वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह गनगाईले इन्सेकले रतुवामाई नगरपालिकामा वातावरणको सवालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रले वातावरणका सवालमा नगरपालिकालाई योजना बनाउन र कार्यान्वयनका लागि सहज भएको बताउनु भयो । उहाँले वातवारण संरक्षणका लागि नागरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालनको तयारी गरिरहेको अवस्थामा इन्सेकद्धारा गठित मानव अधिकार समूहले सोही विषयमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी बाटो देखाइदिएको बताउनु भयो ।
मेयरले आमवारी बजारलाई व्यूटिफिकेशन गर्ने तयारी भइरहेको र चालु आर्थिक वर्षका लागि २५ लाख रुपियाँ बजेट पनि विनियोजन गरिएको अवस्थामा वातावरणमैत्री ढङ्गले व्यूटिफिकेशनको कार्य गर्ने बताउनु भयो । मेयर सिंहले वातावरणका विषयमा बालबालिकालाई सचेत गराउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यालय विराटनगरका मनोहर पोखरेलले वातावरण संरक्षणमा बालबालिकाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । कार्यक्रमको सहजीकरण वन अधिकृत नरेन्द्रप्रसाद गुरागाईले गर्नु भएको थियो ।
कार्यक्रममा इटहरा क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको इन्सेक रतुवामाई नगरपालिका सहजकर्ता रञ्जना अधिकारीले बताउनु भएको छ ।
विनोद सुवेदी
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…