शिक्षा, स्वास्थ्य र खाद्य अधिकार बारे सिक्दै जनप्रतिनिधि
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत समग्र मानव अधिकारका विषयमा साउन २४ गतेदेखि अभिमुखीकरण सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ३, ४, ६ र ७ का जनप्रतिनिधिहरूलाई नागरिक अधिकारका विषयमा सुसूचित गर्न अभिमुखीकरण गरिएको हो । इन्सेकद्वारा सञ्चालित स्थानीय…
जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । इन्सेकको कार्यक्रम सञ्चालित बैजनाथ र जानकी गाँउपालिका उपप्रमुख, वडाध्यक्ष, सदस्य र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई अभिमुखीकरयण गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले…
मानव अधिकारमुखी विकास अवधारणासम्बन्धी तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा साउन २१ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिहरू तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणासम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ । साउन २१ र २२ गते सञ्चालन हुने तालिममा स्थानीय कानुन र मानव अधिकार, मानव अधिकारमैत्री विकास…
जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड
जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन २१ गते सदरमुकाम गोरखा बजारमा आयोजना गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले…
नागरिक समाजका संस्थाहरू पुनर्गठन गर्नुपर्नेमा जोड
सामूहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरूले आफूलाई व्यवस्थित र पुनर्गठन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासको लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्तरक्रियामा सहभागी नागरिक संस्था र सञ्चार क्षेत्रका अगुवाहरूले नागरिक समाजका संस्थाहरूनै मजबुद नभएकाले पुनर्गठित हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा…
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य: सरोकारवालाहरु
वर्तमान परिप्रेक्षमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अवसर र चुनौति विषयक छलफल कार्यक्रममा सरकोकारवालाहरूले नागरिक समाज र सरकारबीच सहकार्य अपरिहर्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा साउन १३ गते कालिकास्थानमा गरिएको कार्यक्रममा सहभागीहरूले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका…
स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय आवश्यकः उपप्रमुख बस्नेत
स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए । चरिकोटमा साउन ९ गते इन्सेकद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले नागरिक समाजका संस्था र स्थानीय सरकारबिच…
एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकताः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशमा एकीकृत मानव अधिकार आन्दोलनलाई पुनर्जिवित गर्न आवश्यक रहेको जोड दिएका छन् । इन्सेकद्वारा साउन ३ र ४ गते काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रम निर्देशिका कार्यशालाको उदघाटन सत्रमा उनले देशका सबै नागरिकको उन्नतीका लागि एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका…
सेवा प्रदायक र सेवाग्राहीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजानामा सेवा प्रदायक र सेवाग्राहीबीच जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम असार ३१ गते जनकपुरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायले सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे अन्तर्क्रिया गरिएको हो । हालको अवस्थामा शिक्षा, स्वास्थ्य र खाद्यान्नसँग सम्बन्धित अधिकारहरू…
विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न माग
सरकारले हरेक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इलाममा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको असार २५ गते फिल्टर वितरण कार्यक्रममा सहभागीले स्वच्छ पिउने पानीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका हुन्…