बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । समुहको बैठकले प्रत्येक साता विद्यालयमा सरसफाई कार्यक्रम गर्ने, प्रत्येक महिना एउटा बैठक गर्ने र बैठकबाट विभिन्न समस्या पहिचान गरी प्रधानाध्यापक…

०८१ कात्तिक १४ गते  
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारलाई संविधानको मौलिक हकको रुपमा…

०८१ कात्तिक १३ गते  
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड

वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक १२ गते जनकपुरधममा बसेको बैठकमा उहाँहरूले सो कुरामा जोड दिनुभएको हुो । इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले वातावरणमा…

०८१ कात्तिक १३ गते  
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई…

०८१ कात्तिक १३ गते  
म्याद गुज्रेका वस्तुको बिक्री वितरण नगर्न मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

विजया दशमी तथा दिपावली सुरु भएसँगै स्थानीय बजारमा विभिन्न खाद्य बस्तुहरू भित्रिने र तिनको खरिद बिक्री बढी हुने भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत पञ्चपुरी नगरपालिकाका गठित मानव अधिकार समूहले पञ्चपुरी नगरपालिकालाई ०८१ कात्तिक ९ गते ध्यानाकर्षण पत्र बुझाएको छ । चाडपर्वको समयमा म्याद गुज्रेका खाद्य…

०८१ कात्तिक १० गते  
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवार र ज्याला मजदुरी गरेर जीवन बिताइरहेकोले न्यायिक प्रक्रियामा जान समस्या भएको थियो । पीडित परिवारको आर्थिक अवस्था कमजोर भएर इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेले कानुनी प्रकियामा जानका…

०८१ कात्तिक ९ गते  
मानवअधिकार समूहद्वारा नागरिकता प्रतिलिपिका लागि ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिका-१० को वडा मानवअधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० का स्वर्गियमुनर मोची रामको छोरी ४५ वर्षीया धनेश्वरी कुमारी राम र स्वर्गिय सुलेमान अन्सारीको छोरा १८ वर्षीय जावेद अन्सारीको नागरिकता प्रतिलिपि बनाउनका लागि वडा अध्यक्ष कुञ्जिलाल चौधरीलाई कात्तिक ८ गते ध्यानाकर्षण गराएको छ । नागरिकता अभावमा…

०८१ कात्तिक ९ गते  
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–९ शंकरपुरकी घरेलु हिंसा घटनाका पीडित ३९ वर्षीया मिनासोनी कामीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ…

०८१ कात्तिक ९ गते  
नगरपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय अन्तर्गत दुल्लू नगरपालिकाका गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रमा बजार अनुगमन गरिदिन ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष दुर्गे सार्कीको नेतृत्वमा टोलीले कात्तिक ६ गते नगर प्रमुख भरतप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो । नेपालको संविधानको धारा ३६ मा उल्लेखित खाद्य अधिकार सम्बन्धी…

०८१ कात्तिक ७ गते  
युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल

परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८१ कात्तिक ६ गते कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय सभाका सदस्य सावित्री मल्लले नागरिकहरूको अधिकार…

०८१ कात्तिक ७ गते