क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर १५ र १६ गते दुई दिन चितवनको सौराहामा आयोजित क्षेत्रीय समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित क्षेत्रीय समीक्षा तथा योजना बैठकमा प्रदेश नम्बर १,२ र ४ तथा ५ का केही जिल्लाहरूका सहजकर्ताहरू र प्रलेख अधिकृत…
अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा ०७४ मङ्सिर १२ गतेदेखि अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठकमा नौ ओटा जिल्लाका सहजकर्ताहरू र प्रलेख अधिकृत तथा क्षेत्रीय कार्यालयका फोकल पर्सनहरूले ६ महिनासम्म गरेको गतिविधि,…
महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मोटरसाइकल र्याली
महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत रामेछापमा विभिन्न कार्यक्रम भएका छन् । 'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ: कोहि नछुटौँ' भन्ने मुल नाराका साथ सुरू भएको १६ दिने अभियान अन्तर्गत जिल्ला सदरमुकाम मन्थलीलगायत अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका छन् । अभियान अन्तर्गत सदरमुकाम मन्थलीमा मङ्सिर १२ गते…
इन्सेकको आयोजनामा युवाहरूलाई मतदाता शिक्षा प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ । निर्वाचनको महत्व, मतदानको प्रक्रिया, मतदान दिने तरिका, मत बदर नहुने अवस्थालगायतका विषयमा युवाहरूलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको…
नागरिकका समस्याप्रति मिडिया चनाखो बन्न आग्रह
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कार्यक्रममा मङ्सिर ६ गते आयोजित विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले सर्वसाधारणका समस्या समाधान गर्न सञ्चार माध्यम तथा सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरू जिम्मेवार भएर लागिदिन आग्रह गरेका छन् । इन्सेकको आयोजना युएसएआइडीको आर्थिक तथा…
यातना विरूद्धको अधिकारसम्बन्धी अनुशिक्षण सम्पन्न
इन्सेक, कञ्चनपुर र मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यातना विरूद्धको अधिकार सम्वन्धि अनुशिक्षण कार्यक्रमा मङ्सिर १ गते सम्पन्न भएको छ । नेपाल प्रहरीका कर्मचारीहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई यातनाविरूद्धको अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका…
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण
विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मङ्सिर १ गते आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले जिल्लाको विकासमा…
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताए । संयोजक…
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण कात्तिक २९ गते पोखरामा सम्पन्न गरिएको छ । इन्सेक केन्द्रिय कार्यलयका मानव अधिकार प्रलेख तथा प्रचारप्रसार विभाग प्रमुख मदन पौडेलले पर्यवेक्षण गर्ने सङ्घसंस्थाको कर्तव्य, पर्यवेक्षण गर्नुको उद्धेश्य र निर्वाचन आयोगले…
नेपालगञ्जमा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७४ मा पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई इन्सेकले कात्तिक २८ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कायाएलय नेपालगञ्जका संयोजक भोला महतले पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । पर्यवेक्षकले आचारसंहिता पालना नगरे पर्यवेक्षकको परिचय-पत्र खारेज…