वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वार्षिक समीक्षा तथा योजना बैठक जेठ २९ गतेबाट पोखरामा सुरू भएको छ । दुई दिन चल्ने बैठकमा इन्सेकले सञ्चालन गर्दै अएको विभिन्न कार्यक्रमहरू अन्तर्गत एक वर्ष भर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्य योजनाको बारेमा छलफल गरिने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।…

इएलपी परियोजना नमुना योग्यः संयोजक सिग्देल

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहद्वारा सम्पन्न गरिएका कार्यक्रमहरूको प्रभाव र उपलब्धिको बारेमा जेठ २७ गते अनुगमन गरिएको छ । परियोजना सल्लाहकार समितिका पदाधिकारी, जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका सदस्य तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत…

दलित बस्तीमा इन्सकेको सार्वजनिक सुनुवाइ

शहिद लखन गाउँपालिका-१ वक्राङको दलित वस्तीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश वक्ताहरूले नौ महिनासम्म गुनासो सम्बोधन नहुँदा आफुहरू अलमलमा परेको गुनासो गरेका छन् । आफ्नो जस्तै घर भत्किएकाले घर बनाउन…

नागरिक समाज र सञ्चार समाजप्रति जवाफदेही हुनुपर्नेमा जोड

नागरिक समाज र सञ्चार जगत समाजप्रति जबाफदेही हुनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । काठमाडौँको बुद्धनगरमा जेठ २७ गते सम्पन्न पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत 'विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । युएसआइडी, एफएचआई ३६० र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा…

परियोजना समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगर कार्यालयको आयोजनामा परियोजनाको वार्षिक समीक्षा बैठक जेठ २७ गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना (इएलपी) अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरूको बारेमा समीक्षा गरिएको हो । बैठकमा…

भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ०७५ जेठ २६ गते जिल्लाको सबैभन्दा विकट गाउँपालिका खानीखोलाको तालढुङ्गामा सार्वजनिक सुनुवाइ गरिएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा गरिएको भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । खानीखोला गाउँपालिका उपाध्यक्ष…

प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा जेठ २५ गते प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक धनगढीमा सुरू गरिएको छ । बैठक २६ गते सकिनेछ । इएलपी र जीएफ कार्यक्रम अन्तर्गत आयोजित समीक्षा बैठकमा डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीका जिल्ला सहजकर्ता र इन्सेक, धनगढी कार्यालयका इएलपी र जीएफ कार्यक्रमका…

निमुखाहरूको मानव अधिकार प्रवर्धन गर्न स्वरोजगारमूलक कार्यक्रम र सुशासनमा जोड 

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले निमुखा गरीब विपन्नहरूको मानव अधिकार प्रवर्धन निम्ति आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा स्वरोजमूलक कार्यक्रम र सुशासन अभिबृद्धिमा जोड दिने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत जेठ २४ गते चुप्रामा भएको सेवाग्राही र सेवाप्रदायकबिच अन्तरसम्वाद कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । स्वरोजगारमूलक कार्यक्रममध्ये…

हिंसाका घटनाका कारण खोज्नु आवश्यकः सरोकारवाला

दिनहुँ जसो हुने मानव अधिकार उल्लङ्घन, महिला तथा बालबालिका माथिको दुव्र्यवहारको कारण खोज्न जरूरी रहेको जेठ २३ गते इलाममा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्कतकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । इलाममा भइरहेका बलात्कार, सम्वन्ध विच्छेद, घरेलु हिंसा र आत्महत्याका घटना गम्भीर रहेको र अस्वभाविक ढङ्गले यस्ता…

इन्सेकको पहलपछि कृषि र पशु विकास कार्यलयमा बजेट विनियोजन

बुद्धभुमि नगरपालिकाले प्रथम नगरसभावाट कृषि, पशु विकास शाखाको बजेट विकास निर्माणमा लगाएपछि बजेट विहीन बनेका कार्यालय इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा बजेट विनियोजन गरी कृषकहरूलाई धानको विउ मल तरकारीका विउ र पशुसम्बन्धी औषधि खरिद गरि बाँड्न थालिएको छ । इन्सेक र मानव अधिकार निगरानी समूहले ०७४ माघ महिनामा…