हिंसाविरुद्ध प्रतिकार गर्न आग्रह : उपाध्यक्ष पुलामी
मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले राज्यले महिलालाई यथोचित व्यवस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २० गते मनहरीमा आयोजना गरेको महिला माथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
साथै कार्यक्रमा बोल्दै उहाँले हिंसा सहेर नबस्न आग्रह समेत गर्नुभएको छ । सचेत महिलाहरूनै हिंसामा परेको देख्दा तल्लो तहको महिलाको अवस्था कस्तो होला भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
महिला भनेको मायाको खानी हौँ भन्दै हिंसालाई कम गराउन घरको सदस्यलाई अलि माया देखाउन उपस्थित महिलाहरूमा आग्रह समेत गर्नुभयो ।
त्यस्तै हिंसा न्यूनीकरण गर्न सिंगो गाउँपालिका टिम नै लागिपर्ने बताउनुभएको छ । पालिका भित्रका महिला समूहलाई सक्रिय भएर गाउँपालिका सँगसङ्गै हातेमालो गर्दै अगाडि आउन समेत आग्रह गर्नुभयो ।
साथै अन्तर्क्रिया कार्यक्रममा सहभागी महिलाहरू लागू पदार्थको सेवनले महिला हिंसामा परेको, ज्याला गरेको पैसा मात्र आफूले प्राप्त गर्ने गरेको लगायतको समस्या भोग्नु परेको दुखेसो व्यक्त गरेका थिए।
त्यस्तै छोरोबाट अपहेलना, श्रीमानबाट अपहेलना, अर्कि महिलासँग लागेर घरकी श्रीमती बेपत्ता जस्ता विषयमा कार्यक्रमका सहभागीहरूले रुदै मनको बेदना पोखेका थिए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ का वडा अध्यक्षहरू, स्थानीय सञ्चारकर्मी तथा स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्येश्यबारे इन्सेकका कार्यक्रम संयोजक कृष्ण नेपालले प्रष्ट पार्नुभएको थियो भने रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल (काशी) ले सहजीकरण गर्नुभएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…