१.८ प्रतिशत बालबालिका विद्यालय बाहिरै

  ०७४ भदौ १४ गते

पश्चिमाञ्चलका १६ जिल्लामा १.८ प्रतिशत बालबालिका अझै पनि विद्यालय बाहिर रहेको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णु अधिकारीले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत माछापुच्छ्रे गाउँपालिका-४ मा आयोजना गरिएको शिक्षाको अधिकारसम्बन्धी टेलिभिजन सम्बाद कार्यक्रममा बोल्दै अधिकारीले उक्त कुरा बताएका हुन् ।

photo20170830kaski (1)

नेपाल सरकारको नीति तथा कार्यक्रमको जानकारी दिँदै उनले प्राथमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने भएपनि सबैको पहुँचमा उक्त कुरा पुग्न नसकेको बताए ।

अधिकारीले अङ्गे्रजी शिक्षाप्रतिको मोहले गर्दा सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको चाप धेरै रहेको बताए । सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनको पाटो जटिल भएको बताउँदै दरबन्दी अनुसारका विषयगत शिक्षक नभएकाले सरकारले दरबन्दी थप गरी समानुपातिक ढङ्गले शिक्षक मिलान गर्न आवश्यक रहेको उल्लेख गरे ।

photo20170830kaski (2)

माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले ज्ञानको भाषा नहुने हुँदा शिक्षकले अङ्ग्रेजी वा नेपाली जुन माध्यमबाट भएपनि ज्ञान बाँढ्न बढी चासो दिनुपर्ने बताए ।

माछापुच्छ्रे गाँउपालिका-४ का वडा अध्यक्ष पुर्णबहादुर शाहीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नेतर्फ सरोकारवाला निकाय लाग्नुपर्ने बताए । गैर सरकारी संथा महासङ्घका अध्यक्ष पदम पहारीले राज्यले गर्न सक्ने काम मात्र नीति तथा कार्यक्रममा राख्नु पर्ने बताए ।

photo20170830kaski (3)

पत्रकार विश्व सुवेदीले विद्यालयमा शिक्षक अति संवेदनशील भएकोले गल्ती गरेमा दण्ड र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

संगीता भाट