न्यायमा महिलाकाे पँहुच विषयमा अन्तरक्रिया कार्यक्रम

Photo 20240317 Dhanusha

अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला नगरपालिका, नगर स्तरीय महिला अधिकार मञ्च, द एशिया फाउन्डेसन, सामुदायिक-प्रहरी साझेदारी तथा मानव अधिकारकाे क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरूको समन्वयमा ०८० फागुन २८ गते मिथिला नगरपालिका-६ ढल्केबर स्थित काेमल हाेटलमा न्यायमा महिलाकाे पँहुच विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मिथिला नगरपालिकाको उप-प्रमुख सुनिता सिंह बुढाथोकी, मधेश प्रदेशका माननीय शारदा पहाडी, मधेस प्रदेश नीति तथा योजना आयाेजनाका प्रमिला सिंह, अधिवत्ता तथा महिला अधिकारकर्मि रेखा झा, इलाका प्रहरी कार्लयका ढल्केबरका इन्स्पेक्टर राजकिशाेर साह ,नगर पत्रकार सञ्जाल साथै पत्रकार महासंघ नेपाल धनुषाका सदस्य विनोद कुमार महताे, मिथिला नगरपालिका वडा नं ३, ५ र ७ का वडा अध्यक्ष राम एकवाल यादव, रामचन्द्र महताे, राम बहादुर स्याङ्गतन र विभिन्न समाज सेवी लगायतकाे उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा मधेस प्रदेशका माननीय शारदा पाहाडीले "आफूले चुनाव जिते पछि महिलाहरूकाे हक अधिकार र पहूँच मधेशका  सवालमा सदनमा उठाएकाे" भन्नु भयाे । साथै, "आरती साहको मुद्दामा समेत सदनमा छलफल गरेको" उहाले बताउनु भयो ।

नेपालको संविधान २०७२ ले महिला र पुरुषलाई समान अधिकार दिए पनि आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिलाहरूकाे सहभागिता तथा पहुँच न्यून छ । तसर्थ, उक्त क्षेत्रहरुमा महिलाहरुकाे लागि समान अवसर, र पहुँच र सहभागितामा वृद्धि गर्न मधेस प्रदेश सरकार तथा केन्द्रीय सरकारले विभेदरहित वातावरणकाे सृजना गर्नुपर्ने मिथिला नगरपालिकाको नगर उपप्रमुख बुधाथोकीले बताउनुभयो।

त्यस्तै, इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर राजकिशोर शाहले महिलाहरू सङ्ख्यामा केन्द्रित नभई गुणस्तर र क्षमतामा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । पछिल्लो एक दशकको अवधिमा महिला हिंसा उल्लेख्य रुपमा बढिरहेको भन्दै त्यसलाई न्यूनीकरणका लागि सरकारी पहल मात्रै पर्याप्त नभएकोले घर समाज र व्यक्ति सचेत र जिम्मेबार हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

Photo 20240317 Dhanusha 1

सन्तोष कुमार यादव