गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम सम्पन्न

इन्सेक तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम चैत २७ गते म्याग्दे गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी नीति बनाउने क्रममा समावेश गर्नु पर्ने विषयहरूबारे गाउँपालिकाको ध्यानाकर्षण गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष माया…

जिल्लास्तरीय बहस सम्वाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा जिल्ला स्तरीय बहस सम्वाद कार्यक्रम चैत २६ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा सेवाप्रदायकका तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यालय पाल्पाका प्रमुख रामप्रसाद पाण्डे, कृषि विज्ञ बेदप्रसाद पौडेल, पशु सेवा कार्यालय पाल्पाका प्रमुख डा. प्रदिप शर्मा पौडेल, बगनासकाली गाउँपालिकाका कृषि शाखा…

शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ

कपिलवस्तु जिल्लामा रहेका सरकारी निकायले शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका सवालमा सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे/नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम चैत २३ गते तौलिहवामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा जिल्लास्तरीय मानव अधिकार निगरानि समूह र निगरानी समूह तिलौराकोटले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा सेवाग्राहीले…

परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

जिल्ला समन्वय समिति पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको जिल्लास्तरीय परामर्श बैठक चैत २३  गते जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा सुविधा स्थानीय…

चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक कञ्चनपुरको संयोजन र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको आयोजनामा चैत २२ गते कञ्चनपुरको महेन्द्रनगरमा चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयमा अन्तरक्रिया गरिएको छ । चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना र कार्यान्यवन विषयक अन्तरक्रिया कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्ना कार्यालयले सम्पन्न गरेका कार्यक्रम र सेवा प्रवाहको…

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

सेवा प्रदायक र सेवाग्राहीबिच वीरगञ्जमा चैत १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूह पर्सामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको बारेमा बोल्दै इन्सेकका पर्सा प्रतिनीधि के.सी. लामिछानेले राजनीतिक अधिकार प्राप्त भइसकेकोले अब सामाजिक आर्थिक, सांस्कृतिक अधिकारका लागि काम गर्नुपर्ने बेला…

इन्सेकद्वारा विद्यालयलाई कम्प्युटर सामग्री प्रदान

काभ्रेको अनेकोटस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयलाई चैत १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कप्युटरलगायतका शैक्षिक सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ । प्राविधिक युगमा यस विद्यायलमा शैक्षिक सामग्री, इन्टरनेट तथा कम्प्यूटरको अभाव रहेकोले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले कम्यूटर, प्रिन्टर तथा इन्टरनेटको सहयोग गरिएको इन्सेकका व्यवस्थापन प्रमुख प्रेम…

मकवानपुरमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १६ गते मकवानपुरको भिमफेदी गाउँपालिका-२ स्थित भैँसेमा भूकम्पपीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइमा सहभागी भूकम्पपीडितहरूले दोस्रो किस्ताको राहत रकमका लागि कागजपत्र तथा फाइल बुझाएको तीन महिना भइसक्दा पनि हालसम्म राहत नपाएको गुनासो गरेका छन् । भिमफेदी…

भूकम्प पीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितको राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम चैत १७ गते गोदावरी नपा-१३, झरुवाराशीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल ललितपुरको संयुक्त आयोजना तथा गोदावरी नपा-१३ वडा कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ०७२ वैशाख १२ गते गएको विनाशकारी…

समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता

जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देलले जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा चैत १६ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको बारेमा सहभागीहरूले उठाएका सवालहरूको जबाफ दिँदै…