मानव अधिकार निगरानी समूहको निगरानीपछि शिक्षा र स्वाथ्यमा सुधार
यस पहिले आयोजना गरेको सेवाग्राही र सेवा प्रदायकबिच अन्तरक्रियामा सरकारी कार्यालयहरूमा जनताको काम सहज रूपमा हुन नसकेको तथा काममा पारदर्शिता नभएकोलगायतका समस्या बारे सेवाग्राहीले गुनासो गरेका थिए भने निगरानी समूहको निरन्तर अनुगमन तथा फलोअप गर्न सुरू गरेपछि सरकारी कार्यालयहरूमा केही सुधार भएको पाइएको छ । यस पहिले भएको अन्तरक्रियामा प्रमुख…
खानेपानी र सेवाग्राहीबिच छलफल सम्पन्न
इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इलपी अन्तर्गत जेठ ३० गते विराटनगरमा स्वच्छ खानेपानीको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूहको आयोजनामा नेपाल खानेपानी संस्थान मोरङसग छलफल गरिएको हो । छलफलमा सहभागीहरूले विराटनगरमा खानेपानी वितरण राम्रो नभएको, पानीमा लेदो आउने…
मापदण्ड बारे थाहा नहुँदा अनुदानबाट वञ्चित
घरको मापदण्ड बारे बेलैमा थाहा नपाउँदा अहिले अनुदान रकम लिनबाट वञ्चित हुनु परेको पञ्चकन्या गाउँपालिका-२ कविलासका भूकम्पपीडितहरूले बताएका छन् । जेठ २९ गते पञ्चकन्या गाउँपालिका-२ को कविलासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले पक्की घर बनाउँदा पिल्लर कुन साइजको…
विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएका खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार जेठ २९ गते खाँदबारीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले इन्सेकले प्रकाशित गर्दै आएको नेपाल मानव अधिकार…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सदरमुकाम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले घटना विवरणको सुद्धासुद्धिमा अत्यन्तै चनाखो हुनुपर्ने भन्दै ग्रामीण भेगका ज्यादतीका घटनालाईसमेत उजागर गर्न आग्रह गरेका थिए । उनीहरूले सत्य र तथ्यलाई…
भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ
भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि र सेवाग्राहीबिच भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिका-७ का…
वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ २७ गते खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा…
स्थानीय तह निर्वाचनमा मानव अधिकारकर्मीको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न
इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूबिचको अन्तरक्रिया जेठ २७ गते तानसेनमा सम्पन्न भएको छ । असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सन्दर्भमा मानव अधिकारकर्मीहरूको भूमिका बिषयमा अन्तरक्रियाका क्रममा छलफल गरिएको हो । सो अवसरमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक…
सरकारी सेवाबारे सेवाग्राहीलाई जानकारी
स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीहरूलाई जानकारी दिइएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत जेठ २७ गते घोराहीमा भएको सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा गाविसस्तरीय मानव अधिकार निगरानी…
तथ्यपूर्ण रूपमा घटना सार्वजनिकीकरण गरिएका कारण इन्सेकको विश्वनीयताः न्यायधीश चोङ्टेङ्ली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा जेठ २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि अर्धवार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्ला अदालत तेह्रथुमका न्यायाधीश ईन्द्रकुमार चोङ्टेङ्लीले मानव अधिकारका घटनाहरू तथ्यपूर्ण रूपमा सार्वजनिकीकरण…