इन्सेकको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा ०८१ असोज ७ गते जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–८ बेतनपुरकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया ममता नेगीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन र अधिकारसँगै कर्तव्यको पनि…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रमको सहजीकरण गर्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले युएसएआइडीको आर्थिक सहयोगमा नागरिक समाज…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
शुभकालिका गाउँपालिका–३, माइतिघर भइ रास्कोट नगरपालिका–३ की २८ वर्षीया मोतिपुराकुमारी अधिकारीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ६ गते ७ हजार रुपियाँ सहयोग गरेको छ । पति ३५ वर्षीय ललिराज सिम्खाडाले मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान…
बाल अधिकार परिचालन कोष हस्तान्तरण
बराहताल गाउँपालिका–७, लामाखालीस्थित सूर्यज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा ०८१ असोज ५ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत विद्यालयका प्रधानाध्यापक केशरबहादुर गाैतमलाई समूहका लागि ७ हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गरिएको…
२५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्याली, कोण सभा तथा दिप प्रज्वलण कार्यक्रम
“शान्तिप्रति हाम्रो कदम र महत्वकांक्षाका साथ शान्तिको संस्कार” भन्ने मूल नाराका साथ २५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ असोज ५ गते र्याली, कोण सभा तथा दिप प्रज्वलन कार्यक्रम समपन्न भएको छ । लहान नगरपालिका, समग्र जन उत्थान केन्द्र, इन्टरनेशनल एलर्ट, इलाका प्रहरी कार्यालयको आयोजना र इन्सेक सिरहा,…
सङ्क्रमणकालीन न्यायमा पीडितले चनाखो बन्नुपर्छः प्रमुख सुनार
जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारले सङ्क्रमणकालीन न्यायका विषयमा पीडितले चनाखो बन्नुपर्ने बताउनुभएको छ । असोज ५ गते अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सहकर्मी समाज र मानव अधिकारका लागि महिला एकल महिला समूहले ३४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरामा आयोजित सङ्क्रमणकालीन न्यायका विषयमा आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा उहाँले…
स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
बराहताल गाउँपालिका–५, बड्डिचौरस्थित स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । इन्सेकको आयोजनामा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा असोज ४ गते स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान गरिएको हो । बैठकबाट शिक्षामा मुख्य समस्याको अन्तर्गत विद्यालयमा सेनेटरी प्याडको…
संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र फोरम एशिया नेपालको सहयोगमा २०८१ असोज ५ गतेदेखि धनुषाको ढल्केबरमा संस्थागत क्षमता विकास सम्बन्धी दुई दिवसीय तालिम सुरु भएको छ । फोरम एशिया नेपालद्वारा संचालित महिला, युवा तथा सीमान्तकृत समुदायहरूको सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू (ग्रो) परियोजना अन्तर्गत विभिन्न आठ ओटा संस्थाका प्रतिनिधिहरु…