७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित

  ०८१ मङ्सिर २७ गते

Photo 20241212 Siraha (9)

७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।

मिर्चैया नगरपालिकाको आयोजना, इन्सेक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, एनसीई नेपाल, सहयोगी हातहरू, प्रदेश यूवा सञ्जाललगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा मिर्चैया नगरपालिकाले मानव अधिकारको क्षेत्रमा कृयाशिल भइ कार्य गर्नुहुने इन्सेक प्रतिनिधि दुर्गा परियारलाई राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मिहिर ठाकुर र मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले सम्मान पत्र प्रदान गर्नु भयाे ।

त्यसैगरी, मानव अधिकारको क्षेत्रमा विगत लामो समयदेखि काम गर्नुहुने मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा, दलित जनकल्याण यूवा कल्वका कार्यकारी निर्देशक बिनोद कुमार बिसुन्के, अधिकारकर्मीहरू मोहन पासवान, सुर्य नारायण राम, धिरेन्द्र साह, बिशेश्वर दास, बबिता मिश्र, रामचन्द्र महरा र नइम राइन समेत उक्त कार्यक्रममा सम्मानित हुनुभयो ।

Photo 20241212 Siraha (11)

दुर्गा परियार