बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

  ०७९ असोज १३ गते

इन्सेक र मानव अधिकार समुहको सयुक्त आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम घोडाघोडी नगरपालिकामा असोज १२ गते सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडी नगरपालिका मानव अधिकार दृष्टिकोणले जोखिममा रहेकाले यहाँका विकृती विसंगती हटाउन भौतिक विकास भन्दा नैतिक र समाजिक तथा मानव अधिकारको आवश्यकता रहेकाले इन्सेकले सञ्चालन गरेको यस अभियानमा आफूहरुको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले घोडाघोडी नगरपालिकालाई मानव अधिकरमैत्री बनाउन र समाजमा व्याप्त विकृती, विसंगती हटाउन,चेतना अभिबृद्धी गर्न र पालिकाको योजना कार्यान्वयन गर्न मानव अधिकार समुहले सहयोग गर्ने बताउनु भयो ।

photo20220929kailali (1)

घोडाघोडी नगरपालिका शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मीले शिक्षा शाखाबाट नियमित विद्यालयको अुनगमन, विद्यालयमा खेलकुद लगायतका शैक्षिक सामग्रीको उपलब्धता र पालिकास्तरी अतिरिक्त क्रियाकलाप सञ्चालन गरी विद्यार्थीहरुमा क्षमता अभिबृदि र उत्साह प्रदान गरिने कार्यक्रम नियमित सञ्चालन हुँदै आएको बताउनु भयो ।

कान्तिराज्य लक्ष्मी माध्यामिक विद्यायालयका बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक प्रमोद कठरियाले हाम्रो विद्यालयलाई छनौट गरिएकोमा इन्सेकलाई धन्यवाद दिदै बालबालिकाको अधिकारका लागि आफूहरु सक्दो सहयोग गर्ने र स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यक्रम मानव अधिकारमैत्री बनाउनु पर्ने बताउनु भयो ।

दशरथ माध्यामिक विद्यायालयका बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक गणेश बमले बालबालिकाहरुका लागि आवश्यक बिषय बस्तुमा इन्सेकले कार्यक्रम सञ्चालन गरेको र नगरपालिकाले पनि बालबालीकाको क्षेत्रमा सम्बेदनशिल भएर बजेट बिनियोजन तथा नीत निर्माण गर्न आग्रह गर्नु भयो ।

photo20220929kailali (2)

दुई दिनसम्म सञ्चालन भएको क्षमता अभिबृद्धि तालिमा बाल अधिकार र बालश्रम, नेपालमा बाल अधिकारसम्बन्धी कानुनी व्यावस्था तथा बाल अधिकारसम्बन्धी अन्र्तराष्ट्रिय कानुन, लैङ्गिक हिंसा र जातीय छुवाछुत, बालभित्ते पत्रिका प्रकाशन, बालबालिकाहरुको भूमिका, सङ्गठन व्यावस्थापन र नेतृत्व शैली, बाल अधिकार र जिम्मेवारी लगायतका बिषय इन्सेक प्रदेश कार्यालय, धनगढीका संयोज खडकराज जोशीले सहजीकरण गर्नु भएको थियो ।

मैनामोती चौधरी