११४औं नारी दिवस विविध कार्यक्रमका साथ मनाइयो
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा इन्सेक लगायत ४२ वटा संघ संस्थाहरूको सहभागितामा फागुन २५ गते ११४औं नारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा लैगिंक हिंसाविरूद्ध चेतनामूलक सडक नाटक, सरसाफाई कार्यक्रम र चेतनामूलक र्याली प्रदर्श गरी मनाइयो ।
कार्यक्रममा समाजमा विद्यमान महिला हिंसा परिवारबाटै हुने गरेको, कुलतले पनि महिला हिंसा हुने गरेको, समान कामका लागि समान ज्याला र सरसफाई सबैको दायित्व भएकालगायतका विषयलाई उठान गरिएको नेपालगञ्ज उपमनपा महिला शाखा अधिकृत मन्जु पाण्डे बताउनु भयो ।
महिला हिंसा न्यूनिकरणकालागि हर सम्भव प्रयास गर्ने प्रतिद्धता गर्दै गाउँ, शहर र टोलस्तरबाटै सबै तह र तप्काबाट लैंगिक विभेद ,महिला हिंसा, घरेलु हिंसालाई न्यूनिकरणमा लागेमात्र सम्भव हुने नेपालगञ्ज उपमनपाका उपमेयर कमरुद्दीन राईले बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…