नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते फिदिममा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सन् २०१७ भरी सङ्कलन गरिएका घटनाहरू समावेश गरिएका छन् । सङ्कलित घटनामध्ये, नागरिक तथा राजनीतिक अधिकारका दुई, बाल अधिकारका १२ र…

विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच सहकार्य आवश्यक

विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबिचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्याक्रमका सहभागीहरूले नागरिक समाजका संस्थाहरू र स्थानीय सरकारका कामका बारेमा सञ्चारमाध्यमले अध्ययन गरेर…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुर र सर्लाहीमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार सन् २०१७ मा उदयपुरमा ६३ ओटा मानव अधिकार विरूद्धका घटनाहरू अभिलेख गरिएको छ । मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशनको पुर्वसन्ध्यामा पुस १५…

भूकम्पपीडितका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पुस १४ गते ललितपुर महानगरपालिका-१९ स्थित अग्नीशालामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा भूकम्पपछि पीडितको अवस्था, राज्य पक्षबाट पाएको राहत तथा सहयोग बारे छलफल भएको थियो । कार्यक्रममा भूकम्पपीडितहरूले आफूले पाएको आर्थिक सहयोग सन्तोषजनक नभएको गुनासो गरे । स्थानीय…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सन् २०१७ मा सङ्कलिन मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा बैठक पुस १४ गते धनुषा, पर्सा, चितवन, ललितपुर र बारा जिल्लामा सम्पन्न भएको छ । धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार इन्सेकको आयोजनामा पुस १४ गते जनकपुरमा नेपाल मानव…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको छ । अन्तर्क्रियामा सुनसरी जिल्लाका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा भएका समस्याबारे छलफल भएको छ । कार्यक्रममा सुनसरीका सरकारी विद्यालयहरू समयमा नखुल्ने तथा समयसम्म…

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशाला सम्पन्न

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी एक दिने कार्यशाला पोखरामा पुस १३ गते सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त निर्देशक नितु गर्तौलाले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रमा राष्ट्रिय मानव अधिकार आयोगहरूको संलग्नता विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसैगरी इन्सेक केन्द्रिय कार्यालय बहस पैरवी कार्यक्रम प्रमुख सम्झा…

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व समीक्षा सम्पन्न

जिल्लामा मानव अधिकार हनन्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा भएका घटनाहरूलाई कानुनी दायरामा ल्याउन जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सञ्जाल बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । पुस १३ गते विदुरमा इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाका गाउँगाउमा…

नेपाल मानवअधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को वार्षिक सम्पादन भेला पुस १३ गते पोखरामा सुरू भएको छ । नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ४ र ५ (पूर्ववत पश्चिमाञ्चल विकास क्षेत्र)का १६ जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको हो । इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार प्रलेख तथा…

तीन दिने मानव अधिकार तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव अधिकार बहस तथा पैरवी, सिमान्तकृत समुदायका अधिकार, आधारभुत अधिकार र नेपालको संविधान तथा स्थानीय सरकारका अधिकारहरूलगायतका विषय समावेश गरिएको थियो…