सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र जिल्ला स्तरीय मानव अधिकार निगरानी समितिको आयोजनामा चैत २५ गते सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख शशीकुमार भट्टराई, सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे र जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्रप्रसाद खरेलले आआफ्नो कार्यालयहरूले जिल्लामा प्रवाह गरेको…

भुकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत चैत २४ गते खरेलथोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भुकम्पपीडितको अवस्था र पूनर्निर्माण विषयमा गरिएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भुकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । सहभागीले पुनर्निर्माण सर्वेक्षण छुटेको, नाम ननिस्किएको, निस्सा नम्बर उल्लेख नभएको,…

उपभोक्ता सचते र राज्य जिम्मेवार हुन पर्नेमा जोड

गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित 'स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रको समस्या…

जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले स्थानीय स्तरमा छलफल गरी पहिचान…

लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर कृष्णानन्द भट्टले लागुपदार्थ नियन्त्रणका लागि युवा समूह र इन्सेकसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम…

द्वन्द्वपीडितको उपचार सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । इएलपी कार्यक्रम अन्तर्गत इन्सेकले चैत २० गते घोराहीमा सेवाप्रदायक निकाय र सेवाग्राहीबिच आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्ती उपक्षेत्रीय अस्पतालका अध्यक्ष शङ्करसिंह थापा र स्थानीय शान्ति समिति दाङका संयोजक…

नागरिक समाजको सकारात्मक छवि निर्माण गर्नु आवश्यक

युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २० गते हेटौँडामा नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समाजशास्त्रका प्रध्यापक वीरेन्द्र साहले नागरिक समाज पारदर्शी र जबाफदेही भएन भने बलियो नहुने बताए । आचरण, जीवनशैली र…

जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँको संयुक्त आयोजनामा जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १८ गते दमौलीमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्यका सवालहरूको बारेमा अन्तरक्रिया आयोजना गरिएको हो ।…

जिल्लास्तरीय बहस बैठक सम्पन्न

वरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई व्यवसायिक बनाउन सरकारले लगानी बढाएको बताएका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख सदरमुकाममा चैत १९ गते आयोजना गरेको सेवा प्रवाहसम्बन्धी बहस बैठकमा उनले यस्तो धारणा राखेका हुन् । सेवाग्राहीहरूका जिज्ञासाको जबाफ दिँदै उनले कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउन हाते ट्रयाक्टर लगायतका…

निर्वाचन सुरक्षा तयारीका बारेमा छलफल

स्थानीय तहको निर्वाचनको तयारीका विषयमा इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समितिको टोलीले जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा राजनीतिकदलसँग संयुक्त रूपमा छलफल गरेको छ । निर्वाचनको समय नजिकिँदै आइरहेको बेला निर्वाचन कार्यालयको तयारी, सुरक्षाको विषय तथा राजनीतिक दलहरूको तयारीका बारेमा छलफल गरिएको मानव अधिकार निगरानी समितिकी…