विद्यालय पुनर्निर्माण कार्यलाई गतिदिन आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आबद्ध मानव अधिकार संरक्षण सञ्जाल रामेछापले विद्यालय पुनर्निर्माणको कामलाई गति दिन सम्बन्धित सरोकारवालाहरूको ध्यानाकार्षण गराएको छ । सञ्जालले जेठ ९ गते मन्थलीमा आयोजित अन्तरक्रियामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरूको पुनर्निर्माणको कामलाई छिटो अघि बढाउन ध्यानाकर्षण गराएको हो । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख…

बान्नीगढी-जयगढ गाउँपालिकामा स्थानीय सरकार र मानव अधिकार तालिम सम्पन्न

बान्नीगढी-जयगढ गाउँपालिकामा रहेका गाउँपालिका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जगगढमा जेठ ८ गते सम्पन्न भएको छ । जेठ ७ गतेबाट सुरू भएको तालिममा गाउँपालिकाका सदस्यहरूलाई मानव अधिकार, सुशासन, विभिन्न ऐन नियम, काम कर्तव्यहरूको बारेमा सहजिकरण गरिएको थियो । गाउँपालिका सदस्यहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

नागरिक समाज र सञ्चार जगतबिच सहकार्यमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ८ गते बनेपामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत नागरिक समाज र सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाज र सञ्चार जगतबिचको सहकार्यमा जोड दिएका छन् । जिल्लामा कार्यरत सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको उक्त अन्तरक्रियामा सहकार्यका विषयवस्तु, समस्या, अवसर…

मानव अधिकारमैत्री कानुन निर्माण गर्न नागरिक समाजको सुझाव

मानव अधिकारलाई सम्बोधन गर्दै स्थानीय तहले कानुन निर्माण गर्न नागरिक समाजका प्रतिनिधिहरूले सुझाव दिएका छन् । इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा जेठ ६ गते सदरमुकाम मङ्गलसेनमा आयोजित स्थानीय तहहरूमा मानव अधिकारमैत्री कानुन निर्माणका लागि जनप्रतिनिधि र नागरिक समाजबिच भएको छलफलमा सहभागीहरूको यस्तो बताएका हुन् । संविधानले तोकेका २२ अधिकारमा रहेर…

पञ्चदेवल-विनायक नगरपालिकामा स्थानीय सरकारका प्रतिनिधिलाई मानव अधिकार तालिम

पञ्चदेवल-विनायक नगरपालिकामा रहेका नगर कार्यपालिकाका सदस्यहरूलाई स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम विनायकमा जेठ ५ गते सम्पन्न गरिएको छ । जेठ ४ गतेबाट सुरू भएको तालिममा नगर कार्यपालिकाका सदस्यहरूहरूलाई मानव अधिकार, सुशासन, ऐन नियम, काम कर्तव्यहरूको बारेमा तालिम दिइएको हो । नगर कार्यपालिका सदस्यहरूलाई अनौपचारिक क्षेत्र सेवा…

रामेछापको भटौलीमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ५ गते मन्थली नपा-७ भटौलीमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मन्थली नपा-७ नं वडा कार्यालय, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागीहरूले भूकम्पका कारण…

सरकारी निकायको ढिलासुस्तीले भूकम्प पीडितको राहत पाउन समस्या

सरकारी निकायको ढीलासुस्तीका कारण राहत पाउन समस्या भएको भूकम्प पीडितले गुनासो गरेका छन् । इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जेठ ५ गते चौतारा साँगाचोकगढी नपा-६ स्थित गौरातीमा आयोजित भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् । आफूले निरन्तर भूकम्प पीडितको समस्या लिएर विभिन्न सरकारी…

मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि मिडिया साझेदारी बैठक सम्पन्न

मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि मिडिया साझेदारी बैठक जेठ १ गते धनुषामा सम्पन्न गरिएको छ । मानव अधिकारका सवालहरूमा मिडियामार्फत उठान गर्न तथा समाचार प्रेषित गर्ने सवालमा मिडियाको भूमिकालगायत विषयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा…

इन्सेकको स्थानीय तहस्तरीय अनुगमन र अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको दुई स्थानीय तहमा अनुगमन तथा अन्तरक्रिया गरिएको छ । इनरुवा नगरपालिका-७ चाँदवेला तथा गढी गाउँपालिकाको औरावनीमा स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक अनुगमन तथा अन्तरक्रिया कार्यक्रम वैशाख ३१ गते…

जङ्कफुड नियन्त्रण गर्न अभिभावकलाई सचेतना

इन्सेक तनहुँको आयोजनामा वैशाख ३१ गते म्याग्दे गाउँपालिका-७ रानिस्वारा स्थित बेदकालिका प्राविमा जङ्कफुड नियन्त्रणको लागि अभिभावकहरुलाई सचेतना कार्यक्रम आयोजना गरियो । जङ्कफुडको प्रयोगले हुने असरको बारेमा अभिभावकलाई जानकारी गराउने र विद्यालयलाई जङ्कफुड मुक्त बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष…