नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते "नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल" विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम सापकोटाले नाफारहित रूपले खोलिएका सङ्घ संस्थाका प्रतिनिधिलाई समाजमा नागरिक समाज भन्ने गरेको र जिल्लामा तत्कालिन राजाको…

आचारसंहिता पालना गर्नु पर्नेमा जोड

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहितालाई अक्षरस पालनामा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ८ गते धादिङवेसीमा आयोजना गरेको नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरूले सो कुरामा जोड दिएका हुन्…

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको सभाहलमा समपन्न भएको छ । [caption id="attachment_4092" align="aligncenter" width="640"] U[/caption] स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित बैठकमा इन्सेक…

नागरिक समाज पारदर्शी हुन आवश्यक

नागरिक समाजको सकारात्मक छवि निर्माणको लागि पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् । चैत ६ गते विदुरमा इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रियामा सहभागीहरूले नागरिक समाजको रूपमा सक्रिय हुनेहरू आफैँमा पारदर्शी र समाजप्रति जवाफदेही भएको खण्डमा नागरिक समाजको सकारात्मक…

नागरिकका पक्षमा आवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्नेमा जोड

नागरिकको पक्षमा निष्पक्ष अवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्ने विचार एक कार्यक्रममा सरोकारवालाले राखेका छन् । इन्सेक गोरखाको आयोजनामा चैत ४ गते सम्पन्न 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाजलाई प्रभावकारी बनाउन सर्म्पर्क कार्यलय र सञ्जालको समेत आवश्यकता रहेको औँल्याएका छन् । कार्यक्रममा भूकम्पपछिको अवस्थामा…

विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गर्ने प्रतिवद्धता

साहारे र मालारानी गाविसका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचार सेवाको व्यवस्था गरिने एक कार्यक्रमकाबिच प्रतिवद्धता जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तरगत मानव अधिकार निगरानी समूह सुर्खेतद्वारा चैत ३ गते सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको अन्तरक्रियामा…

स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने

मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालको चैत ३ गते बसेको बैठकले सङ्घीय संरचनामा मूलुक गएको अवस्थामा कार्यान्वयनमा आएका गाउँपालिका तथा नगरपालिकाले प्रवाह गर्ने सेवामा देखिएका व्यवहारिक तथा…

लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न माग

भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेका पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न शिवपुरी गाउँपालिका-७ का सरोकारवालाहरूले माग गरेका छन् । चैत २ गते शिवपुरी गाउँपालिका-७ सुनखानीको ढलानघरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र रूडेक नेपालको सहकार्यमा 'भूकम्पपछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाविसका प्रतिनिधि र भूकम्प…

जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

इन्सेकद्वारा झापा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा परियोजना सल्लाहकार बैठक चैत २ गते जिल्ला समन्वय समिति झापाको सभा कक्षमा सम्पन्न गरिएको छ । बैठकमा इन्सेकले यस वर्षसञ्चालन गर्ने कार्यक्रमको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक वागमती कट्टेलले यस वर्षजिल्लामा सञ्चालित कार्यक्रम र त्यसको बजेट प्रस्तुत…

दैलेखको लाँकुरीमा बालविवाह रोकथामसम्बन्धी अन्तरक्रिया

महिला तथा बालबालिका कार्यालय दैलेख र मानव अधिकार निगरानी समूह लाँकुरीको संयुक्त आयोजनामा डुङ्गेश्वर गाउँपालिका-२, लाँकुरीमा चैत २ गते बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी फोकल पर्सन सरस्वती मल्लले बालविवाह रोकथामका लागि समुदायले नै पहल गर्नुपर्ने बताउँदै गैरसरकारी क्षेत्र वा नागरिक…