मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि
गएको पाँच महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा दोब्बर बृद्धि भएको छ । पाँच महिनामा ४८ वटा घटना अभिलेख गरिएको इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले असार ६ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि तयार पारेको…
वास्तविक पीडितभन्दा नक्कलीले क्षतिपूर्ति पाएको गुनासो
पुनर्निर्माण प्राधिकरण एवम् सरकारकै अव्यवहारिक नीतिका कारण वास्तविक भूकम्प पीडितले क्षतिपूर्ति नपाउने गरेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । कतिपय अव्यवहारिक नीतिका कारण पाउन नहुने व्यक्तिले पनि भूकम्प पीडितको नाममा क्षतिपूर्ति लिएको उनीहरूले बताए । टोखा नगरपालिका-२ मा असार ६ गते आयोजित मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्वको प्रवर्धन कार्यक्रम अन्तर्गत…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ६ गते सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर भुसालले मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि जिल्ला प्रशासन कार्यालय सधैँ प्रतिबद्ध भएको बताउँदै जिल्लाका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा स्थानीय तहमा परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक विराटनगरको आयोजनामा स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते सुनसरीको गढी गाउँपाकिलाको औरावनीमा सम्पन्न गरिएको हो ।…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कपिलवस्तुको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले इन्सेकले शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय जनतालाई जागरूक बनाई निगरानी गर्ने कार्यले सेवा प्रदायकहरूलाई…
स्थानीय सरकार र नागरिक समाजको सहकार्यमा चुनौतीभन्दा अवसर धेरैः सरोकारवाला
नागरिक समाज सङ्घसंस्था र स्थानीय सरकारबिचको सहकार्यमा धेरै अवसरहरू रहेको सरोकारवालाहरूले बताएका छन् । नागरिक समाज सक्रिय भएमा स्थानीय सरकार पारदर्शी र जबाफदेही हुने उनीहरूले बताएका हुन् । पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत युएसएआइडी, एफएचआई ३६० र इन्सेकको आयोजनामा 'वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्य, अवसर र चुनौती' विषयक…
स्थानीय तहका न्यायिक समितिले सम्पादन गर्ने घट्नामाथि इन्सेकले ध्यान दिन सुझाव
जिल्ला अदालत दार्चुलाका न्यायाधीश ईश्वर पराजुलीले इन्सेकले जिल्लाभरीको स्थानीय तहले सम्पादन गरेका घटनामाथि ध्यान दिन सुझाव दिएका छन् । इन्सेक दार्चुलाको आयोजनामा मङ्गलबार सदरमुकाम खलङ्गामा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक सन् २०१९ को प्रकाशन पूर्व समिक्षा गोष्ठीमा बोल्दै यस्तो सुझाव दिएका हुन् । सङ्घीय संरचना अनुसार अब स्थानीय तहमै अधिकांश…
राजनीतिक हस्तक्षेप रोक्नुपर्नेमा जोड
जिल्लास्थित अर्धन्यायिक तथा प्रशासनिक निकायका काम कारबाहीमा बढ्दो राजनीतिक हस्तक्षेपलाई रोक्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेतद्वारा असार ५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरूले राजनीतिक दल…
स्थानीय तहको महसुस सर्वसाधारणले गर्न पाएका छैनन्ः सदस्य पौडेल
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले अब सामाजिक, सांस्कृतिक अधिकारबारे छलफल अगाडि बढाउनुपर्ने र समाचार सङ्कलन गर्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महासङ्घ पाल्पा र इन्सेकको पहलमा गठन भएको मानव अधिकार निगरानी समूहको समन्वयमा असार ४…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सन् २०१८ को यो अवधिसम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा असार ४ गते गरिएको कार्यक्रममा सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गरिएको थियो । ६ महिनाको अवधिमा…