इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७३ चैत १ गते जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा अनुभव आदानप्रदान कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको छ ।
इन्सेकद्वारा सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ साविक चाँदवेला र औरावनी गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम र दुहवी नगरपालिका-१० साविक सिमरिया गाविसमा सञ्चालित कियोस परियोजनाको बारेमा जानकारी दिन र सुझाव सङ्कलनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
बैठकको अध्यक्षता गर्दै जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक तथा स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठले इन्सेकका कार्यक्रम राजनीतिक र नागरिक अधिकारमा मात्र सीमित नराखेर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमासमेत केन्द्रित गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजकान्त झाले इन्सेकले गर्ने कार्यक्रमले सेवा प्रदायक निकायलाई घच्घच्याउने भएकाले सेवाग्राहीहरूलाई सहयोग पुग्ने बताए । उनले समस्याहरू जिल्लासम्म ल्याइपुर्याउन यस्ता कार्याक्रम उपयोगी हुने बताए ।
इन्सेकले सञ्चालन गरेका परियोजनाका बारेमा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम अधिकृत बाग्मती कट्टेलले जानकारी गराएकी थिइन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी, जिल्ला पशु कार्यालयका प्रमुख शिवनाथ महतो, इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापालगायतले बोलेका थिए ।
शेखर ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…