स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बान्नीगढी-जयगढ गाउँपालिकाका सदस्यहरूलाई आयोजित दुई दिने स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम भदौ ५ गते जयगढमा सम्पन्न गरिएको छ । भदौ ४ गतेदेखि सञ्चालन गरिएको तालिममा जनप्रतिनिधिको प्रभावकारी प्रतिनिधित्व, समुदायसँगको सम्वाद, स्थानीय तहको श्रोत व्यवस्थापन र परिचालनका बारेमा…
जनप्रतिनिधि र निगरानी समितिका सदस्यलाई क्षमता अभिबृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा जहदा गाउँपालिकास्थित मानव अधिकार निगरानी समितिका सदस्य तथा जनप्रतिनिधिहरूलाई दुई दिने क्षमता अभिबृद्घि तालिम भदौ ५ गते सम्पन्न गरिएको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) सञ्चालन भएको जहदा गाउँपालिका…
बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम भदौ ५ गते धनगढीमा सम्पन्न गरिएको छ । बाल अधिकार चेतना समूहका सदस्यहरूको चौतर्फी विकास गर्न र विद्यालयलाई बाल अधिकारमैत्री बनाउन आवश्यक रहेको बताउँदै इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक…
स्थानीय तह र जनप्रतिनिधिबिच अन्तरसम्वाद सम्पन्न
स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच नियमित अन्तरसम्वाद गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय, काठमाडौँको आयोजनामा भदौ ४ गते गरिएको जनप्रतिनिधि र नागरिक सङ्गठनबिचको अन्तरसम्वादमा सहभागी सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् । कार्यक्रममा प्रदेश सभाका सांसद चेतनाथ…
स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम सम्पन्न
डिसीएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं. प्रदेश कार्यालय धनगढीको आयोजनामा जनप्रतिनिधिहरूका लागि स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम भदौ २ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहमा सुशासन कायम र प्रभावकारी नेतृत्वको विकास…
मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम साउन २८ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहका जनप्रधिनिधिहरूले कानुन…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकार बारे सिक्दै जनप्रतिनिधि
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत समग्र मानव अधिकारका विषयमा साउन २४ गतेदेखि अभिमुखीकरण सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ३, ४, ६ र ७ का जनप्रतिनिधिहरूलाई नागरिक अधिकारका विषयमा सुसूचित गर्न अभिमुखीकरण गरिएको हो । इन्सेकद्वारा सञ्चालित स्थानीय…
जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । इन्सेकको कार्यक्रम सञ्चालित बैजनाथ र जानकी गाँउपालिका उपप्रमुख, वडाध्यक्ष, सदस्य र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई अभिमुखीकरयण गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले…
मानव अधिकारमुखी विकास अवधारणासम्बन्धी तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा साउन २१ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिहरू तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणासम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ । साउन २१ र २२ गते सञ्चालन हुने तालिममा स्थानीय कानुन र मानव अधिकार, मानव अधिकारमैत्री विकास…
जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड
जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन २१ गते सदरमुकाम गोरखा बजारमा आयोजना गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले…