घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलाहरुलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा सिगाउँकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया शान्ति विक र सोही ठाउँकी ३८ वर्षीया सरस्वती जोशीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश…

०८१ असोज १४ गते  
मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज १३ गते बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष भागीलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विगत पाँच महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको…

०८१ असोज १४ गते  
यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक

विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र…

०८१ असोज ११ गते  
वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सरोकारवाला निकायले वातावरणीय सवाललाई प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विपद् तथा जलवायु…

०८१ असोज ११ गते  
संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका आठ ओटा संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज १० गते सुरु…

०८१ असोज १० गते  
माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार  समूहको बैठक तथा पुनर्गठन

माछापुच्छ्रे गाउँपालिकामा असोज ९ गते मानव अधिकार  समूहको बैठक बसी समूहको पुनर्गठन गरिएको इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिनु भएको छ । गाउँपालिकाका सामाजिक कार्यकर्ताहरूको भेलाले कुलप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समूहको पुनर्गठन गरेको हो । भेलाले उपाध्यक्षमा  सुनिता परियार, सचिवमा प्रेमकुमारी अधिकारी, सहसचिवमा खडानन्द गौतम र…

०८१ असोज १० गते  
गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

डिसीएको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानब अधिकार समूहको सहकार्यमा गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ असोज ८ गते मसुरियामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले लामो समयदेखि मानव अधिकार समूहसँग भेटभाट नभएको हुँदा मानव अधिकार समूहलाई सक्रिय…

०८१ असोज ९ गते  
संस्थागत क्षमता विकास सम्बन्धी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फोरम एशिया नेपालद्वारा संचालित महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरु (ग्रो) परियोजना अन्तर्गत विभिन्न आठ ओटा संस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज ६ गते सम्पन्न भएको छ । उक्त तालिम असोज ५ गतेदेखि…

०८१ असोज ७ गते  
इन्सेकको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा ०८१ असोज ७ गते जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम…

०८१ असोज ७ गते  
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–८ बेतनपुरकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया ममता नेगीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ…

०८१ असोज ७ गते