राज्यले उचित सम्बोधन गर्न नसक्दा भूकम्प पीडितका समस्या उस्तै
कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूकम्प पीडितका समस्या तीन वर्ष बितिसक्दा पनि उस्तै रहेको बताएकी छिन् । राज्यले उचित रूपमा पीडितहरूलाई सम्बोधन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा असोज १४ गते कमलामाई नगरपालिका–२ निवुवाटारमा गरिएको भूकम्पपछिको…
महिला हिंसा न्यूनिकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य
महिला हिंसा न्यूनीकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य भएको कुरामा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयुक्त आयोजनामा असोज १४ गते नेपालगञ्जमा आयोजित ‘महिला हिंसाविरूद्ध हाम्रो भूमिका’ विषयक मिडिया साझेदारी बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । इन्सेक प्रदेश…
तहगत सरकारले भूकम्पबाट विस्थापितको सवाल बिर्सेको पीडितहरूको आरोप
तीनै तहका सरकारले विस्थापितको समस्या समाधानमा चासो नदेखाएको भूकम्पका कारण विस्थपितहरूले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज १३ गते गोसाइकुण्ड गाउँपालिकामा भएको भूकम्प प्रभावित विस्थापितहरूको सवाल विषयक सार्वजनिक सुनुवाइमा विस्थापित तथा सरोकारवालाहरूले विस्थापितको समस्या समाधानका लागि चासो नदिएको गुनासो गरेका हुन् । साविकको हाकु र…
स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला सम्पन्न
डिसिएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण कार्यशाला असोज १४ गते धनगढीमा सम्पन्न भएको छ । देशभरकै स्थानीय तहलाई कार्य सम्पादनमा सहयोग पु¥याउने उद्धेश्यले इन्सेकले स्थानीय सरकार सञ्चालनसम्बन्धी सहजीकरण पुस्तिका निर्माण गर्ने भएकाले उक्त पुस्तिकामा समावेश गर्ने विषयवस्तुको…
बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १२ गते कपिलवस्तुको गोरुसिंहेमा सकिएको छ । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बुद्धभूमि नपा–४ बुड्ढीका भृकुटी मावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय…
बाल अधिकार चेतना समूहका सदस्यका लागि क्षमता अभिवृद्धि तालिम सुरू
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम असोज ११ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको उदघाट्न गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बालबालिकाहरूले आप्mनो अधिकारको माग गर्दा कर्तव्यलाई भुल्न नहुने बताए । संयोजक सुवेदीले बाल अधिकारको सुनिश्चितताका…
लाभग्राहीले समयमै भुक्तानी नपाउँदा अरूलाई पनि समस्या
पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले समयमै भुक्तानी नपाउँदा अरूलाई पनि समस्या पर्ने डरले पुनर्निर्माणमा समस्या आएको सरोकारवालाको गुनासो छ । प्राविधिक कुरा नबुझेका र लेखपढ नभएकाहरू समेत प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् । कोन्ज्योसोम गाउँपालिका–५ को भारदेउमा असोज ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा…
भूकम्प पीडित भन्छन्–“५० हजार घर भत्काउँदै सकियो । सरकार अब घर कसरी बनाऊँ ?”
लाभग्राही सूचीमा परेर पहिलो किस्ता स्वरुप ५० हजर रुपियाँ लगेका भूकम्प पीडितहरूले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । असोज ९ गते सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश पीडितले…
निगरानी समूहले उठान गरेका सवाललाई पहिलो सम्बोधनः उपप्रमुख बस्नेत
स्थानीय स्तरमा रहेका सवाललाई मानव अधिकार निगरानी समूहले उठान गरेमा स्थानीय सरकारले पहिलो सम्बोधन गर्ने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भिमेश्वर नगरपालिका-८ बोचमा सञ्चालन गरेको मानव अधिकार निगरानी समूहका सदस्य तथा निर्वाचित प्रतिनिधिहरूलाई क्षमता अभिबृद्धि तथा अभिमूखीकरण तालिम समापनका अवसरमा बस्नेतले भनिन्-'स्थानीय…
सामाजिक संस्था र स्थानीय तहको भूमिका बारे छलफल
नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा इन्सेकले रामेछापका सरोकारवालासँग छलफल गरेको छ । पारस्परिक जबाफदेहिता कार्यक्रमका संयोजक श्रीराम बजागार्इँले असोज ९ गते जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा तथा निर्वाचित जनप्रतिनिधिहरूसँग समेत भेटघाट गरी नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा छलफल गरेका थिए । छलफलका क्रममा पत्रकारहरूले देशमा हालै…