११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न
कपिलवस्तु नगरपालिकाको आयोजना र इन्सेकलगायत सङ्घ संस्थाहरूको आयोजनामा फागुन २६ गते लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार भन्ने मुलनाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले संविधानले प्रदत्त अधिकार कार्यान्वयन हुन सके लैंगिक बिभेद नहुने बताउनु भयो । उहाँले अधिकार कसैले उपहारकोरुपमा नदिने भएको हुँदा आफ्नो हक अधिकार लिनकालागि आफै सक्रिय हुन महिलाहरूलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले महिलाहरूले प्राप्त गरेको पदिय दायित्व , काम , कर्तब्य , अधिकारको पालना गर्न सके आफ्नो अधिकारबाट वञ्चित हुन नपर्ने बताउनु भयो । पछिल्लो समयमा बिभिन्न संघ संस्थाहरुले कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि व्यानरमा मात्र तामझाम देखाउने प्रवृत्ति बढ्दै गएको बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले स्थानिय तहले श्रमको निती बनाएर कार्यान्वयन गर्न जरुरी देखिएको बताउनु भयो ।
यसैगरी, इन्सेकद्वारा गठित मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले महिलाहरूलाई शिक्षा र स्वरोजगारमा कपिलवस्तु नगरपालिकाले देखाउन सक्ने कुनै कार्यहरु गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले महिलाहरूलाई दिगो उद्यमशिलता र आत्मनिर्भर बनाउन नगरपालिकाले नगर परिषद्मा बजेट सहितको निती पास गर्नुपर्नेमा जोड दिनुभयो ।
मुश्लिम शसक्तिकरण केन्द्रका कनिज फत्मा रंगरेजले संविधानमा ३३ प्रतिशत महिला अनिवार्य लेखिए पनि कार्यान्वयन हुन नसक्नु दुखको कुरा भएको बताउनु भयो । ओरेक नेपालका सहायक कार्यक्रम अधिकृत संगिता चौरासियाले महिला र किशोरीहरुका सवालहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायहरूको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
सामाजिक सेवा प्रभावकारी हुन आवश्यक छ : मन्त्री जिसी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सामाजिक सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा असाेज ६ गते गैरसरकारी संस्था महासंघकाे आयोजना…
सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा…