भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ०७५ जेठ २६ गते जिल्लाको सबैभन्दा विकट गाउँपालिका खानीखोलाको तालढुङ्गामा सार्वजनिक सुनुवाइ गरिएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा गरिएको भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । खानीखोला गाउँपालिका उपाध्यक्ष…

प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा जेठ २५ गते प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक धनगढीमा सुरू गरिएको छ । बैठक २६ गते सकिनेछ । इएलपी र जीएफ कार्यक्रम अन्तर्गत आयोजित समीक्षा बैठकमा डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीका जिल्ला सहजकर्ता र इन्सेक, धनगढी कार्यालयका इएलपी र जीएफ कार्यक्रमका…

निमुखाहरूको मानव अधिकार प्रवर्धन गर्न स्वरोजगारमूलक कार्यक्रम र सुशासनमा जोड 

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले निमुखा गरीब विपन्नहरूको मानव अधिकार प्रवर्धन निम्ति आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा स्वरोजमूलक कार्यक्रम र सुशासन अभिबृद्धिमा जोड दिने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत जेठ २४ गते चुप्रामा भएको सेवाग्राही र सेवाप्रदायकबिच अन्तरसम्वाद कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । स्वरोजगारमूलक कार्यक्रममध्ये…

हिंसाका घटनाका कारण खोज्नु आवश्यकः सरोकारवाला

दिनहुँ जसो हुने मानव अधिकार उल्लङ्घन, महिला तथा बालबालिका माथिको दुव्र्यवहारको कारण खोज्न जरूरी रहेको जेठ २३ गते इलाममा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्कतकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । इलाममा भइरहेका बलात्कार, सम्वन्ध विच्छेद, घरेलु हिंसा र आत्महत्याका घटना गम्भीर रहेको र अस्वभाविक ढङ्गले यस्ता…

इन्सेकको पहलपछि कृषि र पशु विकास कार्यलयमा बजेट विनियोजन

बुद्धभुमि नगरपालिकाले प्रथम नगरसभावाट कृषि, पशु विकास शाखाको बजेट विकास निर्माणमा लगाएपछि बजेट विहीन बनेका कार्यालय इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा बजेट विनियोजन गरी कृषकहरूलाई धानको विउ मल तरकारीका विउ र पशुसम्बन्धी औषधि खरिद गरि बाँड्न थालिएको छ । इन्सेक र मानव अधिकार निगरानी समूहले ०७४ माघ महिनामा…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा जिल्लास्थित सरोकारवालासँग समन्वय बैठक जेठ २३ गते धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने बताए । उनले जेठ २२ गते…

वार्षिक समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा बैठक जेठ २३ गते पाल्पा सदरमुकाम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले इन्सेकले शिक्षा, स्वास्थ र खाद्य अधिकारका क्षेत्रमा सञ्चालन गरेको इएलपी परियोजनाले समुदायस्तरमा राम्रो प्रभाव पारेको बताए । संयोजक खकुरेलले इन्सेक…

भूकम्प गएको तीन वर्षमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण

भूकम्प गएको तीन वर्षबितिसक्दा पनि मकवानपुरमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जेठ २३ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिनाले जानकारी गराए…

स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रिया कार्यक्रम जेठ २२ गते धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशीले नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न बनाउनका लागि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग जोडिएर सेवा…

सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा जेठ २२ गते आयोजित सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्न शुन्य सहनशिलताको नीति अपनाइने बताए । उनले शिक्षा स्वास्थ्य र…