सुदूरपश्चिम प्रदेशको मानव अधिकार स्थिति सार्वजनिक तथा छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सन् २०१९ जनवरीदेखि जुनसम्मको सुदूरपश्चिम प्रदेशको मानव अधिकार स्थिति सार्वजनिक तथा छलफल कार्यक्रम असार १९ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक सुदूपश्चिम प्रदेशका संयोजक खड्कराज जोशीेले सुदूरपश्चिम प्रदेशको ६ महिनाको मानव अधिकारको स्थिति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते रौतहटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ६ महिनाको मानव अधिकार स्थितिको बारेमा प्रतिवेदन पस्तुत गरेकी थिइन् । ६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका नौ, यौन…

सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर, मानव अधिकार सञ्जाल ललितपुर र कोन्ज्योसोम गाउँपालिका-१, चौघरेको संयुक्त आयोजनामा असार १८ गते कोन्ज्योसोम गाउँपालिका-१, चौघरेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तानले मोटरबाटो नपुगेका कारण निजी आवास पुनर्निर्माण गर्न…

सार्वजनिक सुनुवाइ सम्पन्न

कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बाटोका कारण निर्माण सामग्री लान नसकेर घर बनाउन नपाएकाहरूको लागि नगरपालिकाले सम्बोधन गर्ने बताएका छन् । इन्सेक सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा असार १८ गते कमलामाई नगरपालिका-१ को मझिनीदमारमा सम्पन्न भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले…

मानव अधिकारको अवस्था बारेमा अधिकारकर्मीसँग छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था तथा आगामी दिनमा इन्सेकको भुमिकाको बारेमा जिल्लास्थित मानव अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग असार १८ गते छलफल गरेका छन् । छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति, जिल्ला बार एसोसिएशन, स्याक, सुन्दर नेपाल, अपाङ्ग…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते राजविराजमा सम्पन्न भएको छ । इन्सेक सप्तरीका अनुसार सन् २०१९ को ६ महिनाको अवधिमा ८५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।…

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते बाजुरामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले ६ महिनाको अवधिमा घरेलु हिंसाका २८,  बलात्कारका सात, बालविवाहको एक, हत्याका ६, बहुविवाहका दुई, बलात्कार प्रयासका एकलगायत ५० ओटा…

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा सिरहा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार १८ गते आयोजित कार्यक्रममा सन २०१९ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत…

कलङ्कीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते काठमाडौँ महानगरपालिका-१४ कलङ्कीमा भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भूकम्पपछि लाभग्राहीको नामावली सङ्कलनमा ३ सय ७२ जना रहेकामा पहिलो किस्ता प्राप्त गर्नेमा ३ सय ६१ जना लाभग्राही छन् । पहिलो किस्ताबाट दोस्रो किस्ता लिनेमा…

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सल्यान जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले असार १७ गते सदरमुकाममा आयोजित कार्यक्रममा पछिल्लो ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत…