मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते कास्कीको पोखरामा कार्यशाला सम्पन्न भएको छ । युपिआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक, महिला सञ्जालको सचिवालय ओरेक, डर्बान रिभ्यू कन्फरेन्स फलोअप कमिटी, वियोण्ड बेइजिड कमिटी र बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को संयुक्त…

कृषि र पशु सेवाका काम गर्न जिल्लास्तरीय निगरानी समूहद्वारा ध्यानाकर्षण  

इन्सेकको पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले गाउँपालिकामा बोटे कुमाल तथा विपन्न समुदायलाई प्राथमिकतामा राखी कृषि र पशुपालनका कार्यक्रम अगाडि बढाउन आग्रहसहित बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याललाई माघ १९ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बगनासकाली गाउँपालिकाका नौ वटै वडाको भौगोलिकता, स्थानीय समुदायको चेतनाको अवस्था र आर्थिक सामाजिक…

सार्वजनिक सुनुवाइमा सेवाको गुणस्तर सुधार गर्ने सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता

सिद्धिचरण नपा-४ रूम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न माघ १७ गते भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शिता र जबाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।…

बाल अधिकार चेतना समूहका तीन दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू 

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँद्वारा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि आयोजित क्षमता अभिवृद्धि तालिम माघ १७ गतेबाट सुरू गरिएको छ । धनुषा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले तालिमको उदघाटन गर्दै आजका बालबालिका देशका कर्णधार भएकाले असल आचार व्यवहार सिक्न सिकाउनुपर्ने बताए । 'बालबालिकालाई असल शिक्षा, राम्रो…

नागरिक सङ्गठनहरू डरबाट मुक्त हुनुपर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ १६ गते धुलिखेलमा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयमा एक छलफल कार्यक्रमको आयोजना गरियो । गैसस महासङ्घका केन्द्रीय कोषाध्यक्ष जितराम लामाले पहिले गैससहरू क्षमता विकासको चरणमा भए पनि अबका दिनमा नीति निर्माणका…

नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम सम्पन्न

नेपालको नागरिक समाजलाई वैधानिक, जिम्मेवार र सशक्त बनाउने लक्ष्यका साथ सञ्चालित नागरिक समाज-साझा जबाफदेहिता परियोजना अन्तर्गत माघ १५ गते विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भयो  । युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग कार्यक्रमबाट सञ्चालित उक्त कार्यक्रमले नागरिक समाजका सङ्घ संस्थाहरूको आन्तरिक…

स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड

इन्सेकको आयोजनामा पुस ३० गते गुलरियामा भएको सेवाप्रदायक र सेवाग्राहीबिच अर्न्तक्रियामा समुदायले उनीहरूको अधिकार प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा कृषि विकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावतले कृषि क्षेत्रको कार्यक्रम गरिब किसानमैत्री नभएको बताए । किसानले भनेको समयमा गुणस्तरीय मल, बिउ मात्रै…

शिक्षाको अधिकार सुनिश्चताका लागी जिल्ला शिक्षा समितिको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, शुक्लाफाँटाले शिक्षाको अधिकार सुनिश्चताका लागि पुस ३० गते जिल्ला शिक्षा समितिको ध्यानकर्षण गराएको छ । मानव अधिकार निगरानी समूह, शुक्लाफाँटा-५ का उपाध्यक्ष तप्तसिंह ठकुल्लाले शिक्षाको अधिकार सुनिश्चताका लागि पाँच बुँदे माग तथा ध्यानाङ्कर्षण पत्र जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख…

लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार लक्षित वर्गका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेखको डुङ्गेश्वर बजारमा पुस २९ गते भएको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् । वडा र बस्ती स्तरका योजना…

समुदायकै सहभागितामा विकास योजना बनाइनुपर्ने जिसस प्रमुखको भनाई

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले समुदायकै सहभागितामा विकास योजनाको प्राथमिकीकरण गरिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेख सदरमुकाममा भएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको सम्वाद बैठकमा बोल्दै उनले समुदायमै श्रोत समेत गएकोले समुदायको आवश्यकताको आधारमा योजना छनौट गर्ने सरकारको…