जनताको काम गर्न आनकानी गर्ने कर्मचारीलाई तत्काल कारबाहीः प्रजिअ ढकाल
सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले नागरिकले तिरेको करबाट जम्मा गरेको रकम खाएर जनताको काम नगर्ने प्रवृत्तिको लिखित उजुरी प्राप्त भए त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत इन्सेकले आयोजना गरको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा…
भूकम्प पीडितको गुनासो-'हामीले कहिले अनुदान पाउने ?'
भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च माध्यामिक विद्यालययमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितहरूले पहिलो किस्ताको अनुदान रकम समेत नपाएको गुनासो गरेका हुन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म…
सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा स्वास्थ्य, शिक्षा र खाद्य आधिकारको सवालमा सेवा प्रदाययक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन २७ गते सम्पन्न भएको छ । कार्यक्रममा सेवाग्राही तथा सहभागीहरूको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बधी रहेका समस्या र जिज्ञासाहरू…
इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा फागुन २७ गते चौतारा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पपछि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयमा गरिएको सार्वजनिक सुनुवाइमा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले चौतारा नगरपालिकाको नगर परिषदबाट नै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको र भूकम्प पीडितलाई आवास…
निगरानी समूहको पहलमा कारागारमा ल्याण्डलाइन फोन जडान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रम अन्तर्गत पाल्पा जिल्लामा गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको पहलमा पाल्पा कारागारमा टेलिफोन जडान गरी सञ्चालनमा आएको छ । निगरानी समूहले फागुन ८ गते प्रमुख जिल्ला अधिकारी बावुराम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारागारका महिला तथा पुरुष बन्दीहरू एउटै ल्याण्डलाइन फोनमा निर्भर…
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २५ गते तानसेनमा सम्पन्न भएको छ । अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेकले सञ्चालन गरेको परियोजना सञ्चालित चापपानी…
इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउने कायक्रमको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय र क्षेत्रीय कार्यालयद्वारा संयुक्त रूपमा धनुषाको शान्तिपुर र बटेश्वर गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको फागुन २४ गते अनुगम गरिएको छ । अनुगमन टोलीले मानव अधिकार निगरानी समूहको सदस्यहरूसँग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी लिएको थियो । समुदाय, विद्यालय…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन २४ गते ललितपुरको महालक्ष्मी नगरपालकास्थित लामाटारमा जिल्ला विकास समिति ललितपुरसँगको सहकार्यमा भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । भत्किएका घर पुनर्निर्माण गर्न नक्साको डिजाइनको अभाव भएको, खानेपानी, ढल, बिजुली, सडक जस्ता विकास निमार्ण कार्यले गर्दा पीडित, झन…
पुनर्निर्माणको अवस्था र नगरपालिकाको कार्यक्रमबारे सार्वजनिक सुनुवाइ
रामेछाप जिल्लाको मन्थली नपा-१३ र १४ मा पुनर्निर्माणको काम गर नगरपालिकाको कामको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २३ गते भटौलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्रको समन्वयमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा…
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ०७३ फागुन २१ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक दमौलीमा सम्पन्न भएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको जामुने र मनपाङ गाविसमा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रमको बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो…