७४औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रत्तदान कार्यक्रम सम्पन्न
“न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ १० डिसेम्बर मा मनाउन लागिएको ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा पोखरामा मङ्सिर २२ गते रक्तदान कार्यक्रम आयोजना गरेर सुरूवात गरिएको छ ।
प्रदेश सरकार, मानव अधिकार महाभेला र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कार्यक्रम रक्त संचार सेवा गण्डकीको प्राविधिक सहयोगमा गरिएको हो।
मानव अधिकार महाभेला गण्डकी प्रदेशमा इन्सेक, शान्तिका लागि नागरिक समाजको संजाल, सिविन, कोपिला नेपाल, मासम, एमनेष्टि इन्टरनेशनल, गैसस महासंघ, शक्ति समूह लगायतका अन्य विभिन्न ५० संघ संस्थाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै मानव अधिकार महाभेलाको उद्घाटन गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले कसैको जिवन बचाउन रक्तदान जस्तो उत्तम दान अर्को कुनै नभएको बताउदै, समय समयमा रक्तदान गरे स्वस्थ पनि भईने र अरूको ज्यान पनि जोगाउन सकिने भएकोले महत्वपूर्ण भएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले अरूको ज्यान बचाउनका लागि दिन सकिने अंग दानका लागि कस्ता नीति अपनाउनु पर्ने भन्नेबारे सरकारले सोचिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले रगतलाई निःशुल्क गर्नुपर्छ भन्ने मान्यता राखेर ०७८ फागुन १ गतेबाट निःशुल्क रगत पाउन सक्ने व्यवस्था मिलाएको बताउनु भयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपि खड्ग बहादुर खत्रीले यस प्रकारका कार्यक्रमले समाजमा राम्रो छाप पार्ने बताउनु भयो । सबै स्वस्थ हुने पाउने अधिकार मानव अधिकारको विषय भएकोले रक्तदान गरेर अरुको जिवन जोगाउने महान कार्यमा सबैले सहभागिता जनाउनु पर्ने बताउनु भयो । उहाँले मानव अधिकारको रक्षाका लागि नेपाल प्रहरी सदैव सचेत रहेको बताउनु भयो ।ख्यमन्त्री कार्यालयकी सचिव मनमाया पंगेनी भट्टराईले रक्तदान एक पवित्र कार्य भएको र आजको दिन मर्यादित महिनावारी दिवश पनि भएकोले अझै महत्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रमका सभापति मानवअधिकार महाभेला गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक विना सिलवालले मानवको रगतबिना मान्छेको जिवन नचल्ने भएकोले हजारौंलाई फेरि जिवन दिन रक्तदान सहयोगि हुने बताउनु भयो । समग्र महिला वर्षमा ४८ दिन महिनावारीकै कारण छुवाछुतको विभेदमा रहेको बताउनु भयो । उहाँले हरेक परिवारले छोरी, महिलालाई महिनावारी बार्न लगाएर हिंसा नगर्न अनुरोध गर्नुभयो ।
मोहन कुमार बिष्ट सल्यानी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…