२५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली, कोण सभा तथा दिप प्रज्वलण कार्यक्रम

  ०८१ असोज ६ गते

Photo 20240922 Siraha (2)

“शान्तिप्रति हाम्रो कदम र महत्वकांक्षाका साथ शान्तिको संस्कार” भन्ने मूल नाराका साथ २५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ असोज ५ गते र्‍याली, कोण सभा तथा दिप प्रज्वलन कार्यक्रम समपन्न भएको छ ।

लहान नगरपालिका, समग्र जन उत्थान केन्द्र, इन्टरनेशनल एलर्ट, इलाका प्रहरी कार्यालयको आयोजना र इन्सेक सिरहा, दलित जनकल्याण यूवा कल्व, अपाङ्ग पुर्नस्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई सञ्जाल, युएनओप्स लगायत संघ संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा र्‍याली, कोण सभा र दिप प्रज्वलन गरीएको थियो ।

Photo 20240922 Siraha (1)

कोण सभा कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले देशमा भएको जन आन्दोलनले विकासको गतिलाई रोकेको थियो । देशमा शान्ति स्थापित गर्न अहिलेसम्म भएका आन्दोनका पीडित परिवारहरूलाई उचित क्षतिपूर्ती प्रदान गरेर शान्ति प्रकृया टुङ्गयाउनु पर्ने बताउनु भयो ।

विकाश, निकाश र समृद्धिका लागि देशमा शान्ति हुनु आवश्यक रहेको उहाँले बताउनु हुँदै सबै खाले द्वन्द्ध पीडितहरूको सवाललाई लहान नगरपालिकाले कार्यक्रम ल्याएर सम्बोधन गर्ने बताउनु भयो ।

महिला अधिकारकर्मी रेणु कर्णले परिपुरणीय न्याय, सत्यनिरुपण, न्याय र बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सत्य जान्ने अधिकारको लागि राज्यले गर्नु पर्ने काम हालसम्म नगरेकोले अब ढिलो नगरी यथासिघ्र काम गर्न आग्रह गर्र्नु भएको छ ।

कार्याक्रममा अधिकारकर्मी, सञ्चारकर्मी, प्रहरी, शिक्षक विद्यार्थीहरू, द्वन्द्ध पीडित उपस्थित भएका थिए ।

Photo 20240922 Siraha (3)

दुर्गा परियार