११३ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ०७९ फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा र्याली सहित कोण सभा सम्पन्न भएको छ ।
यसैगरी अन्तराष्ट्रिय महिला अधिकार दिवसको अवसरमा हेटौँडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । हेटौँडामा सबैले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी सामुहिक रुपमा उद्धघाटन गर्दै संविधानमा महिला, पुरूष र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समान अधिकार भएकोले व्यवहारमा कार्यान्वयनमा ल्याउन सन्देश दिइएको थियो ।
‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचमा विस्तार’ भन्ने मुल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् । हेटौँडा उपमहानगरपालिकाबाट सुरु भएको र्याली बजार परिक्रमासँगै बुद्धचोकमा पुगेर कोण सभा गरी सम्पन्न भएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले अझै पनि नेपालमा महिलामाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो ।
महिलाहरूलाई हिंसाबाट जोगिने र हिंसा पीडितलाई स्वास्थ्य सेवाबाट वन्चित नगर्ने अवस्थाका लागि अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको भण्डारीले बताउनु भयो ।
लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्युनिकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढाउनुपर्ने हेटौँडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।
महिलामाथि हुने हिंसा न्यूनिकरण अभियानमा पुरुषलाई पनि सँगसँगै अघि बढाउनुपर्ने मेन ईगेज एलायन्स मकवानपुर जिल्ला अध्यक्ष प्रकाश खतिवडाले बताउनुभयो ।
महिला र पुरुष दुवैले समान अपनत्व गर्यो भने समाजमा लैङ्गिक हिंसा न्यूनिकरणमा उल्लेख्य सुधार हुने विश्वास अध्यक्ष खतिवडाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्सेक, हेटौँडा उपमहानगरपालिका, मेन ईगेज एलायन्सका मकवानपुर, बाल कल्याण समाज मकवानपुर, माइती नेपाल मकवानपुर, हिमराइट्स मकवानपुर, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, महिला प्रहरी लगाएत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…