इन्सेकको खबरदारीले मानव अधिकार संरक्षणमा सहयोगः एसपी जोशी

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेशराज जोशीले इन्सेकको खबरदारीले नागरिकको मानव अधिकार संरक्षणमा टेवा पुगेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूहको आयोजनामा जेठ २५ गते दमौलीमा सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि संङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा…

०७४ जेठ २५ गते  
मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय…

०७४ जेठ २५ गते  
वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०१७ को जनवरीदेखि जुनसम्म सङ्कलन गरेका  मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा समग्र मानव अधिकारको विषयमा जेठ २४ गते तौलिहवामा समीक्षा गरेको छ । इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलन गरेको घटना तथा जिल्लाको मानव अधिकारको सवालमा सरोकारवाला निकायसँगको सहभागितामा समीक्षा…

०७४ जेठ २४ गते  
सुशासनले जनविश्वास बढाउँछः सरोकारवाला

डेङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जबाफदेही बनाउन सके मानव अधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा जेठ २४ गते उनले भने-'सुशासन, पारदर्शिता र जबाफदेहिताले जनविश्वास बढाउन मद्दत गर्दछ ।' सो अवसरमा अध्यक्ष मल्लले…

०७४ जेठ २४ गते  
यौन दुर्व्यवहारका घटना बढेकोमा सरोकारवाला चिन्तित

जिल्लामा बालिकाहरू माथि यौन दुर्व्यवहारको घटना बढेकोमा गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा जेठ २४ गते सदरमुकाम गोरखाबजारमा सम्पन्न नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले के/कस्ता कारणले बालिकाहरू यौन दुर्व्यवहारबाट पीडित बन्छन् भन्ने…

०७४ जेठ २४ गते  
सबैको तत्परताले शिक्षण सिकाइ प्रभावकारी हुने जिशिअको भनाइ

दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित 'विद्यार्थी र विद्यालय सवाल' विषयक अन्तरक्रियामा उनले भने-'शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र…

०७३ जेठ २३ गते  
जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय बहस/सम्वाद कार्यक्रम जेठ २१ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संरक्षक शिक्षकहरूले शैक्षिक सत्र सुरू भएको दुई महिना बित्नै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक आइनपुगेको, विद्यालयमा छात्रामैत्री शौचालयको निर्माण…

०७४ जेठ २१ गते  
चार ओटै क्षेत्रमा कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको जेठ १२ गते इन्सेकका चार ओटा क्षेत्रीय कार्यालयमा वार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार इन्सेक केन्द्रीय कार्यालयका लेखा तथा व्यवस्थापन विभाग प्रमुख प्रेम पराजुलीले…

०७४ जेठ १४ गते  
कृषिसम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण

मानव अधिकार निगरानी समूह तनहुँले कृषि र खाद्यसम्बन्धी समस्याहरू समाधानकालागि जिल्ला कृषि विकास कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको साविक मनपाङ र जामुने गाविसमा सञ्चालन गरिएको शिक्षा स्वास्थ्य र खाद्य अधिकार अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको क्रममा पहिचान भएका कृषिसम्बन्धी समस्याहरू समाधानकालागि सो…

०७४ जेठ ५ गते  
जिल्लास्तरीय सम्वाद कार्यक्रम समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय सम्वाद कार्यक्रम जेठ ४ गते सम्पन्न भएको छ । [caption id="attachment_5109" align="aligncenter" width="640"] U[/caption] सीतापुर प्रध र महेशपुर पतारी गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या र जिल्लास्तरीय…

०७४ जेठ ४ गते