नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यमा जोड
इन्सेक सिन्धुपाल्चोकद्वारा असोज २१ गते आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौति विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले देश विकाशका लागि नागरिक समाजका सबै संस्थाहरूसँग स्थानीय सरकारले समन्वय र…
खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी
खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भीर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताए । पर्टेवा गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरद्वारा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित क्षमता अभिबृद्धि तथा अभिमूखीकरण तालिममा अध्यक्ष चौधरीले सो बताएका हुन् । तालिम दुई दिनसम्म सञ्चालन गरिने छ ।…
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १८ गते घोराहीमा सुरू गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षक,…
जानप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम असोज १८ गते डडेल्धुरामा सम्पन्न गरिएको छ । तालिममा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारहरू, मौलिक हक, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार, मानव अधिकारका आधारभूत अवधारणालगायतका विषयमा…
जनप्रतिनिधि र निगरानी समूहलाई क्षमता अभिबृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा असोज १७ गतेबाट म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई क्षमता अभिबृद्धि तालिम सुरू भएको छ । दुई दिनसम्म चल्ने सो तालिमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद केदार सिग्देलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको हुँदा स्थानीय…
बालबालिकाका खास समस्या पहिचान भएका छैनन्: मल्ल
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख खगेन्द्रबहादुर मल्लले बालबालिकाको खास समस्या पहिचान नगरी सञ्चालन गरिएका वृत्तिविकासका कार्यक्रमहरू परिणाममूखी हुन नसकेका बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तर्गत गठित बाल अधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम समापन कार्यक्रममा असोज १६ गते उनले बालबालिकाका वास्तविक समस्या पहिचान…
क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाँके र बर्दिया जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका…
राज्यले उचित सम्बोधन गर्न नसक्दा भूकम्प पीडितका समस्या उस्तै
कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूकम्प पीडितका समस्या तीन वर्ष बितिसक्दा पनि उस्तै रहेको बताएकी छिन् । राज्यले उचित रूपमा पीडितहरूलाई सम्बोधन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा असोज १४ गते कमलामाई नगरपालिका–२ निवुवाटारमा गरिएको भूकम्पपछिको…
महिला हिंसा न्यूनिकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य
महिला हिंसा न्यूनीकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य भएको कुरामा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयुक्त आयोजनामा असोज १४ गते नेपालगञ्जमा आयोजित ‘महिला हिंसाविरूद्ध हाम्रो भूमिका’ विषयक मिडिया साझेदारी बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । इन्सेक प्रदेश…
तहगत सरकारले भूकम्पबाट विस्थापितको सवाल बिर्सेको पीडितहरूको आरोप
तीनै तहका सरकारले विस्थापितको समस्या समाधानमा चासो नदेखाएको भूकम्पका कारण विस्थपितहरूले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज १३ गते गोसाइकुण्ड गाउँपालिकामा भएको भूकम्प प्रभावित विस्थापितहरूको सवाल विषयक सार्वजनिक सुनुवाइमा विस्थापित तथा सरोकारवालाहरूले विस्थापितको समस्या समाधानका लागि चासो नदिएको गुनासो गरेका हुन् । साविकको हाकु र…