विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण

विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका विषयक अन्तरक्रियामा माघ ६ जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पूर्व केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले कार्यपत्र प्रस्तुत गर्दै विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको औँल्याउनु भयो । कार्यपत्रमा तीन तहको सरकार बने तापनि…

संस्थाको गरिमा उचो राख्नुपर्छः इन्सेक अध्यक्ष डा. श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकको संस्थागत गरिमा उचो राख्नको लागि सधैंलागि पर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको धुलिखेलमा माघ ३ र ४ गते भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष डा. श्रेष्ठले सो धारणा राख्नुभएको हो । “इन्सेकको काम अधिकारको…

कार्यक्रमको परिचय तथा अभिमुकरण कार्यक्रम सम्पन्न

मानव अधिकार संरक्षण सञ्जाल तथा मानव अधिकार संरक्षणका लागि राज्यको जवाफदेहीता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रमको अभिमूखिकरण कार्यक्रम ०७६ पुस २९ गते मन्थली नगरपालिमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो । इन्सेक र मानव अधिकार संरक्षण सञ्जालसंगको सहकार्यमा…

नगरपालिका स्तरीय मानव अधिकार समूह गठन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा पुस २९ गते चरिकोटमा भीमेश्वर नगरपालिका स्तरीय मानव अधिकार समूह गठन भएकाे छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा स्थानीय जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही  बनाउने  परियाेजना अन्तर्गत मानव  अधिकार समूह गठन भएकाे हाे । जिल्ला समन्वय समिति,…

सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकार लाग्नुपर्छः सरोकारवाला

सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुनु पर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । इन्सेकले सञ्चालन गरेको इएलपी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिकामा पुस २८ गते गरिएको अन्तरक्रियामा सहभागीहरूले यस्तो कुरामा जोड दिएका हुन् । शिक्षाको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकसँग गरिएको अन्तरक्रिया कार्यक्रममा…

संविधान र कानुनको कार्यान्वयन भए मानव अधिकार उल्लङ्घनमा कमी आउने

संविधान र कानुनको कार्यान्वयन भए मानव अधिकार उल्लङ्घनका घटनामा  कमी आउनेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  नेपालगन्जद्वारा पुस २९ गते आयोजित प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकले उक्त कुरामा  बताउनु भएको हो । प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकले…

शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौटः मेयर गौली

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २८ गते भानु नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका मेयर उदयराज गौलीले प्रत्येक टोल टोलमा छलफल गरी वडाबाट आफ्ना जनताको आवश्यकता र चाहना अनुरुपका योजनाहरु छनोट गर्दै आएको बताउनुभयो । तनहुँको भानु नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौट गरेको नगरपालिकाले…

मानव अधिकारका विषयलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक पहल गर्ने : मन्त्री पुन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पोखरामा आयोजित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले संविधान, मानव अधिकार, र कानुनी प्रवाधनबारे नयाँ पुस्तामा अनविज्ञता रहेका कारण बालविवाह, उमेर नपुग्दै गर्भधारण र अपराधमा समेत संलग्न हुने गर्ने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गण्डकी प्रदेश सामाजिक…

आवासको अधिकार र सरोकारवालाहरूको भूमिका सम्बन्धि अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा पुस २८ गते आवासको अधिकार र सरोकारवालाहरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले जनता आवास कार्यक्रम प्रभाबकारी नभएको  स्थानीय जनप्रतिनिधिहरूसँग गुनासो गरेका छन् । कार्यक्रमका सहभागि पदमादेवी  बिकले  घरजग्गा नभएका कारण आफू शिवगंगा नदिको किनारमा बस्दै आएको गुनासो गर्नु…

खाद्य अधिकारको सुनिश्चितताको लागी प्रतिबद्ध छौं : अध्यक्ष जिसी

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा  खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर वहादुर जिसीले खाद्य अधिकारका विषयमा जानकारी भएर स्थानीय सरकारसँग आफ्ना अधिकार सुनिश्चित गर्ने वातावरण सृजना गर्ने काममा गाउँपालिकाले समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । इन्सेकको अभियानमा आफुले सदैव…