इन्सेकद्वारा रुकुम पश्चिमको मानव अधिकार अवस्था अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय नेपालगञ्जको टोलीले जेठ १७ गते रुकुम पश्चिम जिल्लाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ । ` इन्सेक कार्यालय नेपालगञ्जका प्रमुख भोला महत, प्रलेख अधिकृत नारायण सुवेदी र रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरूसँग…

इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका…

विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १६ गते ललितपुरमा पारस्परिक परियोजना अर्न्तर्गत नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका परियोजना प्रकुख श्रीराम बजगाइँले कार्यक्रमको उद्धेश्यका बारे प्रकाश पर्दै विकासका लागि नागरिक समाज र सञ्चारजगतले आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका…

नौकुण्डमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नौकुण्ड गाउँपालिकको पार्‍च्याङमा भूकम्प प्रभावितको अवस्थाबारे र्सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ १५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयसिमापछि आवास निर्माणको कामले गति लिएको बताइन् । उनले ८२ प्रतिशत निजी आवास निर्माण भएको र गुनासो रहेका…

गुनासो अझै सुनुवाइ नभएको रातमाटेबासीको गुनासो

बेलकोटगढी नपा-७ रातमाटेका नागरिकहरुले भूकम्प पीडितको गुनासो अझै सुनुवाइ नभएको गुनासो गरेका छन् । सरकारले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन समयसीमा तोकेपछि गुनासोको अझै सुनुवाइ नहुँदा लाभग्राहीको सूचीमा नपरेकाहरूमा सरकारको राहत रकम नआउने पो हो कि भन्ने लाग्न थालेको बताएका छन् । जेठ १६ गते इन्सेकको आयोजना र बेलकोटगढी नपा-७…

मानव अधिकारमैत्री कानुन निर्माण गर्न स्थानीय तहका जनप्रतिनिधिलाई नागरिक समाजको सुझाव

प्रत्येक स्थानीय तहले मानव अधिकारमैत्री कानुन निर्माण गर्नमा जोड दिनु पर्ने नागरिक समाजका अगुवाहरूले सुझाव दिएका छन् । डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा स्थानीय तहमा मानव अधिकारमैत्री कानुन निर्माण गर्नका लागि जनप्रतिनिधि र नागरिक समाजबिच जेठ १६ गते भएको छलफलमा सहभागीहरूले स्थानीय समस्याको आधारमा…

जन प्रतिनिधिहरूका लागि मानव अधिकार तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले जेठ १५ गतेबाट सुरू भएको तालिममा बेलौरी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन…

अझैसम्म पनि समस्यामा रुमलिँदै भूकम्प पीडित, भन्छन्-'सहयोगको आशा नै मारिसक्यौँ'

'सरकार मेरो घर भूकम्पले भत्कायो । भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु । तर, भूकम्प पीडितबाटै मेरो नाम नै काटिएछ । गुनासो फाराम भर्दा पनि सम्बोधन भएन । मैले कसरी घर बनाउनु ?'- जुलुम कपालीले भने । सूर्यविनायक नगरपालिका-४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ १५ गते भूकम्प पीडितका लागि…

इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को एक टोलीले धादिङ जिल्लामा जेठ १४ र १५ गते मानव अधिकारको वस्तुस्थितिको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिका-८ गोगनपानीमा रहेको बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूहसँग आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका…

विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि अभियान चलाउँदै इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार निगरानी समूह शुक्लाफाँटा, बाल अधिकार चेतना समूह, शीवशङ्कर माविको संयुक्त आयोजनामा जेठ १४ गते विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि बृहद् भर्ना अभियान तथा र्‍याली सम्पन्न गरिएको छ । शुक्लाँफाटा नपा-५ को गर्जमनीबाट सुरू भएको र्‍याली हरेक टोलमा पुगेर विद्यालयमा विद्यार्थी भर्ना अभियान…