सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो । इन्सेकले जिल्लास्तरमा सञ्चालन गर्दै आएको कार्यक्रमको विवरण, गत वर्षको प्रगति विवरण…
छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राख्नुपर्नेमा जोड
राज्यले छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राखी कानुन बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २६ गते नेपालगञ्जमा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशालामा सहभागीहरूले यस्तो धारणा राखेका हुन् । खजुरा गाँउपालिकाका उपाध्यक्ष एकमाया बिकले पहिले जस्तो छोइछिटो हाल्ने चलन हटे पनि जातीय विभेदको स्वरूप बदलिएको…
प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा जोड
प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २५ गतेदेखि नेपालगञ्जमा तीन दिनसम्म सञ्चालन हुने मानव अधिकार प्रलेख तालिमको सुरूवात गर्दै कार्यकारी निर्देशक गौतमले उक्त विषयमा जोड दिएका हुन् । उनले वर्ष पुस्तक संसारमै नमूनाका रूपमा रहेको…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान कार्यक्रम भदौ २३ गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक वागमती कट्टेलले इन्सेकले विगत एक वर्षमा गरेको कार्यक्रमको प्रगति विवरण, उपलब्धी, उद्धेश्य तथा आगामी वर्षगर्ने कार्यक्रमको विवरण र…
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ २४ गते पनौती नपा-१ रयालेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । सार्वजनिक सुनुवाइमा सहभागीहरूले आफ्नै ढङ्गबाट बनाएका घरहरूलाई…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
इलाममा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक भदौ २२ गते सम्पन्न भएको छ । बैठकमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरकी कार्यक्रम संयोजक बागमति कट्टेलले इन्सेकले इलाममा सञ्चालन गरेको परियोजनाका विषयमा जानकारी गराएकी थिइन् । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकले इलामका गोदक र पञ्चकन्यामा सञ्चालन गर्दै आएको परियोजना…
नीति नियम र निर्देशन नपाउँदा अलमलमा जनप्रतिनिधि
आवश्यक नीति नियम र निर्देशन नपाउँदा आफुहरू अलमलमा परेको स्थानीय तहमा निर्वाचित जनप्रनिधिले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ २२ गते गोरखामा सम्पन्न 'वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्य, अवसर र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत गाईघाटमा भदौ २२ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक उदयपुरको आयोजनामा जिल्लामा सञ्चालित परियोजनाको अवस्थाको बारेमा सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको हो । कार्यक्रममा परियोजनाका…
बाल अधिकार तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको बाल अधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका २४ जना बालबालिकाको सहभागिता रहेको…
पत्रकारको अवस्था कमजोर बनेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राजविराजमा भदौ २० गते पत्रकार तथा मानव अधिकार रक्षकहरूको अवस्था र चूनौती विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सञ्चारकर्मीहरूले पछिल्लो समय पत्रकारको सङ्ख्या बढ्दै गए पनि सुरक्षाको अवस्था दिन प्रतिदिन कमजोर बन्दै आएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका सहभागीहरूले पत्रकारिता पेशा आफैँमा मर्यादित…