एक वर्षमा एक सय ओटा घटना अभिलेखित
यस वर्ष उदयपुरमा १ सय ओटा घटना सङ्कलन गरिएको एक कार्यक्रममा जानकारी दिइएको छ । इन्सेक उदयपुरले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरेको घटनाहरूको समीक्षाका लागि मङ्सिर २६ गते आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो । सबैभन्दा बढी घरेलु हिंसाका घटनालाई अभिलेख गरिएको इन्सेकका उदयपुर जिल्ला…
ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड
ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्ने जिल्ला अदालत डोल्पाका न्यायाधीश सनत लवटले डोल्पामा आयोजित एक कार्यक्रममा जोड दिएका छन् । इन्सेक डोल्पाद्वारा मङ्सिर २५ गते दुनैमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा न्यायाधीश लवटले उक्त कुरामा जोड दिएका हुन । भौगोलिक विकटता र अज्ञानताका साथै फितलो प्रशासनका कारण डोल्पामा मानव…
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१७ को पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलङ्गामा मङ्सिर २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई इन्सेकले…
ताप्लेजुङमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक ताप्लेजुङको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०१६ को यो अवधिमा जिल्लामा भएका मानव अधिकार हनन् र ज्यादतीका १८ ओटा घटना सार्वजनिक गरे ।…
मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा कार्यक्रम
इन्सेक तेह्रथुमको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, गैरसरकारी सङ्घसंस्थाहरूका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति…
दोलखामा मानव अधिकार अवस्थाबारे छलफल
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दोलखामा मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपालले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रियामा इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले मानव अधिकारको वर्तमान अवस्थाको…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोडदिनु पर्नेमा एकमत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागीहरू वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोड दिनु पर्नेमा एकमत भएका छन् । चौतारामा आयोजित समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष युवराज पुरीले अहिलेको बदलिँदो…
पूर्व समीक्षा कार्यक्रम समपन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सिरहामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते लहानमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । यस वर्ष १ सय ९ ओटा घटना अभिलेख गरिएको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका…
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरू प्रकाशन पूर्व समीक्षा तथा मानव अधिकारको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते फिदिममा सम्पन्न भएको छ । हुकोडेक नेपालको सहकार्यमा इन्सेक पाँचथरद्वारा आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा महिला अधिकारका १७, बाल अधिकारका १३…
रामेछापको मानव अधिकारको वार्षिक अवस्थाको समीक्षा
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो…