नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप…

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत माघ २५ गते जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । मानव…

निगरानी समूहको ध्यानाकर्षणपछि स्वास्थ्य केन्द्रमा औषधि सहज

मानवअधिकार निगरानी समुहको अनुगमन र ध्यानाकर्षापछि  कपिलवस्तु जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि पाउन थालिएको छ । एक महिनाअघि निगरानी समूहको अनुगमनका क्रममा अस्पताल र स्वास्थ संस्थाहरूमा औषधिको अभाव भएको भेटिएपछि समूहले जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक परिमाणमा औषधि खरिद गरी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध…

तीन दिने क्षमता अभिवृद्धि तालिम सुरू

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २० गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अर्न्तगत उक्त तालिम सुरू भएको हो । तालिमको उदघाटन गर्दै इन्सेकका क्षेत्रीय संयोजक भोला…

बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

  इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार ओटा जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन…

जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन

जिल्लामा क्रियाशील मानव अधिकार सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन भएको छ । इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत माघ ७ गते गठन गरिएको समितिमा आईडिएफ नेपालका अध्यक्ष विष्णु खरेललाई…

नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा तीन दिने नेतृत्व विकास तालिम धनगढीमा पुस २८ गते सम्पन्न भएको छ । तालिममा चार जिल्लाका मानव अधिकार निगरानी समूहका ३५ जना प्रतिनिधिहरूको सहभागितामा रहेको थियो । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत कार्यक्रम सञ्चालित…

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित एक…

मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्म धुलिखेलमा सञ्चालन गरिएको मध्यमाञ्चल क्षेत्रका विभिन्न सात जिल्लामा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले राज्यबाट प्रदान गरिने सेवा र सुविधाका विषयमा…

पूर्वाञ्चलमा नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत जिल्लास्तरमा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीका…