७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न

  ०८१ मङ्सिर २७ गते

Photo 20241212 Siraha (1)

"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।

मिर्चैया नगरपालिकाको आयोजना, इन्सेक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्व, एनसिई नेपाल, सहयोगी हातहरू, प्रदेश यूवा सञ्जाललगायतका संघ संस्थाहरूको आयोजनामा कार्यक्रम समपन्न भएको हो ।

Photo 20241212 Siraha (2)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मिहिर ठाकुरले मानव अधिकारको परिभाषा व्यापक रहेको बताउनुहुँदै अमेरिकामा अहिले समलिङ्गिको विवाह हुनु पर्ने अधिकारको माग रहेको छ भने हाम्रो नेपालमा बहुविवाह, घरेलु हिंसा, पुरुष सरह महिलाहरूको हक अधिकारको लडाई रहेको बताउनु भयो ।

Photo 20241212 Siraha (8)

हामिले हाम्रो देशमा धेरै त्याग र बलिदानबाट अधिकार प्राप्त गरेको छौं, हाम्रो देशमा प्रधानमन्त्रीको पनि मानव अधिकार सुरक्षित छैन, ठूलाबडाहरूको पनि अधिकार सुरक्षित छैन भने सर्वसाधारणको अधिकारको त कुरै छैन । भेदभाव विरुद्ध जनताले बिद्रोह गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो ।

"१ सय ३० देशमा मानव अधिकार आयोगहरू रहेको छ । छिटो छरितो र निशुल्क न्यायको लागि मानवअधिकार आयोगको गठन भए पनि सो अनुसार काम हुन नसकेको" सदस्य ठाकुरले बताउनु भयो ।

मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादवले भौतिक संरचनाको विकास मात्रै विकास होइन, कुरिती, बिकृतीविरुद्ध सचेतना जगाउनु पनि विकास भएको बताउनु भयो । शुसासनको लागि संविधानमा उल्लेख भएको अधिकार प्रयोग गर्न पाउनु पनि विकास भएको नगर प्रमुख यादवले बताउनु भयो ।

जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले "छिटो छरितो न्याय दिनु पनि मानव अधिकारको प्रत्याभूति हुनु हो र अदालतको दायित्व भित्र पनि पर्छ । अदालत सधै मानवअधिकारको पक्षमा उभिन्छ र मानवअधिकारको व्याखा पनि गर्छ राज्यले मानवअधिकारको संरक्षण गर्छ र कसैको अधिकार हनन भए उपचारको हक हुन्छ र अदालतले उलङ्घन भए व्याखा गरेर न्याय प्रदान गर्छ" बताउनु भयो ।

Photo 20241212 Siraha (7)

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पंडितले नेपाल प्रहरी भनेको मानव अधिकार रक्षाको लागि खट्ने अग्र पङ्तिमा भएको संगठन भएकोले मानव अधिकारको प्रत्याभूती गराउन सजग रहेको बताउनु भयो । मानव अधिकार उलङ्घनका घटनाहरू धेरै भए पनि विधिगतरुपमा दर्ता नभएको एसपी पंडितले बताउनु भयो । सामान्य घटनाहरूमा पनि प्रहरीमाथि तथा सर्वसाधारणहरू माथि पनि ढुङ्गा मुढा गर्ने प्रवृति भएकोले प्रहरीले बल प्रयोग गर्दा मानव अधिकारको हनन् हुने उहाँले बताउनु भयो ।

Photo 20241212 Siraha (5)

दुर्गा परियार