नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा विराटनगरमा पुस १७ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सुरू भएको छ । भेलामा प्रदेश १, का १३ जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको छ…

मानव अधिकार प्रत्याभूतिमा तत्परता रहेको दावी

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जनजीविका र मानव अधिकारको प्रत्याभूति गराउन गाउँपालिका तत्पर रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डुङ्गेश्वर बजारमा पुस १७ गते गरिएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो धारणा राखेका हुन् । अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाले बालबालिकाको…

गल्छी गाउँपालिका बालमैत्री बनाउने प्रतिवद्धता

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुस १७ गते गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि तालिममा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका बालमैत्री, अपाङ्गमैत्री बनाउन साझेदार निकायसँग संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्…

बाल अधिकार चेतना समूहका पदाधिकारीलाई दुई दिने तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिमको पुस १६ गते बाहृदशी गाउँपालिकामा सम्पन्न गरिएको छ । तालिममा बाल अधिकार के हो ?, बाल अधिकारको ऐतिहासिक अवधारणा, बाल भित्तेपत्रिका, बालमैत्री सुशासनका सम्बन्धमा जानकारी दिइएको छ । । तालिममा…

दुई दिने बाल अधिकारसम्बन्धी तालिम रङ्गपुरमा सम्पन्न

पटेर्वा सुगौली गाउँपालिका–२ गादीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका दुई दिने तालिम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अधिकारका कुरा जानेर अधिकार…

बाल अधिकार चेतना समूहलाई तालिम प्रदान

इन्सेक प्रदेश ३ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि तालिम पुस १४ गते थुम्पाखरमा दिइएको छ । कार्यक्रममा ठूलोपाखर स्थित संसारीमाई माविको बाल अधिकार चेतना समूहका अध्यक्ष अनिल तामाङले नेपालमा बाल अधिकारको कुरा कानुनमा लेखिएता पनि व्यवहारमा भने बालबालिकाहरूले पाउन नसकेको बताए । त्यसैगरी थुम्पाखर स्थित कोल्दौङदेवी…

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरधामको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम जितपुर सिमरा उमनपा–१७ जैतापुरमा पुस १० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत विद्यालयका बाल अधिकार सचेतना समूहका सदस्य र संरक्षक…

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस १३ गतेदेखि धनगढीमा सुरू गरिएको छ । सम्पादन भेलामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले अन्तिम…

नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौँ–उप प्रमुख बस्नेत

भीमेश्वर नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध रहेको र यस अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक पर्ने भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा चरिकोटमा पुस १२ र १३ गते बाल अधिकार चेतना समूहका पदाधिकारी र सदस्यहरुका लागि आयोजित क्षमता अभिबृद्धि तालिमको उद्घाटन समारोहमा…

मानव अधिकार निगरानी समूहसँग अन्तरक्रिया

इनरुवा नगरपालिका–७ चान्दबेलामा मानव अधिकार निगरानी समूहसँग पुस १३ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा चान्दबेलामा मानव अधिकार निगरानी समूहका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको विषयमा छलफल गरिएको कार्यक्रम…