स्वास्थ्य चौकी भवन व्यवस्थापनका लागि ध्यानाकर्षण

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह र गाविसस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले राप्तीसोनारी गाउँपालिका-१ कुसुम स्थित स्वास्थ्य चौकीको भवन व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराएका छन् ।

Photo20170704Banke

कार्यालय भवन नभई विद्यालयको भवनमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको हुँदा उक्त भवन अति नै जीर्ण र पानी चुहिने समस्या भएको हुँदा सेवाप्रदायकले सेवा दिन र सेवाग्राहीको स्वास्थ्य सेवामा सहज पहुँचमा समस्या देखिएकाले कार्यालयको उचित व्यवस्थापनको माग गर्दै समूहको टोलीले ध्यानाकर्षण गराएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक खेमबहादुर खड्काले तत्काल मर्मतका लागि विद्यालयसँग अनुमति माग्ने अनुमति नपाएको अवस्थामा केही दिनमा भाडामा भए पनि सहज तरिकाले सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

टोलीमा जिल्ला तरीय निगरानी समूहका संयोजक अधिवक्ता बसन्त गौतम, नेपालगञ्ज उच्च बार एसोसियशनका अध्यक्ष एवम् निगरानी समूहका सदस्य बलबहादुर चन्द, गाविसस्तरीय मानव अधिकार निगरानी समूह संयोजक थानबहादुर बिक, इन्सेक क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक सरस्वती मल्ल, इन्सेक जिल्ला सहजकर्ता बालिका बुढाथोकी र इन्सेक जिल्ला प्रतिनिधि विनोद पाण्डे रहेका थिए ।

त्यसैगरी उक्त टोलीले बाणिज्य कार्यालयमा गएर बजारमा विक्रीका लागि राखिएका अखाद्य वस्तुका सम्बन्धमा छलफलसमेत गरेको संयोजक बसन्त गौतमले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज