हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०८१ भदौ १६ गते

बडिगाड गाउँपालिका–१० दर्लिङको डहरे देउरालीकी ७३ वर्षीया पन्थी विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८१ भदौ १५ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितलाई इन्सेककोे ‘पीडित सहायत’ अन्तर्गत उपचार र न्यायका लागि भन्दै इन्सेक जिल्ला प्रतिनिधि मार्फत ५ हजार रुपियाँ प्रदान गरिएको हो ।

पीडितकी बुहारी ३६ वर्षीया होमकुमारी कामीले ०८१ भदौ ११ गते घरायासी विवादको क्रममा आफुलाई हँसियाले प्रहार गरी घाइते बनाएको भन्दै इन्सेकमा सहायताका लागि भदौ १४ गते निवेदन दिएकी थिइन् ।

पीडित पन्थीको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य उपचार गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएकी पन्थीले इन्सेकको सहयोगले उपचार र न्यायका लागि सहयोग पु¥याएको बताउनु भयो ।

सिर्जना पन्त