पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा जेठ २६ गते पोखरामा पत्रकार र सुरक्षा विषयक बैठक सम्पन्न भएको छ । कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र गोरखा जिल्लाका पत्रकार सहभागी उक्त बैठकमा पत्रकार बद्रीबिनोद प्रतिकले पत्रकारिता र पत्रकार सुरक्षा बारेको चासो विषयक कार्यपत्र समेत प्रस्तुत…
इएलपी कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका ६ जिल्लामा सञ्चालित स्थानीय समुदयालाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २६ गते काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकको नीति नियम तथा आर्थिक व्यस्थापनसम्बन्धी…
समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा जेठ २५ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकमा इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ स्तरीय तथा ४, ५ र…
पुनःनिर्माणका प्राविधिक गाउँमा नबसेको भूकम्प पीडितहरूको गुनासो
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थायी आवास निर्माणका लागि लाभग्राहीलाई सहजीकरण र अनुगमनमा खटाएका प्राविधिक र इञ्जिनियरहरू गाउँमा नभएको गुनासो गरेका छन् । इन्सेकले ओखलढुङगामा जेठ २५ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् । मानेभञ्ज्याङ गाउँपालिकामा आयोजना गरिएको 'भूकम्पपछिको पुनःनिर्माण र गाउँपालिकाले प्रवाह गरेको सेवा'…
इन्सेकको खबरदारीले मानव अधिकार संरक्षणमा सहयोगः एसपी जोशी
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेशराज जोशीले इन्सेकको खबरदारीले नागरिकको मानव अधिकार संरक्षणमा टेवा पुगेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूहको आयोजनामा जेठ २५ गते दमौलीमा सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि संङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा…
मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय…
वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा समग्र मानव अधिकारको विषयमा जेठ २४ गते तौलिहवामा समीक्षा गरेको छ । इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरेको घटना तथा जिल्लाको मानव अधिकारको सवालमा सरोकारवाला निकायसँगको सहभागितामा समीक्षा…
सुशासनले जनविश्वास बढाउँछः सरोकारवाला
डेङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जबाफदेही बनाउन सके मानव अधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा जेठ २४ गते उनले भने-'सुशासन, पारदर्शिता र जबाफदेहिताले जनविश्वास बढाउन मद्दत गर्दछ ।' सो अवसरमा अध्यक्ष मल्लले…
यौन दुर्व्यवहारका घटना बढेकोमा सरोकारवाला चिन्तित
जिल्लामा बालिकाहरू माथि यौन दुर्व्यवहारको घटना बढेकोमा गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा जेठ २४ गते सदरमुकाम गोरखाबजारमा सम्पन्न नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले के/कस्ता कारणले बालिकाहरू यौन दुर्व्यवहारबाट पीडित बन्छन् भन्ने…
सबैको तत्परताले शिक्षण सिकाइ प्रभावकारी हुने जिशिअको भनाइ
दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित 'विद्यार्थी र विद्यालय सवाल' विषयक अन्तरक्रियामा उनले भने-'शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र…