त्रिक पार्टी (क्रन्तिकारी) द्वारा एक जना, किराँत जनवादी वर्कस पार्टीद्वारा दुई जना रअज्ञात समुहद्वारा चार जनाको हत्या भएको छ ।
अघिल्लो महिनाको तुलनामा राज्यद्वारा हत्या भएकाहरूको संख्यामा एक जनाले वृद्धि भएको छ । राज्यकानिकायहरू संवेदनशील नहुँदा निर्दोष नागरिकहरूले अकालमा ज्यान गुमाउने अवस्था आएको हो । सशस्त्रप्रहरीले चलाएको गोली लागी ०६६ साउन २ गते सप्तरीको इटहरी बिष्णुपुर गाविसमा एक कृषकको मृत्युभयो । सोही घटनामा अन्य चार जना पनि घाइते भए । भारतीय सीमावर्ती बजारबाट बिहान ९ बजेसाइकलमा मलखाद लिएर आउँदै गरेका कृषकलाई सशस्त्र प्रहरीको सीमासुरक्षा कार्यालय राजविराजबाटगएको टोलीले इटहरी बिष्णुपुर चोकमा रोक्न खोजेपछि दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाएको गोलीलागी इटहरी बिष्णुपुर गाविस-४ निवासी ३२ वर्षीय अखिलेन्द्र यादवको मृत्यु भयो ।
यसैगरी दाङ जिल्ला टरीगाउँ गाविस-५ गौरीगाउँ निवासी ३३ वर्षीय जागेश्वर डाँगीलाई ०६६ असार २३ गतेसाँझ ८.३० बजे करिब पाँच/छ जनाको संख्यामा रहेका अज्ञात व्यात्तिहरूको समूहले गोली हानी हत्या गरे ।मृतक डाँगीको छाती र टाउकोमा गोली लागेको थियो । घर जाँदै गरेका डाँगीलाई टरीगाउँ गाविस-७,राईखल्यानमा सो समूहले गोली प्रहार गरेको थियो ।
जुलाई महिनासम्म पनि व्यक्ति अपहरणको क्रम रोकिएको छैन् । यो महिनामा सबै पक्षबाट गरी ११ जनाव्यक्तिहरू अपहरणमा परे । तथापि अघिल्लो महिनाको तुलनामा यो संख्या तीन जनाले कम छ ।अपहरणका घटनामा बालबालिकाहरूलाई अपहरण गर्ने क्रम पनि उस्तै नै छ । यो महिनामा पनि बालकहरूअपहरणमा परेको तथ्याङ्क इन्सेकसँग छ ।
जुलाई महिनामा अपहरणमा परेकाहरूको विवरण
जिल्ला | एमाओवादी | वाईसीएल | जतमुमो(रणवीर) | तजपा(क्रान्तिकारी) | किजवपा | अज्ञात | जम्मा |
सुनसरी | १ | १ | |||||
सप्तरी | १ | १ | |||||
सिराहा | १ | १ | २ | ||||
खोटाङ | २ | २ | |||||
सर्लाही | १ | १ | |||||
नवलपरासी | १ | १ | |||||
अर्घाखाँची | १ | १ | |||||
गुल्मी | १ | १ | |||||
हुम्ला | १ | १ | |||||
जम्मा | २ | १ | १ | १ | २ | ४ | ११ |
सिरहा नपा-२ निवासी १० कक्षामा अध्ययनरत श्रीराम यादवलाई ०६६ असार २१ गते साँझ तराईजनतान्त्रिक पार्टी (क्रान्तिकारी) का कार्यकर्ताहरूले सिरहा नपास्थित बजारबाट अपहरण गरे ।
यो महिनासम्म पनि व्यक्तिहरूलाई कुटपिट गर्ने तथा धम्की दिने काम रोकिएको छैन । कुटपिट तथाधम्कीका घटनाहरू भूमिगत समुहदेखि राजनीतिक दलहरूका कार्यकर्ता तथा तीनका भातृ संगठनहरू संलग्नभएको देखिन्छ । यस्ता घटनाहरूमा एमाओवादी, माओवादी, किराँत जनवादी वर्कस पार्टी, वाईसीएल, युथफोर्सलगायतका पार्टी तथा तिनका भातृ संगठनका कार्यकर्ताहरू संलग्न भएको देखिन्छ । यसैगरी भूमिगतसंगठनहरू पनि यस्ता गतिविधिमा सक्रिय छन् । कहिं-कहिं प्रहरीहरू पनि कुटपिटका घटनामा संलग्नभएको पाइएको छ ।
बाँकेमा चन्दा नदिएको आरोपमा कम्दी गाविस-९ निवासी विद्यार्थी १९ वर्षीय यमबहादुर चलाउनेलाई ०६६असार १४ गते दिउँसो जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) समूहका कार्यकर्ताले रुखमा बाँधेर लाठीर मुक्काले कुटपिट गरे ।
डडेल्धुरामा मणिलेक गाविस-९ बगालसैनका ३० वर्षीय नैन सिंह बिष्टलाई सामान्य विवादमा प्रहरीले असार२२ गते कुटपिट गरी घाइते बनाउनुका साथै बिना पुर्जी दुई दिनसम्म प्रहरी हिरासतमा राखी असार २५ गतेमुक्त गरे । असार २२ गते डडेल्धुरा सदरमुकामबाट घरतर्फगइरहेका बेला नैन सिंह बिष्टलाई अमरगढीनगरपालिका-७, पोखरा बजारमा प्रहरीसँग सामान्य विवाद भएपछि कुटपिट गरिएको थियो ।
जुलाई महिना सञ्चार जगतको लागि पनि सुखद रहेन । यो महिना पनि पे्रसमा आक्रमण जारी नै रह्यो ।यस्ता थुप्रै घटनाहरू इन्सेक अनलाइनमा रेर्कड भएका छन् । मकवानपुरमा ताम्सालिङ संयुक्त संर्घषसमितिका कार्यकर्ताले ०६६ साउन ७ गते बिहान कान्तिपुर पब्लिकेशनको गाडी तोडफोड गरे ।
महिलाअधिकार तथा बालअधिकारको दृष्टिले समेत यो महिना अघिल्ला महिनाको जस्तो नै रह्यो । देशकाविभिन्न ठाउँहरूमा भएका महिला तथा बालबालिकाहरूमाथि भएका ज्यादतीका थुप्रै घटनाहरू इन्सेकअनलाइनमा रेर्कड भए । महिलाहरूलाई आफ्नै पतिले हत्या गर्ने, घर निकाला गर्ने, दाइजोको निहुँमाकुटपिट गर्ने तथा मानसिक तनाव दिने गरेको घटनाहरू रेर्कड भएका छन् ।
सर्लाही जिल्ला जब्दी गाविस-४ निवासी ३५ वर्षीया कुसनीदेवी धामीलाई ०६६ असार २३ गते राति घरमासुतिरहेको अवस्थामा पति ४० वर्षीय शेषनारायण चौधरीले गोली हानी हत्या गरे । यसैगरी, सर्लाही जिल्लाछटौल गाविस-३ की २ वर्षीया प्रतिमा माझीलाई ०६६ असार २४ गते राति बाबु २७ वर्षीय उपेन्द्र माझीलेसुतिरहेको अवस्थामा गोडामा समातेर भूइँमा पछारी हत्या गरे । पति र पत्नी भनाभन हुँदा रिसको झोकमाउपेन्द्रले छोरीलाई गोडामा समातेर माथिबाट भुइँमा पछार्दा घटनास्थलमै बालिकाको मृत्यु भएको थियो ।
मानवअधिकारकर्मीहरू तथा मानवअधिकारवादी संघ-संस्थाहरूले सदा झै यो महिनामा पनिमानवअधिकारका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूलाई देशमा मानवअधिकारकोअवस्थाको विषयमा जानकारी गराई मानवअधिकारका सवालमा संवेदनशील हुन आग्रह गरे । मध्य तथासुदूरपश्चिममा फैलिएको झाडापखालाको प्रकोपसम्बन्धमा सरकारलगायत सरोकारवाला निकायहरू गम्भीरनभएको भन्दै मानवअधिकार समुदायले पटकपटक चासो व्यक्त गर्यो । सरकारले समयमै प्रभावकारीभूमिका निभाउन नसक्दा सयौ व्यक्तिले झाडापखलाबाट अकालमा ज्यान गुमाएको अवस्था रह्यो ।
मानवअधिकार हनन् घटनाका आरोपित नेपाली सेनाका मेजर जनरल तोरणबहादुर सिंहलाई पदोन्नति नगर्नसरकारलाई आग्रह गरेपछि उनको पदोन्नति रोकिएको घटना यस महिनाको सकारात्मक घटना रहृयो ।सोही विषयमा संयुक्त राष्ट्र संङ्घीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रमुख रिचार्डबेनेटले विगतका मानवअधिकार उल्लंघनका घटनामा उपरथी तोरणबहादुर सिंहको सङ्लग्नताबारेअनुसन्धान गरी मात्र रथीमा बुढुवा गर्न सरकारलाई सुझाव दिए । इन्सेकले बेपत्ता नागरिकको अधिकारसंरक्षणसम्बन्धि कानुन जारी गर्न सरकारलाई आग्रह गर्यो । यसै महिनामा सरकारले नेपालस्थित संयुक्तराष्ट्रसङ्घीय मिसन अनमिनको म्याद ६ महिनाका लागि थप गर्न संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाईप्रस्ताव गरे अनुरुप नियोगको म्याद थपिएको छ । माओवादी लडाकु तथा हतियार व्यवस्थापन हुन बाँकीरहेकाले अनमिनको म्याद थप्न सरकारले ०६६ असार २३ गते संयुक्त राष्ट्र सङ्घ सुरक्षापरिषद्लाई प्रस्तावगरेको थियो ।
समग्रमा यो महिनामा मानवअधिकारको अवस्था विगतमा जस्तै रहेको इन्सेक अनलाइनमा रेकर्ड भएकाघटनाहरूले देखाएको छ । मानवअधिकार समुदायले मानवअधिकारका सवालमा समयसमयमा देखाएकोचासोप्रति सरकार गम्भीर नभएको अवस्था छ । यस्ता सवालमा सरकार थप संवेदनशील नदेखिएका कारणपनि नागरिकहरूले आफ्ना आधारभुत अधिकारसमेत पूर्ण रुपले उपभोग गर्न नपाएको अवस्था छ ।
अनलाइन डेक्स
जिम्मेबार निकायद्वारा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीमा बृद्धी
पीडक | हत्या | अपहरण |
राज्य | ३ | |
एकीकृत माओवादी | २ | १ |
नेपाल डिफेन्स आर्मी | ४ | |
मधेष राष्ट्र पार्टी | १ | |
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा | १ | |
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला) | १ | |
वाईसीएल | ८ | |
लिम्बूवान राज्य परिषद | २ | |
अज्ञात | १३ | ९ |
गाउँलेहरू | ४ | |
जम्मा | २७ | २२ |
मे महिना (अर्थात वैशाख १८ गते देखि जेठ १७ गते सम्म) पनि मानवअधिकारको दृष्टीले सुखत रहेन ।देशमा हत्या, अपहरण, बलात्कार, धम्की, कुटपिट जस्ता घटनाहरू भइनैरहे । यसको अलवा मे महिनाबन्द तथा हडताको महिनाको रुपमा स्थापित भयो । मे महिनाको पहिलो हप्तादेखि शुरु भएको आवरुद्धसंसद लामो समयसम्म सुचारु हुन सकेन । देशव्यापी बन्द तथा हडतालको मार सर्वसाधरणले लामोसमयसम्म खेप्नु पर्यो । विशेष गरेर बन्दबाट तराइका जिल्लाहरू बढी प्रभावित भए । यसको प्रत्यक्षअसर सर्वसाधारणको दैनिक जिवनमा समेत पर्न गयो । अप्रिल महिनाको तुलनामा मे महिनामा ज्यानगुमाउनेहरूको संख्यामा केहि कमी आएपनि अपेक्षित रुपमा कमी हुन सकेन । तर, मे महिनामा अपहरणमापर्नेहरूको सङ्ख्या अघिल्लो महिनाको तुलनामा मा बृद्धी भयो ।
मे महिनाको पहिलो सातामा प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्डले) राजिनामा दिए । पुष्पकमल दाहलले नेतृत्व गरेको सरकारले पदमुक्त गरेका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई राष्ट्रपतिले यथास्थानमा रहीकाम गर्न दिर्नेशन दिएको भन्दै एकिकृत माओवादीले संसद आवरुद्ध लगायत देशव्यापि रुपमा विरोधकार्यक्रम गरे । यसले संसदको कामको साथै जनातका दैनिक कामहरू पनि प्रभावित बनायो । यसैबीचतराइमा थरूहट संयुक्त संर्घष समितिले आहृवान गरेको यातयात बन्दले तराइका जिल्लाहरूको जनजिवनथप चुनौतीपूर्ण बनायो । थरुहटको बन्द १३ दिनपछि मात्र खुल्यो । बन्दले तराईको जनजिवन नराम्रोसँगप्रभावित भयो भने तराइबाट देशका विभिन्न जिल्लाहरूमा जाने दैनिक उपभोग्य साम्रागी समयमा नपुग्दादेशभरिका नागरिकहरू प्रभावित बन्न पुगे ।
विषेशतः एकिकृत माओवादी सरकारबाट हटेपछि एमाओवादीद्वारा मानवअधिकार ज्यादतीका घटनामाअचानक बृद्धी भएको अवस्था छ । सरकारबाट हटेपछि एमाओवादीले गाउँ-गाउँमा अन्य दलकाकार्यकर्ताहरूलाई गाउँ छोड्न धम्की दिएका थुप्रै घटनाहरू यो महिनामा प्रकाशमा आए । केही जिल्लामाराष्ट्रपतिको कदमको सर्मथन गर्ने जो कोहीलाई पनि कारबाही गर्ने एमाओवादी र निकट भातृ संगठनहरूलेधम्की दिए । एमाओवादी कार्यकर्ताले केही जिल्लामा अन्य दलका कार्यकर्ता तथा नेताहरूलाई कुटपिटसमेत गरे । एमाओवादी-एमाले तथा एमाओवादी-कांग्रेस बीचमा राष्ट्रपतिको कदमको विषयलाई लिएर केहीठाउँमा झडप समेत भयो । कालीकोट जिल्ला बादालकोट गाविस-४ निवासी नेपाली कांग्रेस कालीकोटकासभापती ४५ वर्षीय मुक्तिप्रसाद न्यौपानेलाई वाईसिएलका कार्यकर्ताहरूले ०६६ जेठ १७ गते बिहान ६ बजेघरबाट सदरमुकाम जाने क्रममा सोही गाविस-४ को खनाया ढुस्कामा कुटपिट गरी घाइते बनाए । रामेछाप जिल्लामा एकिकृत माओवादीले एमाले र कांग्रेसमाथि जनकारबाही गर्ने घोषणा समेत गर्यो ।एमाओवादीका जिल्ला सह-इञ्चार्ज राजन दाहालले ०६६ वैशाख २२ गते एक विज्ञप्ति जारी गरी कारबाहीकोधम्कीपूर्ण घोषणा सार्वजनिक गरे । यसैगरी कालिकोट जिल्लामा पनि वाईसीएलले कांग्रेस, एमालेकार्यकर्तालाई सफाया गर्ने चेतावनी दिए ।
मानवअधिकारको दृष्टीले हेर्दा मे महिनामा सबै पक्षबाट गरी २७ जनाको हत्या भएको तथ्याङ्क इन्सेकमाअभिलेखित छ । अघिल्लो महिना ३८ जनाले ज्यान गुमाएका थिए । अघिल्लो महिनाको तुलनामा मेमहिनामा हत्या हुनेहरूको सङ्ख्यामा भने केही आयो । तर, जनताको ज्यु-धन तथा शान्ति शुरक्षालाईपहिलो प्राथमिकता दिने सरकारको पटक-पटकको प्रतिबद्धतालाई यो तथ्याङ्कले थप चुनौती थपिदिएको छ। यो महिनामा राज्यको कारण तीन जनाले ज्यान गुमाए । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या १जनाले बृद्धी भएको छ । मे महिनामा एकिकृत माओवादीका कारण दुई जनाले ज्यान गुमाए भने एक जनाअपहरणमा परे । एकिकृत माओवादीको भातृ संगठन वाईसीएलले यो महिनामा मात्र आठ जनाको अपहरणगर्यो । एकिकृत माओवादी तथा वाईसीएलद्वारा भएको मानवअधिकार ज्यादतीको यस्तो तथ्याङ्क अघिल्लोमहिनाको तुलनामा निकै धेरै हो ।
नेपाल डिफेन्स आर्मीले ललितपुर उपमहानगरपालिका धोविघाटस्थित क्याथोलिक चर्च अफ एजम्सनमा ०६६जेठ ९ गते बिहान गराएको बम विस्फोटमा चार जनाले ज्यान गुमाए । चर्चमा बम विष्फोट गराएरधार्मीक सहिष्षुणता खलबलाउने षडयन्त्र भएको यस घटनाले देखाउँछ । यो महिनामा मधेष राष्ट्रपार्टीव्दारा एक जनाको हत्या भयो भने अज्ञात समुहबाट १३ जनाको हत्या भएको छ । यसैगरी मेमहिनामा बालबालिकाहरूको अपहरण गर्न आएको आरोपमा गाउँलेहरूले चार जना व्यक्तिहरूको हत्या गरे ।बालबालिकाको अपहरण जस्तो संवेदनशिल विषयमा राज्यले प्रभावकारी भुमिका खेल्न नसक्नु, शान्तिशुरक्षाको फितलो अवस्था र सरकारी निकायबाट दोषीमाथी कारबाही हुन्छ भन्ने कुरामा सर्वसाधारणविश्वस्त हुन नसकेका कारण अपहरणको आरोपमा गाउँलेहरूले आरोपितलाई कुटेर मारे । आरोपितलाईप्रहरीले पक्राउ गरी अनुसन्धानपछि दोषी पाइएमा कारबाही चलाउने कानूनी प्रक्रिया हुँदा हुँदै गाउँलेहरूले नैकुटेर मार्नुको पछाडि देशमा विधमान दण्डहिनता र सरकार प्रती जनताको विश्वास गुमेको अवस्थालेनिम्त्याएको समस्या हो ।
यो महिनामा २२ जना व्यक्तिहरू अपहरणमा परेको तथ्याङ्क इन्सेकसँग छ । जस मध्ये अज्ञात समुहबाटनौ जना, वाईसीएलबाट आठ जना, लिम्बूवान राज्य परिषदबाट दुई जना, संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला) बाट एक जना, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट एक जना र एमाओवादीबाट एकजना रहेका छन् । अघिल्लो महिनाको तुलनामा यो महिनामा अपहरणका घटनामा बृद्धी भएको छ ।
विश्व प्रेस स्वतन्तत्रता दिवसको अवसरमा ०६६ वैशाख २० गते पत्रकारहरू, पत्रकार महासङ्घ तथाअधिकारवादीहरूले विभिन्न कार्यक्रमको अयोजना गरी मनाए । तर, देशमा पत्रकारहरू समाचार संकलनतथा प्रकाशन, प्रसारण गर्ने कुरामा अझै सम्मपनि पूर्ण स्वतन्त्र छैनन् । राज्य, राजनीतिक दलहरूलगायतअन्य पक्षहरूले समेत पत्रकारहरूलाई कुनै न कुनै बहानामा अवरोध पुर्याउने काम भइनैरहेको छ ।पत्रकारहरूमाथी आक्रमणका थुप्रै घटनाहरू यो महिनामा इन्सेक अनलाइनमा रेकर्ड भएका छन् । थरूहटसंयुक्त संर्घष समितिले आहृवान गरेको तराई बन्दको क्रममा वैशाख १९ गते बिहान रौतहटकोचन्द्रनिगाहपुरमा समाचार सङ्कलन गर्न गएका पत्रकारहरूमाथि प्रहरीले दुर्व्यवहार गरे । सर्वसाधारणमाथिप्रहरीले लाठी प्रहार गरेको र सर्वसाधारणको घरमा अश्रुग्याँस प्रहार गरेको घटनाको समाचार सङ्कलन गर्नगएका कान्तिपुर समाचारदाता शिव पुरी, नेपाल समाचारपत्रका सञ्जय कार्की र तराई एक्सप्रेस साप्ताहिककाअशोक पहाडीलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक द्वारिका घिमिरेको निर्देशनमाप्रहरीले दुर्व्यवहार गर्नुका साथै लाठी प्रहार गरी फोटो खिच्न रोक लगाए ।
१ सय २० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०६६ वैशाख १८ गते देशभरी नै र्याली र सभाकोआयोजना भयो । देशव्यापी रुपमा आयोजित कार्यक्रममा मजदुरहरूको न्युनतम ज्यालासहित रोजगारीकोग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरे । सरकारले तोकेको न्युनतम ज्याला मजदुरहरूले पाउने स्थितीनबनेको अवस्था अझैपनि पनि कायमै छ ।
बालअधिकार र महिला अधिकारको दृष्टीले समेत यो महिना मानवअधिकार मैत्री हुन सकेन । बलात्कार,यौन दुर्व्यवहार, घरेलु हिंसा जास्ता घटनाहरूको निरन्तरताले मे महिनालाई पनि निराशाको महिनाको रुपमाप्रस्तुत गर्यो । इन्सेक अनालाइनमा थुपै यस्ता घटनाहरू रेकर्ड भएका छन् ।
समग्रमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीको निरन्तरता विगतमै जस्तो अवस्थामा रहेपनि सरकारकोउदासिनता उस्तै नै छ । पीडकहरूलाई कानूनी कारबाही गर्न प्रभावकारी पहल गर्न सरकारले अविलम्ब शुरुगर्नु पर्ने अवस्था छ । सरकार र सरकारका निकायमाथी सर्वसाधारणको विश्वास यो महिनामा थप गुमेकोदेखिन्छ । दोषीहरूलाई उचित कानूनी कारबाहीको अभावमा दण्डहिनता मौलाएको वर्तमान अवस्थामासरकारको पटक-पटको प्रतिबद्धतालाई कार्यन्वयन गर्ने हो भने मात्र मानवअधिकार रक्षाको प्रयास र्सार्थकहुनेछ । मे महिनामा राज्य लगायत ठूला राजनीतिक दलहरू समेत मानवअधिकार उल्लङ्घन तथाज्यादतीका घटनाहरू बृद्धी हुनमा जिम्मेबार रहे ।
अनलाइन डेक्स
मानवअधिकार हनन्, ज्यादति तथा अपराधको निरन्तरता, सरकारको उदासिनता उस्तै
जुन महिना (जेठ १८ गते देखि असार १६ गते सम्म) पनि मानवअधिकारको दृष्टिले राम्रो रहेन ।महिनाभर हत्या, अपहरण, कुटपिट, धम्की, चन्दा असुली जास्ता घटनाहरू भइनैरहे । सुरक्षा अवस्थाअत्यन्तै फितलो रह्यो । आम जनताले अमनचयनको महसुस यस महिनामा पनि गर्न सकेनन् । प्रधानसेनापति रुक्माङ्गत कटवाललाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) ले पदमुक्त गरेपछिराष्ट्रपतिले प्रधान सेनापतिलाई यथावत पदमा रहिरहन दिएको निर्देशनपछि प्रधानमन्त्रीले राजिनामा दिएकोघटनाको असर जुन महिनामा पनि पर्यो । 'राष्ट्रपतिको कदम असंवैधानिक' भन्दै एकीकृत नेकपा(माओवादी) र एकीकृत नेकपा (माओवादी) निकट भातृ संगठनहरूले देशव्यापि रुपमा शुरु गरेको आन्दोलन(बन्द तथा हडताल) जुन महिनाको उत्तर्रार्धसम्म पनि कायम नै रह्यो । एकीकृत माओवादीले राष्ट्रपतिकोकदम सच्याउनु पर्नेलगायत विभिन्न माग राखी गरेको बन्दले जनजीवन नराम्रोसँग प्रभावित भयो ।संविधानसभा बैठक पनि अवरुद्ध भई नै रह्यो । मुलुकभर आहृवान गरिएको बन्द, हडताल जस्तागतिविधिले सर्वसाधारणहरू सेवा पाउनबाट वञ्चित भए । मधेशी जनअधिकार फोरम संस्थापन पक्षलेआफ्ना पार्टीका नेतालाई पार्टीको असहमती बेगर सरकारमा सामेल गराएको भन्दै तराईका जिल्लाहरूबन्द घोषणा गरे । उक्त बन्दले तराई झण्डै ठप्प भयो ।
नयाँ बनेको सरकारले शान्ति सुरक्षा कायम गर्ने कामलाई पहिलो प्रथामिकता दिइने जनाए पनि योमहिनामा शान्ति सुरक्षाको अवस्था अत्यन्तै फितलो रह्यो । सरकारले भूमिगत सशस्त्र हतियारधारीसमूहहरूसँग वार्ताको आहृवान गरी वार्ता प्रसङ्गलाई जारी राखे पनि जुन महिनामा पनि अपेक्षाकृतसफलता पाउन सकेन । सशस्त्र समूहहरूबाट जारी हत्या, हिंसा तथा आपराधिक गतिविधि यो महिना झन्बढ्यो घटेन ।
पीडक | हत्या | अपहरण |
राज्य | ३ | |
लिम्बुवान क्रन्तिकारी | १ | |
अज्ञात समूह | ७ | १३ |
जम्मा | १० | १४ |
इन्सेक अनलाइनको तथ्याङ्क अनुसार जुन महिनामा मात्र सशस्त्र समूहद्वारा ज्यान गुमाउनेहरू सात जनारहेका छन् । सातै जनाको हत्या अज्ञात सशस्त्र समूहद्वारा भएको छ । अघिल्ला महिनामा हत्यापछिघटनाको जिम्मा लिन तछाडमछाड गर्ने समूहहरू पछिल्लो समयमा मौन बस्नुलाई अर्थपूर्ण मानिएको छ ।सरकारद्वारा वार्ताको आहृवान गरेको परिदृष्यमा सशस्त्र समूहहरूले अज्ञात रुपमा अपराधलाई निरन्तरता दिदैवार्तामार्फत आफ्ना कार्यकर्ताहरू छुटाउने रणनीति बनाउने गरेको सरकारी बुझाइ छ । वार्तालाई फलदायीबनाउन दुवै पक्षलाई विश्वासको खाँचो खड्किएको देखिन्छ । यसैगरी अज्ञात सशस्त्र समूहद्वारा यो महिनामा१४ जना व्यक्तिहरू अपहरणमा परे । यसबाहेक फिरौतीका लागि अपहरण गर्ने अपराधिक गिरोहहरू योमहिनामा पनि सकृय रहे । रकम असुली गर्न अपहरणमा संलग्न यस्ता गिरोहको निशानामा प्रायबालबालिका नै छन् । फितलो सुरक्षा व्यवस्था, अपराधमा संलग्नहरूलाई उचित दण्डसजाय तथाअपराधीलाई पक्राउ गर्ने र उचित कारबाही चलाउने काममा सरकारको उदासिनताले रकमका लागिबालबालिका अपहरण गर्ने अपराधिक गिरोहहरू बढ्दै गइरहेको देखिन्छ । जुन महिनामा पाँचथरमामञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषद् (क्रान्तिकारी) ले एक जना एकीकृत माओवादी कार्यकर्ताकोअपहरण गर्यो । अपहरणकारी समूहको पहिचानपछि पनि अनुसन्धान गरी दोषीको पहिचान गरी कानुनीकारबाही गर्न नसकेको यस घटनाले सरकारको उदासिनता थप छर्लङ्ग पार्छ । यो महिनासम्म पनिविस्फोटक पदार्थहरू विस्फोटन हुने, बम भेटिने क्रम रोकिएको छैन । बर्दिया जिल्ला सोरहवा गाविस-३खैरनीका १६ वर्षीय गोपाल विकको ०६६ असार १ गते बिहान ९.४५ बजे दाङ चैलाही गाविस-३ लमहीस्थितश्रीनाथ गण 'ख' गुल्मनजिक बम विस्फोटनमा परी मृत्यु भयो । गोरखा नपाको-१२ किलो छेवेटार सडकखण्डमा ०६६ असार ११ गते राति अज्ञात समूहले बम विष्फोट गरायो ।
यसैगरी जुन महिनामा राज्यका कारण तीन जनाले ज्यान गुमाए । धनुषामा महोत्तरी जिल्ला भरतपुरगाविस-९ निवासी ३० वर्षीय सुरेन्द्र महतोलाई ०६६ जेठ २४ गते ५ः३० बजे प्रहरीले चेकजाँचको क्रममागोली हानी हत्या गर्यो ।
राज्यको चौथो अङ्ग पत्रकारिता जगतको लागि समेत यो महिना सुखद रहेन । यो महिनामा पनिप्रहरीहरूद्वारा पत्रकारलाई कुटपिट गर्ने तथा धम्काउने घटनाहरू भए । इलाका प्रहरी कार्यालय इटहरीका दुईप्रहरीले एक पत्रकारलाई कुटपिट र दुर्व्यवहार गरे । ०६६ जेठ २८ गते पत्रकार महासंघ जिल्ला शाखा तथाअधिकारकर्मीहरूले दोषी प्रहरीमाथि उचित कनुनी कारबाहीको माग गरे पनि कुटपिटमा संलग्न प्रहरीलाईकारबाही भएन । कैलाली जिल्लामा त झन् जिल्ला शिक्षा अधिकारीले नै पत्रकारलाई थुन्ने धम्की दिए ।यो महिना राज्यबाट सात जना पत्रकारहरूलाई कुटपिट तथा दुर्व्यवहार गरी सुचना संकलनमा अवरोधपुर्याइयो ।
एकीकृत माओवादीले जारी राखेको आन्दोलनमा पत्रकारहरूलाई समाचार संकलन गर्न बाधा पुर्याइयो ।एकीकृत माओवादीका कार्यकर्ताहरूले एभिन्युज टेलिभिजनका पत्रकार कृष्ण न्यौपानेको बा. १९ प ३११५नम्बरको मोटरसाइकल काठमाण्डौको सितापाइला चोकमा रोकेर आक्रमण प्रयास गरे । पत्रकार न्यौपानेलेएभिन्युज लेखिएको ज्याकेट लगाएको अवस्थामा आफ्नो परिचयपत्र समेत देखाउँदा पनि बन्दकर्ताहरूलेमिडियालाई आज छोड्नुहुँदैन भन्दै मोटसाइकल रोकी दुर्व्यवहार गरे । एकीकृत माओवादी र यसनिकट भातृसंगठनहरूले देशका विभिन्न भागमा पत्रकारलाई आफ्नो अनुकुलमा समाचार नलेखेको भन्दै धम्की दिए ।
जुन महिनामा चार जना महिला तथा बालिकाहरूमाथि बलात्कार र सात जना महिलाहरूमाथि यौनदुर्व्यवहार भएको घटनाहरू इन्सेक अनलाइनमा रेर्कड गरिए । सामूहिक बलात्कारमा परेकी एक महिलाकोबलात्कारको पीडाले मृत्यु भयो । महिलाहरूमा हुने घरेलु हिंसामा यो महिना पनि कमी आएन । पति तथापरिवारका सदस्यहरूद्वारा महिलामाथि विभिन्न लान्छना लगाएर कुटपिट हुनेलगायत पतिद्वारा हतियार प्रहारगरेका घटनाहरूसमेत यो महिना इन्सेक अनलाइनमा रेर्कड भए । पाँचथर जिल्लाको नागीन गाविस-७निवासी पहलमान थाम्सुहाङ्गले ०६६ असार १९ गते साँझ ७ बजे आफ्नी जेठी पत्नी मित्रकुमारीलाई खुकुरीप्रहार गरी घाइते बनाए । यसैगरी धादिङ जिल्लामा नीलकण्ठ गाविस-२ सीपपानीकी २६ वर्षीया मीनाश्रेष्ठलाई ६ वर्षीय र ४ वर्षीय दुई छोराहरूसहित उनका पति नरबहादुर श्रेष्ठले दोस्रो विवाह गरेपछि घरनिकाला गरे ।
जनचेतना तथा घटनामा दोषीहरूलाई उचित कानुनी कारबाहीको अभावमा बोक्सीको आरोपमा अमानवियव्यवहार गर्ने काम हालसम्म पनि रोकिएको छैन । यो महिनामा पनि इन्सेक अनलाइनमा यस्ता घटनाहरूप्रकाशित भए । सुनसरीको बबिया गाविस-५ की ३० वर्षीया एक महिलालाई स्थानीय केही व्यक्तिहरूलेबोक्सीको आरोप लगाई निर्घात कुटपिट गरी ०६६ जेठ २३ गते दिउँसो अभक्ष कोचाए ।
विगतका महिनाहरूमा जस्तै यो महिनामा पनि मानवअधिकार उल्लंघन, ज्यादती तथा अपराधिकघटनाहरूको निरन्तरता उस्तै प्रकृतिमा रहनुले मुलुकमा मानवअधिकारको अवस्था झन् भयावह हुँदै गएकोदेखिन्छ । सरकारले पटक-पटक प्रतिबद्धता जनाएपनि कार्यन्वयन पक्ष फितलो भएका कारण दण्डहीनताकोअवस्था उस्तै नै छ । प्रस्तावित समय तालिका अनुसार संविधान निर्माण गर्ने जिम्मेवारी पाएकोसंविधानसभा पार्टीको आन्तरिक विवादमा फस्तै जाँदा संविधान निर्माण समय तालिका फेरि सर्ने निश्चितप्राय छ । अपराधका घटनाहरूमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरूलाई कारबाही हुनबाट पार्टीले नैजोगाउने प्रवृति हालसम्म पनि अत्य भएको छैन । अपराधीलाई कानुनी कारबाही गर्ने कममा जबसम्मपार्टीले जोगाउने परिपाटी अन्त्य हुँदैन तब सम्म दण्डहीनता कायमै रहने छ । साथै महिला,बालबालिकाहरूको सर्न्दर्भमा सरकार थप संवेदनशील हुनु जरुरी देखिन्छ । यसैगरी सुचनाको हक विधेकपारित भएको यतिका समय भैसक्दापनि प्रभावकारी कार्यान्वयन त परै जाओस् सञ्चारकर्मीलाई सुचनासंकलन गर्न राज्य पक्षनै बाधक भएको अवस्था छ । पर्याप्त जनचेतनाको अभाव र कानुनको प्रभावकारीकार्यान्वयन नहुँदा महिला हिंसा, बोक्सीको आरोप, छुवाछुतजस्ता अमानविय, विभेदकारी संस्कार तथाअपराधिक घटनाहरूको निरन्तरताले यस क्षेत्रमा सरकार, राजनीतिक दलहरू तथा गैरसरकारी निकायहरूसमेतको प्रयास अपुरो देखिन्छ ।
अनलाइन डेक्स
तथ्याङ्क स्रोतः इन्सेक अनलाइन
पीडक
|
हत्या
|
अपहरण
|
राज्य
|
||
माओवादी
|
४
|
|
तराई आर्मी
|
२
|
|
जनवादी वर्कस
|
१
|
|
लिवरेसन अफ तराई इलम
|
१
|
|
तराई लिग कम्यूनिष्ट पार्टी
|
||
अखिल तराई मुक्ति मोर्चा प्रतिक समूह
|
१
|
१
|
लिम्बूवान
|
१
|
|
जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूह
|
१
|
|
मधेस राष्ट्रिय जनतान्त्रिक पार्टी(क्रान्तिकारी)
|
२
|
|
अज्ञात समूहबाट
|
९
|
१७
|
पीडक
|
हत्या
|
अपहरण
|
घाइते
|
गिरफ्तार तथा यातना
|
कुटपिट
|
धम्की
|
राज्यबाट
|
७
|
५
|
११
|
५
|
१
|
|
अखिल क्रान्तिकारी
|
५
|
१
|
||||
एमाले
|
१
|
|||||
अखिल तराई मुक्ति मोर्चा
|
१
|
२
|
||||
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला)
|
२
|
१
|
||||
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन)
|
३
|
१
|
१
|
|||
जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर)
|
१
|
|||||
किराँत वर्कस पार्टी
|
४
|
|||||
मधेसी मुक्ति टाईगर्स
|
१
|
१
|
१
|
|||
मधेसी राष्ट्रिय जनतान्त्रिक पार्टी
|
१
|
|||||
एकीकृत नेकपा माओवादी
|
२
|
१७
|
२
|
|||
काँग्रेस
|
१
|
|||||
रणवीर सेना
|
१
|
|||||
तराई कमान्डो फोर्स
|
१
|
|||||
तराई कोब्रा
|
६
|
|||||
अज्ञात हतियारधारी समूहबाट
|
१०
|
२३
|
१४
|
६
|
||
वाईसीएल
|
२४
|
५
|
११
|
११
|
||
युथफोर्स
|
३
|
४
|
१
|
|||
जम्मा
|
२५
|
५२
|
४२
|
११
|
४५
|
२३
|
जनउत्तरदायीविहीन अवस्थाको निरन्तरता
पीडक
|
हत्या
|
अपहरण
|
राज्य
|
२
|
|
वाईसीएल
|
२
|
|
माओवादी
|
१
|
|
तराई कोब्रा
|
१
|
|
जनतान्त्रिक तराई मुक्ति मोर्चा -ज्वालासिंह)
|
१
|
४
|
अज्ञात समूह
|
१५
|
२९
|
अन्य
|
१०
|
|
किराँत तराई वकर्स पार्टी १
|
||
मधेसी मुक्ति टाईगर्स
|
१
|
|
मधेसी राष्ट्रिय पार्टी
|
१
|
|
जम्मा
|
३१
|
३७
|