मानव अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँ कार्यालयको आयोजनामा जेठ २२ गते काभ्रेको धुलिखेलमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले इन्सेककर्मी सरकारको प्रतिस्पर्धी नभएर सहयोगी भएकाले मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा कार्य गर्नुपर्ने बताए…
वार्षिक समीक्षा बैठक सम्पन्न
इन्सेक नेपालगञ्जको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा स्थानीय स्तरका जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नेपालगञ्जका संयोजक भोला महतले परियोजनाले खोजेको उपलब्धि प्राप्त भए नभएको विषयमा समीक्षा गर्नुपर्ने सुझाव दिए । परियोजनाको प्रभावका आधारमा आगामी…
सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको गुनासो
सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् । जेठ २१ गते डडेल्धुरा सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराले आयोजना गरेको 'डडेल्धुरामा मानव अधिकारको अवस्था तथा सेवाप्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले उक्त गुनासो गरेका हुन् । स्वास्थ्य…
भूकम्प पुनर्निर्माण कार्य सुस्त गतिमा भएकोमा चिन्ता व्यक्त
जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शङ्कर बर्माले सिन्धुलीको पुनर्निर्माणको गति सुस्त भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा जेठ २१ गते कमलामाई नगरपालिकाको ऐसेलुजङ्घारमा आयोजित भूकम्पपछिको पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्…
बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' प्रदर्शन
इन्सेक र जिल्लास्तरीय युवा समूहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' जेठ २० गते म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माविमा प्रदर्शन गरिएको छ । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले…
सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला स्तरीय सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सिरहामा जेठ १९ गते समपन्न गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले इन्सेकले सञ्चालन गरेको कार्यक्रमबाट समुदायले लाभ लिएको र उठान गरेका समस्याहरू जायज…
बालविवाह, बलात्कार र सम्बन्ध विच्छेद मानव अधिकारका लागि चिन्ताको विषय
जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले बालविवाह, बहुविवाह, बलात्कार, सम्बन्ध विच्छेद जस्ता घटना सल्यान जिल्लाको मानव अधिकारको लागि चिन्ताको विषय बनेको बताएका छन् । जिल्लाको मानव अधिकारको अवस्थाबारे बुझ्न सल्यान आएको इन्सेक कार्यालय नेपालगञ्जको टोलीसँगको छलफलमा न्यायाधीश धामीले एक वर्षमा सल्यान जिल्ला अदालतमा ३ सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दाहरू आउने…
महिला र बालबालिकाप्रति सम्वेदनशीलता जरुरी
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले मानव अधिकार प्रवर्धनको कार्यमा महिला तथा बालबालिकाको सवालमा सम्वेदनशील हुन आवश्यक रहेको बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत दैलेखमा जेठ १८ गते भएको अनुभव आदानप्रदान कार्यक्रममा उनले सो विचार राखेका हुन् । प्रमुख थापाले महिला र बालिकाहरुको सुरक्षा, आत्मसम्मान र सशक्तिकरणमा सरकारी तथा…
इन्सेकद्वारा रुकुम पश्चिमको मानव अधिकार अवस्था अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय नेपालगञ्जको टोलीले जेठ १७ गते रुकुम पश्चिम जिल्लाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ । ` इन्सेक कार्यालय नेपालगञ्जका प्रमुख भोला महत, प्रलेख अधिकृत नारायण सुवेदी र रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरूसँग…
इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका…