घैरूङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शहीद लखन गाउँपालिका-६ घैरूङका भूकम्प पीडितहरूले आफ्ने घर पुर्ण रूपमा भत्किएपनि सरकारी अनुदान पाउनबाट वञ्चित भएको बताएका छन् । घैरूङका अधिकांश घर भूकम्पले भत्काएपनि लाभाग्राही सूचीमा आफूहरूको नाम समावेश नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । मानव अधिकार सञ्जालको आयोजनामा वैशाख १८ गते घैरूङमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी…

०७४ वैशाख १८ गते  
मानव अधिकार सञ्जालद्वारा निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल

मानव अधिकार सञ्जाल गोरखाले आगामी जेठ ३१ गते तय भएको स्थानीय तहको निकायको निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ । सञ्जालका अध्यक्ष यदु अधिकारीको नेतृत्वको टोलीले वैशाख १७ गते कार्यलयमै पुगेर निर्वाचनको तयारीको विषयमा छलफल गरेको हो । टोलीले निर्वाचनको तयारी, शान्ति…

०७४ वैशाख १७ गते  
मनोमानी शुल्क नलिन निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम चलिरहँदा निजी तथा सरकारी विद्यालयमासमेत मनोमानी भर्ना शुल्क लिइएको भन्दै जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूलाई तत्काल सो कार्य बन्द गर्न/गराउन आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहको वैशाख १५ गते घोराहीमा बसेको…

०७४ वैशाख १६ गते  
निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन

स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग भेटी निर्वाचन पूर्व मानव अधिकारको अवस्था र समग्र निर्वाचानको बारेमा अनुगमन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय संयोजक शिव खकुरेलको नेतृत्वमा…

०७४ वैशाख १३ गते  
मतदाता शिक्षाका बारेमा पछाडि पारिएको समुदायसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरलेले स्थानीय तहको निर्वाचन, स्वच्छ, निष्पक्ष, र शान्तिपूर्ण बनाउन अभियान चलाएको बताएपछि…

०७४ वैशाख १३ गते  
दलित बस्तीमा मतदाता शिक्षा

स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । 'चुनावका बेला यो समुदायका मतदाता थुप्रै पार्टीमा प्रवेश गर्छन ।'-पन्थीले भने-'चेतनाको कमी र विपन्नताको फाइदा दलहरूले लिइरहेका छन् ।' स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीसँग कुरा…

०७४ वैशाख ११ गते  
निर्वाचन आचारसंहिता पालना गर्न ओखलढुङ्गाका पत्रकार प्रतिबद्ध

ओखलढुङ्गामा क्रियाशील पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् । इन्सेकको पहलमा नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाले ०७४ वैशाख ९ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका हुन् । जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरूबिच भएको छलफलमा आचारसंहिता पालना र व्यवसायिक मर्यादा पालना गर्ने सहमति…

०७४ वैशाख १० गते  
निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले डडेल्धुरामा वैशाख ९ गते निर्वाचन पूर्व जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वमा रहेको टोलीले नागरिक समाजका अगुवा, पत्रकार, मानव अधिकारकर्मी र मतदाताहरूसँग छलफल गरको हो । छलफल कार्यक्रममा क्षेत्रीय संयोजक जोशीले स्थानीय तहको निर्वाचनलाई…

०७४ वैशाख ९ गते  
निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छाँयानाथ रारा नपा-४ र ५ का मतदाता सहभागी कार्यक्रमका चिनकला बिकले मतदान गर्न नजानेको बताउँदै मतदाता शिक्षाको आवश्यकता भएको बताइन् । उनले भनिन्-'मतदान पत्र…

०७४ वैशाख ६ गते  
इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट, क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदीसहितको टोलीले वैशाख ४ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकार…

०७४ वैशाख ५ गते