२५औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम सम्पन्न
२५औं अन्तर्राष्ट्रिय युवा दिवस ०८१ साउन २८ गते प्रभात फेरी कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम मधेस प्रदेश युवा तथा खेलकुद मन्त्रालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), युएसएआइडी, सेभ द चिल्ड्रेन, केयर नेपाल, जिल्ला युवा सञ्जाल, ओरेक, कायापलट, नील हिरा समाज लगायत जिल्लामा कार्यरत र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
“युवा जेते विदेश त केना बनतै मधेश” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस जनकपुरधामको रेलवे स्टेसनदेखि सुरु भएको र्याली जनक चौकमा पुगेर कोण सभा गरी सम्पन्न भयो ।
कोण सभामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मधेस प्रदेश संयोजक राजु पासवानले युवाहरू भविष्यका कर्णधार भएको उल्लेख गर्नुहुँदै प्रदेश र स्थानीय सरकारले युवाहरूको अधिकारलाई सुनिश्चत गर्नु पर्नेमा जोड दिनु भयो ।
युवालाई समाजिक विकास र राष्ट्र निर्माणमा अगाडि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको जिल्ला युवा सञ्चाल धनुषाका अध्यक्ष कुलदीप साहले बताउनु भयो ।
प्रदेश सभा सांसद राम आशिष यादवले नेपालमा युवा दिवस मनाउन थालेपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् । तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रमहरू प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेको छैन भन्नु भयो ।
युएसएआइडी का प्रतिनिधि विजय झाले अहिले युवाहरूको मुख्य समस्या बेरोजगार रहेको छ, स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाख भन्दा बढी युवा रोजगारीका लागि विदेश जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ । सरकारले युवा लक्षित ल्याएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्या परेको बताउनु भयो ।
उक्त कार्यक्रममा विगत लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कायापलट, नील हिरा समाज, युवा तथा खेलकुद मन्त्रालय, ओरेक, मोनास्टिक इङ्गिलस बोर्डिङ्ग स्कुल, नेपाल प्रहरी लगायत मानव अधिकार क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको सहभागिता रहेको थियोे ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…