बन्दिपुर नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर नगरपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान एवं कार्ययोजना निर्माण सम्बन्धी कार्यक्रम भदौ २८ गते बन्दिपुरमा सम्पन्न गरिएको छ ।
मानव अधिकार समुहका संयोजक शान्ती कुँवरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी विभिन्न समस्याहरू पहिचान र पहिचान भएका समस्याहरू समाधान बारे छलफल गरिएको थियो ।
समूहले शिक्षासम्बन्धी मुख्य समस्यामा कोभिड–१९ को कारण लामो समय विद्यालयहरू बन्द हुँदा विद्यार्थीको शिक्षण सिकाई प्रभावित भएको र अहिले विद्यालय सुचारू भएको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पठनपाठन कार्यलाई प्रभावकारी बनाउनुपर्ने, सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएको, कमजोर आर्थिक अवस्थाको कारण बालबालिका विद्यालयमा नियमितरूपमा आउन नसकेको, विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको, बालविवाहको कारण विद्यालय छाड्ने दर बढि भएको लगायतका रहेका छन् ।
त्यसैगरी स्वास्थ्यसम्बन्धी समस्याहरूमा मुख्य रूपमा कोभिड–१९ को समस्या प्रमुख रहेको छ । कोभिडको त्रासको कारण नागरिकहरू निर्धक्कसँग बाहिर डिँड्डुल गर्न नसकेको, कोभिडकै त्रासको कारण स्वास्थ्य संस्थामा उपचार गर्न पनि समस्या परिरहेको, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको, कति प्रकारको औषधि निःशुल्क पाइन्छ भन्ने बारेमा नागरिकलाई जानकारी नभएको तथा वडा नम्बर २ को भुजेल बस्तीका घरहरूमा शौचालय तथा खानेपानीको व्यवस्था नभएको समस्याहरू माथी छलफल भएको थियो ।
खाद्यसम्बन्धी समस्यामा व्यवसायिक तरकारी खेतीप्रति कृषकहरू खासै आकर्षित नभएको, विदेश जानलाई बैंकबाट ऋण पाइने तर कृषि र पशुपालनकोलागि ऋण उपलब्ध नहुने, सिचाईको व्यवस्था नभएको, जग्गा प्लटिङले खेतीयोग्य जग्गाहरू नष्ट भएको, कृषकहरूलाई आधुनिक कृषिको बारेमा तालिमको अभाव रहेको, एक जना कृषि तथा पशु प्राविधिकले दुई÷तीन ओटा वडामा सेवा दिनु पर्दा सेवा प्रवाह प्रभावकारी नभएको, जस्ता समस्याहरूको बारेमा मानव अधिकार समुहका सदस्यहरूले छलफल गरेका थिए ।
समुहका संयोजक शान्ती कुँवरले पहिचान भएका समस्याहरूको बारेमा स्थानीय तह, सम्बन्धित इकाइ र वडा कार्यालयहरूमा ध्यानाकर्षण गराइ समाधानको लागि पहल गरिने बताउनुभयो ।
बैठकमा वडा नम्बर ४ की वडा सदस्य लक्ष्मी दुवाडीले वडा कार्यालय तथा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभयो ।
इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बैठकमा मानव अधिकार समुहले पहिचान गरेका समस्याहरूलाई विभिन्न कार्यक्रम मार्फत नगरपालिकाको ध्यानाकर्षण गराउने र समस्या समाधानकोलागि पहल गरिने बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…