मोरङमा मानव अधिकार उलङघनका १ सय २४ घटना

मोरङमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि समेटिएको घटनाहरूको प्रकाशन पूर्व  वार्षिक समीक्षा कार्यक्रममा १ सय २४ ओटा घटना सार्वजनिक गरिएको छ । पुस १२ गते विराटनगरमा आयोजित कार्यक्रममा वर्षपुस्तकका लागि १ जनवरी २०१७ देखि डिसेम्बर महिनासम्म समेटिएका घटनाहरूको समीक्षा गरिएको हो । सो अवधिमा मोरङमा १ सय २४ ओटा…

शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ

बुद्धभुमि नगरपालिका भित्र रहेका सरकारी निकायले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे, नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम पुस ११ गते बुद्धभुमि नपामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा मानव अधिकार निगरानि समिति बुद्धभुमिले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा नागरिकहरूले नगरपालिका तथा शाखाहरूबाट दिइने सेवाहरू पारदर्शी तथा…

विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया

विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम पुस ११ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एफएचआई ३६० को साझेदारीमा सञ्चालित पारस्पारिक जबाफदेहिता परियोजनाको आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिवक्ता बाबुकाजी दाहालले दिगो विकासका…

मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्यसँग सम्बन्धित सरोकारवालाबिच अन्तरक्रिया

रामेछापको सदरमुकाम मन्थलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ । कियोसको आर्थिक सहयोग तथा मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले आगामी दिनमा नगरपालिकाले शिक्षा,…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख, महोत्तरी, बैतडी सङ्खुवासभा तेह्रथुम र इलाममा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले इन्सेकले प्रकाशन गर्दै आएको मानव अधिकार हनन्का घटनाको दस्तावेजीकरणले समाजको सचेतना…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार मानव अधिकार संरक्षण र सम्बर्द्धन गर्न राज्यका निकाय जिम्मेवार बन्नुपर्नेमा सरोकारवाहरूले जोड दिएका छन् । इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार…

भूकम्प पीडितले अहिलेसम्म पनि पहिलो किस्ता अनुदान नपाएको गुनासो

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भक्तपुरको गुण्डुमा गरेको भुकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा…

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि रबिना चौधरीका अनुसार इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि कैलाली जिल्लाका घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते…

मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा पुस ८ गते दमौलीमा पत्रकार सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका पत्रकारहरूले भोग्नु परेको आर्थिक, भौतिक तथा अन्य सुरक्षाको विषयमा छलफल गर्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा बोल्दै इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले अझै पनि पत्रकारहरू…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सन् २०१७ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम सुनसरी र बाजुरामा सम्पन्न गरिएको छ । इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार पुस ७ गते सम्पन्न कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले इन्सेकले देशभरको मानव अधिकारको अवस्थाको…